Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

म हौसिएर माथि पुग्दा पार्टी तल झर्‍यो : प्रचण्ड

\"30TH_PRACHANDA_1443261e-600\" महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हौसिएर धेरै माथि पुग्दा पार्टी कमजोर बनेर तल झरेको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– माओवादी केन्द्रले शनिबार महोत्तरीको बर्दिवासमा गरेको दुई नम्बर प्रदेशस्तरीय एकता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू बिग्रिँदा पार्टी कमजोर बनेको बताएका छन् । शान्ति प्रक्रियामा आएपछि मैले परिस्थितिको सही आँकलन गर्न सकिनछु, म आफैँ बिग्रिएछु, साथीहरूले पनि प्रचण्डपथ भन्दै मलाई आवश्यकताभन्दा धेरै माथि पुर्‍याएर बिगार्ने काम गरेछन,’ उनले भने, ‘दोस्रो संविधान सभाको निर्वाचनपछि मैले आफू बिग्रिएको छ्यांग थाहा पाएँ, अहिले सच्चिने प्रयास गर्दै छु ।’ माओवादी पार्टी कमजोर बन्नुमा आफू प्रमुख जिम्मेवार रहेको भन्दै प्रचण्डले विगतको गल्तीबाट अब पाठ सिकेको बताए। उनले अब पार्टीलाई सुदृढ बनाएर लैजानेसमेत बताए । ‘मधेसलाई धोका दिँदा पार्टी कमजोर’ कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादवले प्रचण्डले मधेसलाई धोका दिँदा पार्टी कमजोर बनेको आरोप लगाए । नेपालको आन्तरिक एकताविना राष्ट्रियता मजबुद नहुने भन्दै उनले मुलुकको आन्तरिक एकता मजबुद पार्न पहाड र मधेसका उत्पीडित समुदाय मिल्नुपर्नेमा जोड दिए । त्यही आवश्यकतालाई महसुस गरेर नै अहिले छरिएर रहेका माओवादीबीच एकता भएको उनको भनाइ थियो । माओवादी विभाजित हुँदा राष्ट्रियता कमजोर प्रचण्डले नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन र श्रमजीवी वर्गको हितका लागि छरिएर रहेका माओवादी शक्तिबीच एकता भएको स्पष्ट पारे । माओवादी विभाजित हुँदा नेपालको राष्ट्रियता नै कमजोर बनेकाले मिल्नुपरेको प्रचण्डको भनाइ थियो । मधेस आन्दोलनका नाममा राष्ट्रियता कमजोर मधेस आन्दोलनका नाममा नेपालको राष्ट्रियतालाई कमजोर पार्ने खेल भइरहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसप्रति सजग हुन मधेसी नागरिकलाई आग्रहसमेत गरे । मधेस आन्दोलनको नेतृत्व मधेसका सामन्त, दलाल र जमिन्दारले गरेको आरोप लगाउँदै प्रचण्डले उनीहरूबाट बहुसंख्यक श्रमजीवी मधेसी नागरिकको हित हुन नसक्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE