Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

नेपालमा सरकार र प्रशासन छ कि छैन गृहमन्त्रीज्यू ?

  माननीय गृहमन्त्रीज्यू, नमस्कार ! देशमा हत्या–हिंसा, बलात्कार, भ्रस्टाचारलगायतको बिगबिगी बढिरहेका कुराहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुबाट थाहा पाएर आज यो परदेशी भूमिबाट पत्र लेख्दै छु । आशा छ, कुनै न कुनै मा्रध्यमबाट यो पत्र तपार्इंले पाउनुहुनेछ र पढ्नुहुनेछ । मन्त्रीज्यू, म र मलगायत लाखौंलाख नेपालीलाई यतिबेला शंका लागिरहेको छ कि नेपालमा सरकार वा प्रशासन छ कि छैन ? छैन कसरी भनौं, सरकार वा प्रशासनका निम्ति राज्यबाट अर्बौं रुपैयाँ निकासा भैरहेको सुनिन्छ । छ कसरी भनौं– जनताले सरकार र प्रशासन भएको अनुभूति गर्न पाएका छैनन् । मन्त्रीज्यू, अहिलेको नेपालको सुरक्षा अवस्था अति नै दयनीय छजस्तो मलाई लाग्छ । अथवा भनौं, सिङ्गो देश नै लङ्गडो अवस्थामा छ । देखावटी खुट्टा त छ तर टेकेर हिँडडुल गर्न सक्दैन । आखिर किन यो अवस्था आयो ? यो देशमा छवर्षीया पूजा साहहरु बलात्कृत हुन्छ्न् र बलात्कारबाटै पूजाहरु मर्छन् । एउटा शिक्षकद्वारा आफैंले पढाउने ९ वर्षीया बालिका विद्यार्थीको अस्मिता लुटिन्छ । अनि ‘बैंकमा जागिर लगाइदिन्छु’ भन्दै फकाइफुल्याइ लगेर बलात्कार गरिन्छ । पढ्न भनेर कक्षाकोठामा पसेका, पढिरहेको विद्यार्थीमाथि तेजाब प्रहार हुन्छ । यही देशमा गेसपेपर किन्न गएकी पूजा बोहराहरु बलात्कृत हुन्छन् । अनि आफ्नै हजूरबाउ र बाउबाट पूजा कार्कीहरुको अस्मिता लुटिन्छ । यो देशमा आमाले कुटेर छोरा मार्छिन्, छोराले आमाबाउ, हजुरबाउमाथि बन्चरो प्रहार गर्छ । अनि ‘ससुराको गर्भ’ बोकेर छोरालार्इ आरोप लगाइन्छ । यी त केही उदाहरणहरु मात्र हुन्, घटना त कति छन् कति। यी र यस्ता घटनाबारे जानकार हुँदाहुँदै पनि सरकार र प्रशासन किन अपराधीमाथि कारबाही गर्न उदासिन देखिन्छ ? किन कानुनको तगारो हालेर कारबाही गर्न मिल्दैन भन्छ, प्रशासन र न्यायपालिका ? नेताहरुले चाहे भने आफ्नो स्वार्थका निम्ति क्षणभरमै कानुन परिवर्तन हुन्छन् तर यस्ता अपराधीलार्इ कारबाही गर्न किन कानुन परिवर्तन गर्न सकिँदैन ? को बाधक बन्छ, अपराधीलार्इ कार्बाही गर्ने कानुन बनाउन खोज्दा ? त्योसँग भिड्न जनत तयार छन् । अनि कुन कानुनको कुरा गर्नुहुन्छ मन्त्रीज्यू ? के पूजा साहको बलात्कार कानुनसम्मत छ ? के ट्युसन पढिरहेका किशोरीहरुमाथि एसिड पनि कानुनको परिधिमा रहेरै प्रहार गरिएको हो ? अनि पूजा बोहराको बलत्कारीलार्इ छुट दिने निर्णय पनि कानुनका निर्मताहरुले कानुनको परिधिभित्र रहेरै गरेका हुन् ? कानुन तोडेर अपराध गर्नेलार्इ कानुन संशोधन गरेर कारबाही गर्न मिल्दैन ? किन मिल्दैन मन्त्रीज्यू ? के पूजा साह, पूजा बोहराहरु अनि सीमा र संगिताहरुको त्यो अवस्था देख्दा तपार्इंको मनमा माया–ममता अनि स्नेहका भावहरु पैदा हुँदैनन् ? उनीहरुलार्इ देख्दा तपार्इंको छाती छियाछिया हुँदैन र मन्त्रीज्यू ? एकपटक ती पीडितहरुलार्इ आफ्नै छोरी, नातिनातिना सम्झेर सोच्नोस् त ! तपार्इंको मनले के भन्छ ? आज पूजा, सीमा, संगिताहरुमाथि बलात्कार गर्ने अनि एसिड प्रहार गर्नेले भोलि तपाईं–हाम्रा छोरीचेलीमाथि गर्दैनन् ? अनि किन यस्ता अपराधीमाथि दयाभाव राख्नुहुन्छ ? किन कारबाही गर्न तम्तयार हुनुहुन्न ? किन उदासिन बन्दै ढिलासुस्ती गरिरहनुहुन्छ ? किन अपराधीहरुको मनोबल बढाउने काम भैरहेको छ ? ट्युसन सेन्टरमा पढिरहेका विद्यार्थीमाथि एसिड प्रहार भएको महिनौं बितिसक्दा पनि एउटा अपराधी पक्राउ गर्न नसक्नु कस्तो विडम्बना हो ? यसबाट देशको सुरक्षा अवस्था कस्तो छ भनेर बुझ्ने ? कसरी मूल्यांकन गर्ने देशको सुरक्षा–संयन्त्रको ? अनि सुरक्षाप्रति कसरी जनता आशावादी बन्ने ? देशको एउटा प्रशासनप्रमुख भएकाले यी कुरा सोध्ने हिम्मत गरेको हुँ, अन्यथा नसोच्नुहोला । कृपया यी प्रश्नहरुको जवाफ दिनुहुनेछ भन्नेमा पनि आशावादी छु किनकि यी प्रश्न मेरा निजी विषय मात्र नभई सिंगो राष्ट्र र सबै नेपालीका साझा प्रश्न हुन् । उही पीडित बहिनीहरुको दाजु कतार ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending