Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भडुँवा कांग्रेस–एमालेनै हुन् : माधव नेपाल

काठमाडौं, एमाले नेता माधव कुमार नेपालले कांग्रेस एमालेकै केही नेताको कारण माघ ५ गते बन्न लागेको सहमति भाँडिएको बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–‘माघ ५ मा कुरा मिलिसकेको थियो । सहमति हुन आँटेको थियो । कांग्रेस र एमालेकै केही नेतालाई त्यो पचाउन मुस्किल परेको थियो । तर, पछि सहमति हुन सकेन ।’ मंगलबार बिहान मात्र एमाओवादी अध्यक्ष प्रचण्डसँग टेलिफोन संवाद भएको भन्दै उनले एमाओवादी सहममतिमा अघि बढ्न तयार रहेको आफूले पाएको जानकारी दिए । सहमति गर्ने दिशातिर दुवै पक्ष अघि बढुनुपर्ने भन्दै नेपाललले सत्तापक्षले दुई तिहाईको दम्भ र हठ त्याग्नुपर्ने बताए । विपक्षीलाई पनि आन्दोलन गरी सडक तताउने नभई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे । ‘हामीसँग ठूलो संख्या छ भनेर दम्भ गर्नु गलत हो । र, हामीसँग ठूलो मोर्चा छ सडक आन्दोलनबाट कांग्रेस र एमालेलाई घुँडा टेकाउछु भन्नु पनि गलत हो । यी दुवै अतिवादी विचार हुन् ।’ प्रेस चौतारी रासस शाखाले गरेको कार्यक्रममा नेता नेपालले मंगलबार भने । राजाको विषयमा कुनै सहमति नभएको भन्दै कसैलाई चित्त नबुझे गिरिजाप्रसाद कोइरालालाई सोध्न जानु भन्ने अनौठो टिप्पणी गरेका छन् । ‘मैले कुनै सहमति भएको छैन भन्दै आएको छु तर, यतिभन्दा पनि सहमति भएको छ भन्दै ज्ञानेन्द्र र उनका समर्थक रटान लगाउँछन् । त्यसबेला दरबारसँग छलफलमा बसेको म र गिरिजाप्रसाद दुई जनामात्र हौं ।’ उनले भने, ‘मैले होइन भनेको नपत्याए उनलाई (गिरिजाप्रसादलाई)  सोध्न जानु नी । आखिर चैत ७ गते आउँदैछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: