Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

क्यानडामा “हिम्मतवाला” को शुभमुहुर्त र फष्र्टलुक

\"sudarshan काठमाडाैं । सुदर्शन गौतम प्रमुख भुमिकामा रहेर अभिनय गर्न लागेको चलचित्र “हिम्मतवाला” (एक बहादुर मानिस) को फस्र्टलुक पोष्टर र शुभमुहुर्त गरिएको छ । क्यानडा र अमेरिकामा छायाँकन हुने तयारी भइरहेको चलचित्र हिम्मतवालाको फस्र्टलुक पोष्टरलाई सिएनएन हिरो अनुराधा कोइरालाले सार्वजनिक गरेकी थिइन । क्यानडाको मिसेसागा सिटीको पार्क इन् ¥याडिसन होटेलमा आयोजित “सुपर कमेडी मेगा नाइट” मा अनुराधा कोइराला, हास्य कलाकार दीपकराज गिरी र दिपाश्री निरौला लगायतले सयूंक्त रुपमा चलचित्र हिम्मतवालाको पोष्टर सार्वजनिक गरेका हुन् ।\"sudarshan सोहि क्रममा टंक बुढाथोकीको स्वर र संगीतमा रहेको “म हुँ हिम्मतवाला” गीतको पनि सार्वजनिक गरिनुको साथैं उक्त गीतमा कलाकारहरुले नृत्य पनि प्रस्तुत गरेका थिए । पुराना निर्देशक हरि सिवाकोटीले निर्देशन गर्न लागेको यस चलचित्रमा नायक सुदर्शन गौतम एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । चलचित्रको सार्वजनिक पोष्टरमा सुदर्शन एक्लै देखिएका छन् । यसअघि चलचित्रलाई इश्वर थापाले निर्देशन गर्ने कुरा थियो तर केहि प्राविधिक कारणले गर्दा चलचित्रलाई हरि सिवाकोटीले निर्देशन गर्न लागेका हुन् । दर्जनौ चर्चित पुस्तकहरु समेत लेखिसकेका हरि सिवाकोटीले “सौता”, “बेदना र मुक्ति”, अमेरिकामा निर्मित पहिलो नेपाली चलचित्र “इस्थ मित्र”, क्यानडामा निर्मित चलचित्र “मैले विरोध गरेको छैन” लगायतका चलचित्रहरु निर्देशन गरिसकेका छन् । चलचित्र हिम्मतवालाको सार्वजनिक गरिएको पोष्टर हेर्दा सुदर्शन फरक भुमिकामा प्रस्तुत हुन लागेको सजिलै अनुमान गर्न सकिन्छ । \"sudarshan चलचित्र हिम्मतवालीमा पहिलो पटक काम गरेर सर्वाधिक चर्चा बटुलेका सुदर्शनले यस चलचित्रमा आफु विल्कुलै फरक भुमिकामा देखिन लागेको कार्यक्रममा बताए । यो चलचित्रको छायाँकन अगष्टबाट सुरु हुँदैछ । कानी मल्टी भिजन आइएनसी र जिटीए लाइन्स क्लबको सयूक्त आयोजनामा भएको “सुपर कमेडी मेगा नाइट” मा सहभागी हुनका लागि नेपालबाट माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, हास्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौला क्यानडा पुगेका थिए । उक्त सुपर मेगा कमेडी नाइटमा समाजमा रहेर उत्कृष्ट काम गर्ने करिब ३० जनालाई अभिनन्दन पनि गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: