Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

पूर्वसभापतिहरूको कक्ष अशुभ भएपछि वास्तुदोष पन्छाउँदै देउवा

\"DEUBA\" काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशन सकिएको तीन महिना नाघिसक्दा पनि खास कार्यकक्ष प्रवेश गरेका छैनन् । आजको नागरिक दैनिकमा खबर छ– फागुन २४ गते सभापति निर्वाचित भएलगत्तै उनी आफू पहिले बस्दै आएकै कोठातिर लागे । त्यसका सोफा, कार्पेट, कुर्सी, टेबुल, फेर्न लगाए। तर, सभापतिको कार्यकक्ष पसेनन् । कारण, उनलाई वास्तुशास्त्रीले ‘सजग’ गराएका थिए– ‘पूर्वसभापतिहरू बस्दै आएको कक्ष वास्तुदृष्टिले अशुभ छ। दक्षिण–पूर्वी (आग्नेय) कोणको कोठाले तनाब दिन्छ । त्यसैले दक्षिण–पश्चिम (नैर्ऋत्य) कोणमा बस्नुस्, समाज हाँक्ने शक्ति मिल्छ ।’ यो परामर्शलगत्तै देउवा सानेपास्थित पार्टी कार्यालयलाई वास्तुशास्त्र अनुकूल बनाउन अघि सरे । सभापतिको कार्यकक्ष मात्र होइन, बैठक कक्षको सजावटसमेत फेर्न निर्देशन दिए । पार्टी कार्यालयमा अब लगभग ‘वास्तुदोष’ हटाइसकियो। देउवा चाँडै ‘शुभ साइत’ मा सभापति कक्ष प्रवेश गर्ने तयारीमा छन् । सभापतिका लागि तत्कालीन महामन्त्री प्रकाशमान सिंह, मुख्यसचिव र कोषाध्यक्षको कार्यकक्ष फोडेर सुविधासम्पन्न, व्यवस्थित र भव्य कार्यकक्ष तयार गरिएको छ। तीनवटा कोठाका बरन्डासमेत गोप्य बैठक गर्न सक्ने गरी व्यवस्थित बनाइएको छ। केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले सभापति देउवा उत्तर–दक्षिण फर्केर बस्ने गरी कार्यकक्ष र बैठक हल सजावट गरिएको जानकारी दिए। ‘वास्तुशास्त्रअनुसार कार्यकक्ष र बैठक कोठाको आसन मिलाइएको छ,’ उनले नागरिकसँग भने, ‘अब सबै टाकटुक मिलिसकेको छ।’ वास्तुविद् माधवमंगल जोशीको सल्लाहअनुसार कार्यालयको रुपरंग फेरिएको हो। सभापतिको नयाँ कार्यकक्ष केन्द्रीय कार्यालयको पश्चिम–दक्षिणतर्फको कोठालाई बनाइएको छ। कोठाको पश्चिमतर्फ छेउमा कुर्सी राखेर सभापति पूर्व फर्कने गरी सजावट गरिएको छ। यसअघिका दुई सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइराला भने पूर्वतर्फको कोठामा थिए। दुवै जना पश्चिमतर्फ छेउमा कुर्सी राखेर पूर्वतर्फ फर्कन्थे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE