Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

कृष्ण सेन "इच्छुक"लाई पत्र- मुर्दा शान्ति चाहने व्हात्तै बढेका छन आजकल

\"krishnasen_ichhuk\"कृष्णजी, जीवितहरुलाई लेख्ने गरेको पत्र बारम्बार रद्दीको टोकरीमा फ्याँक्ने गरिएको छ । पत्रका भावहरुलाई तिनै संगिनले रोपिएको छ, जुन संगिनहरु मुक्तियोद्दाको छातिमा घोचिन्थ्यो । देश आफ्नो रहेन कृष्णजी, तपाईंहरुले जुन देशलाई हाम्रो बनाएर छोड्ने प्रयत्न गरेर लडाइँमा सहभागी भएर दासत्व स्विकार्नु भन्दा सहादत स्विकार्नु सहज ठान्नु भो, त्यही देश अहिले हाम्रो छैन । मुठ्ठीभर मानिसहरुको कब्जामा छ, उनैले उठ भने उठ्नु पर्छ, बस भने बस्नु पर्छ ।
२०५९ सालपछीका जनताका यात्राहरु तपाइँको सपना अनुसार सहज बनेनन । तपाइँको कलमले फुराउने गरेका सपनाहरु मेटिएका छन् । ति सपनाहरु बेचिए, ति सपनाहरुका मूल्यले अहिले काठमाडौंमा केहि थान महल ठडिएका छन, केहि गाडीहरु किनिएका छन् । थाहा छ कृष्ण जी, तपाईंले जसको लागी सपना देख्नुभएको थियो, तिनिहरुलाई किर्ते र जालसाजी गरेर नामसारी गराइयो । तिनै सपनाका मूल्यहरुमा आजकल पाँचतारे होटेलमा बैठक बसिन्छ, जनताको बिरुद्धमा जालसाजी गरिन्छ ।
कृष्णजी, आजकल त तपाइँको सपनाहरु मात्र होइन, तपाइँको नाम पनि बेचिन शुरु भएको छ, किनकी यो पुँजीवादी दुनिया न हो, जे बिक्छ त्यही बेचिन्छ । आस्था, बिचार र सद्भावनाहरुको हत्या गरिएको छ । आजकल बजारमा आस्था पाइँदैनन, बिचारहरु पाइँदैनन, केहि तपाईसंगै गए, बाँचेकाहरुको हत्या गरियो । ठाउँ ठाउँमा तपाइँको प्रभातफेरी कार्यक्रम गरिन्छन । साँचो भनुँ कृष्ण जी ! तपाइँलाई एक अर्कामा भाउ लगाएर बाँडिएको छ । तपाईंले देखाएको बाटो हिंड्नेहरु तपाइँको अस्तु लिएर आफ्नो आफ्नो बाटो छुट्ट्याएर हिंड्न थाले । तपाइँको कलमको निब एकातिर छ, मसी राख्ने भुँडी अर्कै संगै छ, बिर्को अर्कैले हत्याएको छ । मसीका भाँडोहरु सडकमा ल्याएर फुटालिएको छ, यस्तो लाग्छ, ति मसीहरु सुकिसके, कलमहरुलाई बन्ध्याकरण गरियो, अब देखी कहिल्यै पनि ति कलमहरुले मुक्तिका शब्दहरु जन्माउने छैनन् ।
जसरी तपाइँलाई गुपचुप आर्यघाटमा लगेर दाहसंस्कार गरियो, त्यसै गरेर सिद्धान्त र निष्ठाहरु आजकल गुपचुप लगिँदै दाहसंस्कार गर्दै गरिन्छ । यो क्रम आज सम्म चलिरहेको छ, सायद अनन्तकालसम्म चलिरहनेछ । चरम यातना दिएर यो देश कसको हो भनेर सोध्दा पनि तपाईंले जनताको हो भनेर जवाफ दिनुभएको थियो, तपाइँलाई थाहा थिएन होला त्यती बेला, कस्तो गलत उत्तर दिनुभएको ? आज त्यसको सहि उत्तर हामीलाई थाहा भैसकेको छ । यो देश कहिल्यै जनताको थिएन र हुने छैन । नेपाल आमाको छातिमा बजारिने बुटहरु आजकल त झन पोलिस लगाएर टलक्क टल्किएका भेटिन्छन । अलि फरक भने भएको छ, त्यतिबेला देशलाई खन्ड खन्ड गरेर बेचिएको प्रायः सबैलाई थाहा हुने थिएन, तर अहिले चारै तर्फ छताछुल्ल हुन्छ, हामीलाई लाज लाग्छ, टाउको एकातर्फ फर्काएर घुटुक्क थुक निल्छौं । अनि सुटुक्क देश बेचिन्छ ।
[caption id=\"attachment_54632\" align=\"alignleft\" width=\"150\"]\"र्इश्वर र्इश्वर अर्याल[/caption] कृष्ण जी, तपाई जस्तै हज्जारौं सहिदहरु आजकल बेवास्ताका शिकार भैरहनु भएको छ । त्यस्ता कलमहरु त कति भाँचिए भाँचिए । तपाइँलाई जस्तै गरेर कति पत्रकारहरु मारिए मारिए । आफ्नै भनाउँदाहरुसंग लेखाजोखा छैन । अभावहरुको बिचमा बाँचिरहेका र पैसाको प्रभावहरुको बिचमा बाँचिरहेका जनताहरु बिच मेट्नै नसक्ने गरेर धर्को कोरिएको छ ।
यहाँ त कृष्णजी मरेर गाडिइसकेकाहरुको पनि कंकाल निकालेर लिलामी गरिन्छ । बाँचेकाहरुलाई मर्न बाध्य पारिन्छ । कथम कदाचित कसैले झुक्किएर सत्यको पक्षमा बोल्यो भने उसको जिब्रो थुतिन्छ । पैसाका बिटाहरुले सत्यको किरण थुनिन्छ, फलस्वरुप धेरै देशभक्तहरु निसास्सिएर मर्छन । मर्न नसकेका पासपोर्ट बोकेर खाडी झरेर बोल्न छाडेका त छैनन् तर कहाँ मैदानमै लडे जस्तो हुने रहेछ र ? तपाईहरु कमसेकम एकपटक मर्नु भो, यहाँ हज्जारौं पटक मरेका कति देखेको छु कति ।
कृष्ण जी, तपाईंको परिकल्पनामा देखिएको सुन्दर, अखण्ड र एकत्रीत देश नेपाल अहिले कुरुप, खण्डित र लुछाचुंडीको शिकार भैरहेको छ । तिनै, जसले हिजो तपाइँलाई अपराधी भने, आज जनतालाई अपराधी भनिरहेका छन् । हुन त सबैलाई अपराधी भनेर हाल्ने महेन्द्र पुलिस क्लबहरु थोरै भएर होला, देशभक्तहरुलाई किस्ता किस्तामा अपराधी घोषणा गरिएको छ । पहिलो किस्ता हो देशद्रोहि, दोश्रो किस्ता चाहिँ बिखन्डनबादी, तेस्रो किस्ता आतंककारी र सायद चौथो किस्तामा पुरै अपराधी घोषणा गर्छन होला । समानताको पक्षमा लड्नेहरु यसरी नै किस्ता किस्तामा अपराधी घोषणा गरिएका छन् ।
कृष्णजी, मुर्दा शान्ती चाहने व्हात्तै बढेका छन आजकल, खै किन हो कुन्नी मान्छेलाई आफ्नो वशमा राखेर बिकाशका सपनाहरु बाँडिएको धेरैलाई मन परेको छ । अझ समयले कुनै बेला उठ्नै नसक्ने गरेर रछ्यानमा फ्याँकेका मान्छेहरु जनताको बिचमा गएर ठुला भाषण गर्छन, जुन नियत तपाइहरुले बुझेर त्यसको बिरुद्ध संघर्षको मैदानमा उत्रनु भएको थियो, त्यही नियतको ज्वाला भित्र भतभती डढिरहेका छौं हामी । देश साँच्चै तपाईंले सोचेको जस्तो भएन, न त हामिले चाहेको जस्तो भो ।
धेरै ढिका आँशुहरु खसे कृष्णजी, गालाको बाटो हुँदै चिउँडोबाट । तर जहाँ खसे त्यहाँ प्रतिक्रियाबादीहरुले किल्ला गाडीसकेका थिए । तपाइँको आँशुसंगै खसेका मोतीका दानाहरु उनैले टिपेर बिक्री गरे । हामिसंग त आशुँको नाममा फगत नुनिलो पानी मात्र बँचेको छ, बगायौं भने त्यसले उनिहरुमा अट्टाहसक हाँसो छरिदिन्छ । तपाईंले छाडेका मुक्तिका रक्तबिजहरुलाई कलमी गरेर हाइब्रीड बनाइएको छ, तिनिहरु उपयोगको लागी मात्र प्रयोग हुन्छन् । तपाइँको पदचाप सम्हाल्ने प्रयास गरेका केहि कलमहरु आजकल साम्प्रदायिकता फैलाउन उद्दत छन् ।
कृष्ण जी, बर्गीय बिभेदको बिरुद्ध लड्दा आतंककारी बनाइन्छ, जातिय बिभेदको बिरुद्ध लड्दा बिखन्डनकारी बनाइन्छ । हामी यो इतिहासको घडीमा सर्वाधिक कमजोर बनेका छौं, किनकी हामिसंग लड्नको लागी कुनै मुद्दा बाँकी छैन । जो जो पहिला तपाईहरुसंगै लडे, उनिहरुको उत्थान भैसक्यो, जो अझै कमजोर छन, उनीहरुलाई साथ दिने तपाइँको अभाव छ । हामीलाई मात्र होइन, देशले एकदिन तपाइँको अभाव महसुस गर्ने छ, जब सत्य स्थापित हुन्छ तबमात्र सत्यको पक्षमा लड्नेहरुको उचित मूल्यांकन हुनेछ ।
 अन्त्यम तपाइँको सहादतको उच्च सम्मान गर्दै म बिदा हुन चाहन्छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies