Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ' : पूर्वउपराष्ट्रपति झा

\"paramananda-jha1\" काठमाडौं । ‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ । न कुनै सुविधा छ, न कुनै सरकारी रेस्पोन्स, मानसिक तनाव मात्र बढायो यो पदले ।’ आजको कान्तिपुर दैनिकमा खबर छ – गौरीघाट बौद्धद्वार मार्ग, घर नम्बर ४४६र१४ को दोस्रो तलामा सोमबार बिहान पुग्दा पूर्वउपराष्ट्रपति परमानन्द झा निकै तनावमा देखिए । २०७२ कात्तिक १५ मा सेवानिवृत्त भएपछि उनी लाजिम्पाटको सरकारी निवासबाट गौरीघाटमा रहेको आफ्नै निवासमा सरे । सरकारी सुविधा भन्दै सरकारले चालकसहितको एउटा गाडी दियो । तर, चालकको पारिश्रमिक आएन । इन्धन छैन । पूर्वविशिष्ट पदाधिकारीको सुरक्षाको मापदण्डअनुसार ११ जना सेना खटिए । तिनको बसोबासको व्यवस्थासमेत उनैले आफ्नै घरमा मिलाउनुपर्‍यो । पूर्वराष्ट्रपतिलाई भने सरकारले घर, सुरक्षाकर्मी, चालक, सहयोगी सबै उपलब्ध गराएको छ । उनलाई भने कानुन बनेको छैन भन्दै टार्ने गरेको झाको आरोप छ । पूर्वउपराष्ट्रपतिको हैसियतमा कुनै आर्थिक सुविधा छैन । सरकारी चालकदेखि सुरक्षाकर्मीसम्मको भार उनकै जिम्मेवारीमा आयो । समस्या सुनाउन प्रधानमन्त्रीसँग डेढ महिनादेखि भेट्न खोज्दा कुनै प्रतिक्रिया आएन । कानुन मन्त्रीलाई नै भेटौं न त भन्दा समय पाएनन् उनले । उनी तनावमा रहनुको कारण यिनै थिए । ‘मेरो सुरक्षा र पदीय सम्मान राख्नु राज्यको जिम्मेवारी हो भने सोहीअनुसारको प्रबन्ध हुनुपर्‍यो,’ उनले भने, ‘यी सबै मैले न्यायाधीशको पेन्सनबाट गर्नुपर्ने हो भने मलाई न चालक चाहियो न सेनाको सुरक्षा, सबै फिर्ता लगे हुन्छ ।’ सरकारी सम्मानसाथ भएको बिदाइ समारोहमा सरकारी सुविधा भन्दै दिएको चालक जयनारायण ठाकुरको मासिक पारिश्रमिक नदिनु अनि जानकारी नै नदिई अवकाश दिने घटनाले उनको चित्त बढी कुँडिएको रहेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE