Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

पुलिसले जोडिदिएको रामेश-रायन सम्बन्ध

\"ramesh_rayan\"काठमाडौं । चार दशकदेखि रामेश–रायन जनताका गीत गाउँदै आएका छन् । नातामा दाजुभाइ पर्ने यो जोडी बीचमा राजनीतिक आस्थाका कारण छुट्टिए पनि ०४६ देखि निरन्तर संगीत क्षेत्रमा क्रियाशील छन् । उमेरले एक वर्ष जेठा–कान्छा यो जोडीले लोकगीतबाट गीतियात्रा सुरु गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–ओखलढुंगाबाट काठमाडौं आएर संगीत क्षेत्रमा स्थापित हुन यी दुईले गरेको संघर्ष निकै मर्मस्पर्शी छ । जनवादी गीतरसंगीतमा रामेश रायनको जोडी ‘आइडल’ मानिन्छ । प्रहरीले बोलचाल गराइदियो पार्टीबाट कारबाहीमा परेका रामेश स्वतन्त्र भएर गीत गाइरहेका थिए । २०४६ सालको आन्दोलनमा पनि स्वतन्त्र रूपमै आन्दोलनका गीत गाए । ३ चैत २०४६ को सन्दर्भ हो, जसले रामेश र रायनलाई बोलचाल र पुनर्मिलन गराउन सहयोगी भयो । जनआन्दोलन चर्किंदै थियो । लेखक–साहित्यकार कालो पट्टी बाँधेर सडकमा निस्किए । प्रज्ञा भवनमा लेखक–साहित्यकार जम्मा हुने तय थियो । त्यहाँ नसकेपछि त्रिचन्द्र कलेजमा जम्मा भए । अनि लाठीचार्ज गरेर प्रहरीले सबै लेखक–साहित्यकारलाई बग्गीखाना लग्यो । ‘बग्गीखानामा पनि कविता वाचन गर्ने, गीत लेख्ने गाउन गरिन्थ्यो, त्यो सबै फोटो खिच्ने, भिडियो रेकर्ड गर्ने काम प्रहरीले नै गथ्र्यो,’ रामेशले भने । बग्गीखानामै ४० वर्ष उमेर नाघेकालाई बयानका लागि बोलाउन थाल्यो प्रहरीले । बयान लिने क्रममा रायन र रामेशको भेट भयो । हुन त उनीहरूबीच त्रिचन्द्रमा देखादेख भएको हो, तर बोलचाल भएको थिएन । ‘बग्गीखानामा पुगेका वेला हामी जुन मोर्चामा रहे पनि एकै उद्देश्यमा छौँ, अब सम्बन्ध सुधार गर्नुपर्छ भनेर मैले रायनसँग हात मिलाएँ,’ रामेशले भने । अनि दुवैले हात मिलाए र अँगालो हाले र बोलचाल सुरु गरे १६ वर्षपछि । अनि निरन्तर सँगै रहे रामेश र रायन । दुवैले सँगसँगै गीत गाइरहे आन्दोलनका ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE