Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

यस्तो बन्दै छ १० वर्षपछि काठमाडौं

\"kathmandu-660x330\"काठमाडौं । प्रक्षेपित योजना कार्यान्वयन भएमा अबको १० वर्षपछि काठमाडौं उपत्यकाले आफ्नो रूप बदल्नेछ । सडक चौडा हुनेछन् । मेट्रो रेल गुड्नेछ । ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ –पुरातात्त्विक महत्त्वका धरोहरले रूप फेर्नेछन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले सबै योजनाको सूक्ष्म अध्ययन सुरु गरिसकेको छ । अध्ययन सकिएलगत्तै कार्यान्वयनका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार हुनेछ । रिपोर्टका आधारमा योजनाले गति लिनेछ । सबै योजना पूरा हुन कम्तीमा १० वर्ष लाग्नेछ । बागमतीमा उफ्रनेछन् माछा तीन वर्षभित्र बागमतीमा माछा उफ्रनेछन्, पानीहाँस डुबुल्की मार्नेछन् । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीको उद्गम बिन्दुमा मानवनिर्मित दुई ठूला कृत्रिम ताल बनाउनेछ । तालबाट बग्ने पानीले सुन्दर बागमतीको सपना साकार पार्नेछ । यसका लागि एसियाली विकास बैंकले प्राधिकरणलाई आर्थिक सहयोग गर्नेछ । स्याटलाइट तीन सिटी प्राधिकरण अबको १० वर्षभित्र काठमाडौं उपत्यकामा अत्याधुनिक स्याटलाइट सिटी निर्माणमा जुटेको छ । पहिलो चरणमा उपत्यकामा तीनवटा स्याटलाइट सिटी निर्माण हुनेछन् । पहिलो स्याटलाइट सिटी एक लाख रोपनी क्षेत्रफल, दोस्रो ३० हजार रोपनी र तेस्रो ४० हजार रोपनी क्षेत्रफल भएको जग्गामा निर्माण हुनेछ । पहिलो स्याटलाइट सिटी पाँच वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । दोस्रो र तेस्रो स्याटलाइट सिटी भने आठ वर्षभित्र निर्माण गरिनेछ । प्राधिकरणको यो महत्त्वाकांक्षी योजनालाई सरकारले बजेटमा समेटेको छ । पहिलो स्याटलाइट सिटीको डिपिआर तत्काल सुरु हुनेछ । १६ महिनापछि मेलम्चीको पानी काठमाडौं उपत्यकाका घरघरमा १६ महिनाभित्रै मेलम्चीको खानेपानी पुग्नेछ । मेलम्ची खानेपानी विकास समितिका अनुसार ०७४ मा पानी उपत्यका भित्रिनेछ । सुरुङ खन्ने काम दु्रतगतिमा अघि बढेको छ । हालसम्म दुई किलोमिटर एक सय ८५ मिटर सुरुङ खनिएको छ । औसतमा प्रतिदिन ३० मिटर सुरुङ खन्ने काम भएको छ । समितिका अनुसार सुन्दरीजलदेखि सिन्धुघाँटीसम्मको सुरुङ सन् ०१६ मै सकिनेछ । अम्बाथान–सिन्धुघाँटीसम्मको सुरुङ ०१७ को फेबु्रअरीमा सकिनेछ । योजनाअनुसार काम अघि बढे सन् ०१७ को मेसम्ममा सुरुङ निर्माणको सबै काम सकिएर मेलम्चीको पानी काठमाडौं पुग्नेछ । व्यवस्थित यातायात तथा चक्रपथ उपत्यकामा बन्ने तीनवटै स्याटलाइट सिटीमा ‘मास र्‍यापिड ट्रान्सफर सिस्टम’ निर्माण हुनेछ । प्रत्येक सडक व्यवस्थित हुनेछन् । सडकमा अत्याधुनिक तथा सुविधासम्पन्न यातायातका साधन मात्र सञ्चालन हुनेछन् । यातायात साधन सञ्चालनका लागि वैज्ञानिक तवरले रुट परमिटको व्यवस्था गरिनेछ । यसका लागि उपत्यकाका भित्री सडक चौडा गरिनेछ । निर्माणाधीन भित्री चक्रपथसमेत निर्माण सकिनेछ । चक्रपथ आठ लेनको हुनेछ । बीचभागमा बगैँचा र दुवै किनारमा ग्रिनरी बेल्ट निर्माण हुनेछ । ठाउँ–ठाउँमा ओभरहेड ब्रिज निर्माण तथा आवश्यक स्थानमा सब–वेको व्यवस्था गरिनेछ । यस योजनाकै कोटेश्वर–कलंकीसम्मको १० किमि सडक दु्रतगतिमा निर्माण हुँदै छ । कलंकी–बालाजुसम्मको सडकको डिपिआर तयार हुँदै छ । कहाँ कसरी गुड्नेछ मेट्रो रेल ? अध्ययनअनुसार उपत्यकाभित्र पाँच स्थानमा ‘मेट्रो रेल’को लेन निर्माण हुनेछ । पहिलो, दोस्रो र तेस्रो लेनमा गुड्ने रेलका लागि लिक ‘फ्लाई ओभर’मा हुनेछ । चौथो र पाँचौँ लाइमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिनेछ । पहिलो लाइनको रुट सातदोबाटो–पुल्चोक– त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म हुनेछ । दोस्रो लाइनमा चल्ने रेलको लिक कलंकी–कालिमाटी–माइतीघर–तिनकुने हुँदै एयरपोर्टसम्म हुनेछ । तेस्रोको लिक भने चक्रपथ वरिपरि निर्माण हुनेछ । चौथो नम्बरको भूमिगत लिकमा चल्ने रेलको लिक स्वयम्भू–छाउनी–बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–गौशाला–चाबहिल हुँदै बौद्धसम्म निर्माण गरिनेछ । पाँचौँ लिक धोबीघाट–पुल्चोक–पाटन दरबार–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–डिल्लीबजार–टंगाल–नारायणहिटी–नयाँ बजार हुँदै गोंगबुसम्म निर्माण गरिनेछ। प्रतिकिलोमिटर रेल्वे लिकको लागत साढे दुई अर्ब कोरियन कम्पनीको प्रतिवेदनअनुसार प्रस्तावित तेस्रो लाइनको २८।५३ किमी रेलवे प्रतिकिलोमिटर दुई अर्ब ६३ करोड ९० लाख ७० हजार रुपैयाँमै तयार हुनेछ । चक्रपथको २८।५३ किमि रेलवे लिक ७५ अर्ब २९ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण हुुनेछ । प्रतिवेदनअनुसार लाइन नम्बर १ को निर्माण लागत ४२ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ छ । लाइन नम्बर २ को ३६ अर्ब १९ करोड ९३ लाख, भूमिगत रूपमा सञ्चालन हुने लाइन नम्बर ४ को रेलवे लागत रकम ८१ अर्ब ७० करोड ६ लाख र लाइन नम्बर ५ मा ९४ अर्ब ४० करोड १९ लाख रुपैयाँ लागत लाग्नेछ । रेलवे निर्माणको कुल बजेट भने तीन खर्ब ३० अर्ब ४५ करोड रुपैयाँ अनुमान गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE