Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

अर्घाखाँचीमा स्थानीय निकायको निर्वाचन तयारीको काम सुरु

\"localअर्घाखाँची । स्थानीय निकायको निर्वाचनबारे चर्चा परिचर्चा सुरु भएकै समयमा निर्वाचन आयोगले अर्घाखाँचीमा निर्वाचन शिक्षा कार्यक्रम सुरु गरेको छ । आयोगले सयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम निर्वाचन साहायता परियोजनाको सहयोग र जिल्ला निर्वाचन कार्यालयको संयोजनमा जिल्लाका माध्यमिक तहमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरुका लागि दुई दिने निर्वाचन शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । शिक्षकमार्फत विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दाहरुमा निर्वाचनबारे सचेतना अभिबृद्धि गर्ने उद्देश्यले संचालित कार्यक्रममा जिल्लाका ८० जना शिक्षकहरुको सहभागीता रहेको थियो । प्रशिक्षणमा संविधान, लोकतन्त्र, निर्वाचन, निर्वाचन प्रणाली, निर्वाचन चक्र, निर्वाचन प्रक्रिया, निर्वाचन व्यवस्थापन गर्ने निकाय तथा सम्बद्ध कानूनहरु, निर्वाचनका सरोकारवालाहरु, नागरिक कर्तव्य र अधिकार, निर्वाचनमा शिक्षकको भूमिका लगायतका विषयमा छलफल गरिएको थियो । संविधान, लोकतन्त्र र निर्वाचन बारे जानकारी भएपनि प्रशिक्षणबाट विषयवस्तुको गहिराईमा पुगेका कारण आफूहरुमा उच्च मनोवल बढेको नुवाकोट मावि चिदिचौरका शिक्षक टिका केसीले बताइन् । निर्वाचनमा महिला र छात्राहरुको थप सहभागिताका निम्ति सचेतना अभिवृद्धि गर्न प्रशिक्षणले निकै ठूलो सहयोग पु¥याएको सरस्वती मावि सितापुरकी शिक्षिका कल्पना गौतमको भनाई छ । कार्यक्रमका सहभागीहरुले नमुना मतदान समेत गरेका थिए । सहभागीहरुको बीच मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मिको खटनपटन सहित लाईनबद्ध भएर मतदान गरेको दृश्य साँच्चै हेर्न लायक थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएको वताए । प्रजातन्त्रमा जनप्रतिनिधि चुन्ने अधिकार जनतालाई नै हुने बताउँदै उहाँले निर्वाचन बारे स्थानीय बासिन्दालाई सुसुचित गरी योग्य र सक्षम प्रतिनिधि चयन गर्ने वातावरण सिर्जना गर्नु पर्र्ने बताए । स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले निर्वाचनप्रति सवैको ध्यानजानु पर्नेमा जोड दिंदै विद्यार्थी र भभिभावकमार्फत आफ्नो सेवाक्षेत्रका वासिन्दाहरुलाई सचेत पार्न शिक्षकहरुलाई आग्रह गरे । जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले सामाजिक अगुवाका रुपमा स्थापित शिक्षकले सरकार द्वारा संचालित सवै किसिमका कार्यक्रमको प्रभावकारीका रुपमा सफलताको निम्ति योगदान पु¥याउँदै आएको बताउँदै निर्वाचन शिक्षालाई अभियानका रुपमा लिएर अँगाडी बढ्न शिक्षकहरुलाई निर्देशन दिए । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी महेश पाण्डे, ना.सु. जिवलाल भुसाल, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतका वक्ताहरुले मन्तव्य राख्दै निर्वाचनको आवश्यकता र महत्वमाथी जोडदिएका थिए । – शोभाखर पन्थी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy