Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

जनसाँस्कृतिक महासंघ कास्की अध्यक्षमा विष्णु भण्डारी

\"krishnaकास्की । राष्ट्रिय जनसाँस्कृतिक महासंघ, कास्कीको छैठौं जिल्ला अधिवेशन कृष्ण भण्डारीको अध्यक्षतामा पन्ध्र सदस्यीय नयाँ समिति चयन गर्दै शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य, साँस्कृतिक फाँटका ईञ्चार्ज तथा राष्ट्रिय जनसाँस्कृतिक महासंघ केन्द्रीय अध्यक्ष खगेन्द्र राईले समृद्धीको यात्रा राजनैतिक रुपमा मात्र होइन साँस्कृतिक रुपमा समेत हुनुपर्ने र त्यसको नेतृत्व संस्कृतिकर्मीहरुले गर्नुपर्ने बताए । उनले अगाडी भने, “राजनैतिक क्रान्ति सकियो, अब साँस्कृतिक क्रान्ति बाँकी छ ।” ‘नयाँ संविधान कार्यान्वयन मार्फत समृद्ध नेपालको निर्माण गरौं, समाजवादी संस्कृतिको निर्माणका लागि छैठौं जिल्ला अधिवेशन सफल पारौं’ भन्ने नाराका साथ सम्पन्न नेकपा एमाले केन्द्रीय अर्थ तथा वाणिज्य विभागका सदस्य ईञ्जीनियर देउकाजी गुरुङ्ग, नेकपा एमाले कास्की उपसचिव प्रभा कोइराला, महासंघका केन्द्रीय सदस्य तथा गण्डकी ईञ्चार्ज मनकुमार श्रेष्ठ, महासंघ लमजुङ्गका अध्यक्ष बैन बहादुर सुयल लगायतले मन्तव्य राखेका थिए । अधिवेशनले निर्वाचित गरेको कमिटीको उपाध्यक्षमा जीवन गुरुङ्ग र लक्ष्मी थापा, सचिवमा लोकनाथ पुडासैनी, सहसचिवमा रविन गुरुङ्ग र कोषाध्यक्षमा माया थापा रहेका छन् । त्यस्तै कमिटिका सदस्यहरुमा मिरा पोखे्रल, अदिति शर्मा, महेन्द्र पौडेल, भरत सुनार, नर्मदा कुँवर, सुनिल गायक, सुनिल पोख्रेल, विश्वराज रसाइली र विश्व दर्शन पराजुली निर्वाचित भएका छन् । कमिटिले गायक रामभक्त जोजिजुको संयोजकत्वमा लक्ष्मण गौतम, ताराप्रसाद तिमिल्सीना, प्रतिभा तिमिल्सीना र तोयानाथ लामिछाने रहेको पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । यस अघि अधिवेशनले निवर्तमान अध्यक्ष लक्ष्मण गौतमले पेश गरेको राजनैतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको थियो । उक्त अधिवेशन सम्पन्न गर्नका लागि नेकपा एमाले कास्कीका निर्वाचन कमिटी सदस्य ऋषिराम लामिछानेको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको थियो । जसका सदस्यहरुमा मनकुमार श्रेष्ठ, बुद्धि गुरुङ्ग, नारायण परिश्रमी, पद्मराज ढकाल, नारायण बाँस्तोला र जीवन गौतम रहेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गरे बापत विभिन्न स्रष्टाहरु सम्मानित भएका थिए । सम्मानित स्रष्टाहरुमा साहित्य तर्फ विजया सुवेदी र ताराप्रसाद तिमिल्सीना, संगित तर्फ टकबहादुर गुरुङ्ग र गम्भिर वर्देवा, ललितकला तर्फ बुद्धि गुरुङ्ग र चलचित्र तर्फ घनश्याम लामिछाने रहेका छन् । त्यसै गरी महासंघकै अधिवेशनको सन्दर्भमा ललितकला मञ्च, कास्कीले सम्पन्न गरेको विद्यालयस्तरिय चित्रकला प्रतियोगिता तथा जनसाहित्यिक मञ्चले आयोजना गरेको खुल्ला कविता प्रतियोगिताका विजयी स्रष्टाहरुलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो । कार्यक्रममा रामभक्त जोजिजु र पद्मराज ढकालले सांगितिक प्रस्तुती राखेका थिए भने महासंघका कलाकारहरुले टप्पा नृत्य तथा कौडा नृत्य समेत प्रस्तुत गरेका थिए । त्यसै गरी नारायण बाँस्तोलाले आफ्नो कविता वाचन गरेका थिए भने पुरस्कृत कविताहरु पनि वाचन गरिएको थियो । कार्यक्रम महासंघ अधिवेशन आयोजक समितिका संयोजक लक्ष्मण गौतमको अध्यक्षता, सचिव कृष्ण भण्डारीको सञ्चालन तथा जनसाहित्यिक मञ्च, कास्कीका अध्यक्ष लोकनाथ पुडासैनीको स्वागतमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy