Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

बुद्धनगर पार्टी कार्यालय तानातान : बादल पक्षले भने ‘चाहिए केही फर्निचर दिन्छौं, तर कार्यालय छाड्दैनौं’

\"kiran काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी विभाजन गरेका नेता रामबहादुर थापा बादलको समूह नेकपा माओवादी केन्द्रमा एकीकृत भएको छ । तर, बहुमत सदस्यसहित बाहिरिएका बादलले पहिलेको पार्टी कार्यालय भने छाडेका छैनन् । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा छ । नयाँ पत्रिका दैनिकमा रामकृष्ण अधिकारीले समाचार लेखेका छन्– अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकतामा असहमति राखेपछि बादलले आफूपक्षीय सदस्यको केन्द्रीय समिति बैठक राखेर आफैँलाई अध्यक्ष घोषित गरेका थिए । त्यसपछि उनी वैद्यलाई छाडेर पार्टी एकतामा गएका थिए । कार्यालय नछाड्ने, बरु केही फर्निचर दिने बादल पक्षको योजना भाडाको घर भए पनि बुद्धनगरको कार्यालयले राजनीतिक महत्त्व बोकेको भन्दै बादल पक्षले नछाड्ने जनाएको छ । बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले कार्यालय पनि आफ्नै हुने भन्दै उसले वैद्य पक्षलाई कार्यालय सार्न आग्रह गर्ने भएको छ । नेता सावित्रीकुमार काफ्लेले जनवादी केन्द्रीयतालाई मान्ने हो भने बहुमतका आधारमा कार्यालय आफूहरूको भएको बताए । ‘किरणजीहरूलाई केही दिनका लागि मात्रै यहाँ कार्यालय सञ्चालन गर्न दिएका हौँ,’ काफ्लेले भने, ‘नैतिकता हुने हो भने उहाँले अल्पमतमा परिसकेपछि पार्टी कार्यालय र पार्टीको नामसमेत छाड्नुपर्छ ।’ वैद्यले आवश्यक ठानेमा कार्यालयका फर्निचर दिन सकिने बादल पक्षको भनाइ छ । ‘हामी कार्यालय छाड्दैनौँ,’ काफ्लेले भने । तर, वैद्य पक्षका सचिवालय सदस्य रामसिंह श्रीषले कार्यालयका विषयमा कुराकानी नै नभएको बताए । ‘उहाँहरू अर्को पार्टीमा मिसिन गइसकेपछि कार्यालयका विषयमा विवाद गरेर के अर्थ रहला र ?’ उनले भने । कार्यालयको दोस्रो तलामा वैद्य र नेता सिपी गजुरेलको कोठा छ । पहिलो तलामा भने बादल, देव गुरुङलगायत नेताको कोठा छ । ‘माथिल्लो तलामा रहेका नेताहरू एकातिर र तल्लो तलामा रहेका नेताहरू एकातिर रहेका कारण पनि अहिले फ्ल्याट भाडामा लिएर बसेकोजस्तो र सहज देखिएको छ,’ वैद्य पक्षका एक नेताले भने । पुरानै कार्यालयमा बादलको बैठक बिहीबार पार्टी एकता गरेका बादलले शुक्रबार र शनिबार दुवै दिन बुद्धनगरको पुरानो पार्टी कार्यालय प्रयोग गरेका छन् । एकतामा असहमति राखेका नेकपा क्रान्तिकारी अध्यक्ष मोहन वैद्यले सोही भवनमा शुक्रबार र शनिबार केन्द्रीय कमिटीको बैठक राखेका थिए । दोस्रो र तेस्रो तलामा वैद्यको बैठक चलिरहेको थियो । भुइँतला र पहिलो तलामा भने बादल नेता र कार्यकर्तासँग छलफल गरिरहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE