Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

यसरी बन्यो माओवादीको एउटै केन्द्र, एमाओवादी भयो विघटन

\"maoist काठमाडौं । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि बनेको एकीकृत नेकपा माओवादी विहीबारबाट औपचारिक रुपमै विलिन भएको छ । शान्ति प्रक्रियामा आएसँगै विभाजित भएका माओवादी समूहरुसँग एकता घोषणासँगै एमाओवादी विलिन भएको हो । विभाजित माओवादी समूहहरुको एकतापछि नेकपा माओवादी केन्द्र बनाइएको छ । झण्डै ६ सय सदस्य रहेको एकतापछिको केन्द्रीय समितिको अध्यक्ष भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै बनाइएको छ । पहिलो संविधानसभाको निर्वाचन लगत्ते जब नारायणकाजी श्रेष्ठ प्रकाशसँग एकता गरी एकीकृत नेकपा माओवादी बनाइयो, त्यतिबेला नै माओवादीका मधेसका हस्ती मानिने मात्रिका यादव एकीकृत पार्टीमा गएनन् । उनले पुरानै माओवादीलाई पुनर्गगठन गरेको भन्दै नेकपा (माओवादी)को संयोजक बने । मात्रिकाजस्तै अर्का माओवादीका अर्का नेता सांस्कृतिक फाँटका धरोहर मणि थापा पनि एकीकृत पार्टीमा रहेनन् । शान्ति प्रक्रियाको लामो समयसम्म एकै ठाउँमा रहेका रामबहादुर थापा बादल भने चार वर्षअघि ०६९ असार ४ गते मोहन वैद्य ‘किरण’सँगै एमाओवादीसँग सम्बन्ध विच्छेद गरेका थिए । एमाओवादीसँग अलग भएका वैद्य–बादलले नेकपा ड्यास माओवादी बनाए । वैद्य नेतृत्वको ड्यास माओवादीले दोस्रो संविधानसभा बहिष्कार मात्र गरेन, संविधानसभाको निर्वाचन नै विथोल्न हरसम्भव प्रयास गर्यो । तिनै बादल हुन्, जसले दोस्रो संविधानसभाको निर्वाचनमा हम्मर उठाएर सांकेतिक रुपमा मतपेटिका फोडेका थिए । एमाओवादीले गरिखाँदैन भन्दै क्रान्ति गर्नुपर्ने हुँकारका साथ वैद्यबादलसँगै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैद्यसँग पनि पुनः दुई वर्षपछि नै डिभोर्स गरे । ०७१ मंसिर ८ गते बुद्धनगरस्थित माओवादी कार्यालय गएर विप्लवले ड्यास माओवादीका अध्यक्ष वैद्य र तत्कालिन महासचिव बादल डिभोर्स पत्र बुझाए थिए । विप्लवले वैद्य माओवादी छाडेपछि माओवादी आन्दोलनकी महिला नेतृ जयपुरी घर्ती पनि निश्क्रिय बनिन् । माओवादी विभाजनसँगै केही एकता पनि हुने गरेका थिए । ०७२ कार्तिक २२ मा वैद्य नेतृत्वको नेकपा–माओवादी र परि थापा नेतृत्वको नेकपा(एकीकृत)बीच पार्टी एकता गरियो । पार्टी एकतापछि ड्यास माओावादी नेकपा नेकपा क्रान्तिकारी माओवादी बन्यो । परि थापासँगको एकतापछि वैद्य माओवादीले एमाओवादीसँग पनि एकता गर्ने निर्णय लियो । जसका लागि वार्ता टोलीहरु बने र संवादहरु गरिए । एकताकै लागि निर्णय गर्न भन्दै गएको चैत १२ देखि २८ गतेसम्म केन्द्रीय समिति बैठक नै बस्यो । तर वैद्यले विचारमा एकरुपता नआएको भन्दै एकतामा जान अस्वीकार गरेपछि बादलले फरक मत राख्दै एकतामा जाने निर्णय गरे । गत जेठ १ गते बादलले नै केन्द्रीय समिति बैठक बोलाएर आफ्नो संयोजकत्वमा बहुमतको निर्णय भन्दै नेकपा क्रान्तिकारी माओवादी पुनर्गठनको घोषणा गरेका थिए । बादलको सोही समूह पनि विहीबार गरिएको माओवादी केन्द्रमा समाहित हुँदै विलिन भएको छ । विभिन्न माओवादी समूहबीच पार्र्टी एकता घोषणा गरिए पनि वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादी भने फेरि पनि अस्तित्वमा रहने भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending