Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कानमा फूल सिउरेर...

\"sanghiya काठमाडौं । मधेसी–जनजातिका नेताहरु मंगलबार काठमाडौंका खुलामञ्चमा पलेँटी कसेर बसे । रिले अनसन संघीय गठबन्धन लेखिएको ब्यानर टाँगेर खुलामञ्चमा पलेँटी कसेर बसेका मधेसी जनजाति नेताहरुको निधारमा रातो टीका थियो भने कानमा फूल सिउरेका थिए । सात महिनाभन्दा बढी समय तराई–मधेसको आन्दोलनबाट पनि आफूहरुको माग पूरा नभएको भन्दै १ जेठदेखि जनजातिसहितको २९ दलीय गठबन्धन बनाएर आन्दोलन थाले । दुई दिनको सिंहदरबार घेराउपछि बालुवाटरतिर आन्दोलन सर्यो । बालुटार सारेको आन्दोलन पनि दुई दिनभन्दा बढी टिकेन । \"sanghiyaराजधानी केन्द्रित आन्दोलन नरोकिने भन्दै थप आन्दोलन घोषणा गर्दै काठमाडौं उपत्यकाको तीनै वटा जिल्लाका विभिन्न चोकमा कोणसभा र प्रदर्शनहरु गरिए । तर मधेसबाट काठमाडौं आएर आन्दोलन गरे पनि सरकारले भने वास्तै गरेन । बरु प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा दुई चार जनाले तमासा देखाएर केही नहुनेसमेत अभिब्यक्ति दिए । दुई चार जनाले सडकमा देखाएको तमासा हेरेर सरकार नबस्ने, सडकमा तमासा देखाउनेहरुलाई ठीक पार्नेसमेत प्रधानमन्त्री ओलीले चेतावनी दिए । मधेसी मात्रै आन्दोलनमा भएको भए गैरमधेसी युवाहरु अगाडि लगाएर लखेट्ने प्रधानमन्त्री ओलीको दाउ थियो । तर मधेसी दलहरुको आन्दोलनमा जनजातिहरुको पनि साथ रहेकाले प्रधानमन्त्रीले भनेजस्तो ‘ठीक पार्ने’ र खेदाउने कुरा चाँही सम्भव थिए । तर पनि आन्दोलनकारीहरुको मागका बारेमा छलफल हुने र निकास निस्कने सम्भावना भने देखिएको छैन । राजधानी केन्द्रित आन्दोलन गरी पहाडी समुदायको समेत विश्वास जित्ने प्रयास गरेका मोर्चाका नेताहरु संघीय गठबन्धनको ब्यानरमुनी कानमा फूल सिउरेर अनसनमा बसेको दृष्य भने अनौठो थियो । \"sanghiyaरातो टीका लगाएर अनसन शुरु गरिए पनि कानमा बडेमानका गुलाबको फूल सिउरेल मधेसी–जनजाति नेताहरु बसेका थिए । हालै काठमाडौं महानगरले आधा भाग कब्जा गरी बसपार्क बनाएपछि आधा भागमा खुम्चिएको खुलामञ्चमा मधेसी–जनजाति गठबन्धनले रिले अनसन शुरु गरेको शुक्रबार चार दिन वितिसकेको छ । नयाँ शक्तिका नेता डा.बाबुराम भट्टराई र केही नागरिक अगुवाहरुले आन्दोलनकारीलाई ढाप मारे पनि अन्य दलका नेताहरु भने खुलामञ्च पुगेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending