Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

भारत र चीनको बीचमा च्यापिएर होइन, अब फुकेर बाँच्नुपर्छ : भट्टराई

\"nayaकाठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईले दुई ठूला छिमेकीको बीचमा च्यापिएर होइन, फुकेर बाँच्नुपर्ने बताएका छन् । कांग्रेस नेता सोनाम छिरिङ शेर्पा र पूर्वमन्त्री नरबहादुर बुढालगायतलाई नयाँ शक्तिमा स्वागत गर्दै उनले भने , ‘नेपाल अब दुई देशबीचको गतिशील पुल बनेर समृद्धि हासिल गर्दै फुकेर बाँच्छ ।’ उनले जर्मनी, फ्रान्स र इटालीको बीचमा रहेको सानो राष्ट्र स्वीट्जरल्याण्ड समृद्धिको शिखरमा पुगेको उदाहरण दिँदै नेपालले पनि छिट्टै समृद्धि हासिल गर्न सक्ने बताए । ‘जर्मनी, फ्रान्स र इटालीको बीचमा रहेको स्वीट्जरल्याण्ड अहिले विश्वकै धनी मुलुकमध्येमा पर्दछ,’ उनले भने, ‘हामी पनि दुई छिमेकीको बीचमा च्यापिएर बस्नेभन्दा विकास र समृद्धि हासिल गर्दै फुकेर बाँच्नुपर्छ ।’ उनले चीन र भारतलाई सडक लगायतका भौतिक पूर्वाधारले जोडेर नेपाल गतिशील पुल बन्दै लाभ उठाउन सक्ने उदाहरण दिए । पार्टी ब्राण्ड होइन, विचार हो कार्यक्रममा सम्बोधन गर्दै संयोजक भट्टराईले नेपालका पुराना पार्टीहरु ब्रान्डजस्तै भएको बताए । ‘कांग्रेस र कम्युनिष्ट भन्ने ब्राण्ड जस्तै भएका छन्, कोकाकोला र पेप्सीजस्तै’ उनले भने, ‘तर पार्टी भनेको ब्राण्ड होइन, यो त विचार हो ।’ राजनीतिक दलहरु ब्राण्डले भन्दा विचारले चल्नुपर्नेमा उनको जोड थियो । उनले नयाँ शक्तिले कसैप्रति आग्रह–पूर्वाग्रह नराखी अगाडि बढ्ने बताए । ‘हामी कसैप्रति आग्रह र पूर्वाग्रह राख्दैनौं,’ उनले भने ‘हामी मानव जातिले आविस्कार गरेको ज्ञान र विज्ञानका पछिल्ला आविस्कारहरुलाई ग्रहण गरेर अगाडि बढ्दछौं ।’ उनले नयाँ शक्तिले जे बोल्छ, त्यही गर्छ भन्दै भ्रष्टाचारीहरुलाई नयाँ शक्तिमा कुनै स्थान नहुने बताए । नयाँ शक्ति पुरानो पार्टीको नयाँ रुप होइन संयोजक भट्टराईले नयाँ शक्ति कुनै पुरानो पार्टीको नयाँ रुप नभएर जगैदेखि नयाँ पार्टी रहेको बताए । ‘पुरानो घरको छाना मात्रै फेरेर नयाँ शक्ति बन्दैन,’ उनले भने, ‘त्यसैले यो जगैदेखि नयाँ पार्टी हो, यो कुनै पुरानो पार्टीको नयाँ रुप होइन ।’ सोलुखुम्बुका विभिन्न पार्टीका नेताहरुलाई नयाँ शक्तिमा स्वागत गर्दै उनले विश्वका मानिसलाई सगरमाथाको चुच्चोमा पुर्याउने नेपाली आफैं भने आर्थिक समृद्धिका दृष्टिले फेदमा पर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्थामा रहेको भन्दै दुःख व्यक्त गरे । ‘सगरमाथाको चुचुरोमा पहिलोपटक पुग्ने नेपाली हुन्, विदेशीलाई सगरमाथाको चुचुरोमा पुर्याउने पनि नेपाली नै हुन्,’ संयोजक भट्टराईले भने, ‘तर दुर्भाग्यवश हामी भने विकास र समृद्धिको दृष्टिले फेदमै बस्नुपर्ने अवस्था छ ।’ बेरोजगारी र गरिबीको दुष्चक्र तोड्नेगरी नयाँ शक्तिले समृद्धिको भिजन केही दिनमै सार्वजनिक गर्ने उनले जानकारी दिए । कार्यक्रममा सम्बोधन गर्दै नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले २०७५ सालभित्र नयाँ शक्ति मुलुकको प्रमुख शक्ति, महत्वपूर्ण शक्ति, पारदर्शी शक्ति र मुलुककै नेतृत्व गर्ने शक्ति बन्ने बताए । उनले नयाँ शक्तिमा देशव्यापीरुपमा आएको उभारले डा। भट्टराईको निर्णय सही सावित हुँदै गएको बताए । कार्यक्रममार्फत सोलुखुम्बुका नेपाली कांग्रेसका नेता सोनाम छिरिङ शेर्पासहित सोलुखुम्बुका विभिन्न दलका नेताहरु नयाँ शक्तिमा समाहित भएका छन् । शेर्पा २०५४ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका राजनीतिक सल्लाहकार थिए । २०५१ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता बलबहादुर केसीबाट १४३ मतले पराजित भएको उनी सोलुखुम्बुका चर्चित नेता हुन् । यसैगरी सोही कार्यक्रमबाटै पूर्वमन्त्री नरबहादुर बुढाको नेतृत्वमा पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ता पनि नयाँ शक्तिमा समाहित भएको नयाँ शक्तिको संगठन विभाग प्रमुख देवेन्द्र पौडेले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies