Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

लुम्बिनी प्रेस क्लबको टोली चिसापानी र काक्रेविहारमा

\"kakrebihar-750\"चिसापानी । लुम्बिनीको आन्तरिक पर्यटन प्रबद्र्धनकोलागी प्रचार प्रसार र सरोकारवालासंग अन्तरक्रिया गर्दै मध्यपश्चिम र सुदूर पश्चिम तर्फ हिँडेको लुम्बिनी प्रेस क्लब नेतृत्वको एक टोली विहीबार चिासपानी पुगेको छ । सुदुर पश्चिमको प्रवेशद्धार, कर्णाली नदिको छेऊमा रहेको पर्यटकीय गन्तब्य चिसापानीमा लुम्बिनीको पर्यटन प्रबद्र्धन सम्बन्धी गोष्ठी आयोजना गरेको क्लबले त्यस क्षेत्रको पर्यटकीय गन्तब्य र लुम्बिनीलाई पर्या पर्यटनको मालामा गासी योजनाबद्ध विकास गर्ने निश्कर्ष समेत निकालेकोछ । चिसापानीमा आयोजित वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कैलाली होटल व्यवसायी संघका कोषाध्यक्ष लक्ष्मी प्रसाद देवकोटाले चिसापानी आउने पर्यटकलाई लुम्बिनी जाने र लुम्बिनी आउने पर्यटकलाई चिसापानी जाने गरी दोहोरो व्यवस्थापन सहित प्रचार प्रसार गरेमा पर्यटकीय आधारमा नै मुलुकले काचूंली फेर्ने बताए । कोषाध्यक्ष देवकोटाले राज्यले चिसापानी क्षेत्रलाई खासै ध्यान नदिएको जनाउदैं पर्यटकहरुकोलागी आवश्यक निम्नतमः पुर्वाधार समेत व्यवस्थ ागर्न नसक्दा खिन्नताबोध हुने गरेको पनि बताए । कर्णाली सरसफाई तथा उपभोक्ता मन्चका अध्यक्ष लभदेव भट्टले चिसापानीदेखी राजकाडां सम्म टेंकींग खोल्न पहल गरिएको जनाउदैं अहिले सम्म कर्णाली नदी र पुल मात्रै चिसापानीको पर्यटकीय प्रोडक्ट भएको जनाए । अध्यक्ष भट्टले विश्व पर्यटनको केन्द्र लुम्बिनीको सामीप्यतासंगै चिसापानीलाई जोड्न सकेमा कैलालीको मुहार फेरिने समेत तर्क गरे । होटल व्यवसायी पदम भण्डारीले कर्णालीमा रयाफ्टींग, एक पिल्लरे नमूना पूल, कर्णालीको माछा, स्थानिय उत्पादनको खानाका परिकारले स्वदेशी तथा विदेशी पर्यटकलाई चिसापानीमा बसाल्ने योजना बनाउने कार्यमा सहयोग गर्न लुम्बिनीबासीलाई आग्रह गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष डा. शान्त कुमार शर्माले उद्योगी व्यवसायीको तर्फबाट लुम्बिनी र मध्यपश्चिमत एवं सुदुरपश्चिमको पर्यटकीय गन्तब्यलाई एकअर्कामा जोड्न संघले पहल गर्ने जनाए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगानाले स्थानिय उत्पादन र संस्कृति तथा प्रकृति प्रदत्त क्षेत्रलाई संरक्षण सम्बद्र्धन र प्रबद्धन गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष्ँ ढुंगानाले ऐतिहासीक, सास्कृति महत्वको लुम्बिनीलाई सुदुर पश्चिमको पर्यटकीय गन्तब्यसंग जोड्न प्रेस क्लबले शुरुवात गरेको बताए । जिल्ला विकास समिती रुपन्देहीका अधिकृत उपेन्द्र ज्ञवालीले देशभरीका जिविसहरुले पर्यटकीय क्षेत्रलाई व्यवस्थीत गराउन भूमिका खेल्ने जनाए । कार्यक्रममा लुम्बिनी विकास कोषका सूचना प्रमुख हरिध्वज राईले लुम्बिनीको ऐतिहासीकता र पर्यटकीय महत्वको बारेमा प्रकाश पार्दै जिवनमा लुम्बिनीको एक पटक भ्रमण गरेमा मात्रै पनि शान्ति र समृद्धिकोलागी इट्ट थपीने बताउदैं लुम्बिनीको स्थलगत अवलोकनकोलागी सुदूरपश्चिमेली जनतालाई विनम्र अनुरोध गरे । प्रेस क्लबका महासचिब नरेश के.सी.को सन्चालन तथा उपाध्यक्ष मनोरन्जन शर्माको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी पर्यटन प्रबद्र्धन विकास समितीका अध्यक्ष तुलसी प्रसाद चौधरी, लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष टोप बहादुर रायमाझी, नागरिक अगुवा भरत कुमार पोखरेल, सिद्धार्थ ट्राभल एण्ड टुर एजेन्टका अध्यक्ष सागर अधिकारी, सिद्धार्थ होटल एशोसीयसनका उपाध्यक्ष मिथुन कुमार श्रेष्ठ, सिद्धार्थ नगरपालिकाका अधिकृत देव प्रसाद ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्य तथा पर्यटन क्षेत्र संयोजक गोविन्द ज्ञवाली, जेसीआई सिद्धार्थ लेडीको अध्यक्ष रचना शर्मा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम लुम्बिनी प्रेस क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्ड भृकुटीमन्डपको प्रबद्र्धनमा भएको थियो । प्रेस क्लबको नेतृत्वमा भएको सुदुर पश्चिम र मध्यपश्चिममा प्रचार प्रसार तथा सुर्खेत र चिसापानीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममलाई लुम्बिनी विकास कोष, दक्षिण एशिया पर्यटन पुर्वाधार विकास योजना, सिद्धार्थ उद्योग वाणिज्य संघ, जिविस रुपन्देही, सिनपा भैरहवा, शान, साट्टा र लुम्बिनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितीले सहयोग गरेको हो । यसैबीच टोलीले सुर्खेतको काक्रेविहारलाई बुद्ध जन्मस्थल लुम्विनी पछिको दोस्रो बौद्ध गन्तब्यको रुपमा विकास गर्न सकिने निश्कर्ष निकालिएको छ । त्यसका लागि लुम्विनी विकास कोषले नै कांक्रेविहारलाई संरक्षण गर्नुपर्ने धारणा छ । लुम्विनी प्रेस क्लव भैरहवाले सुर्खेतमा आयोजना गरेको आन्तरिक पर्यटन प्रबद्र्धनमा सञ्चार अभियान विषयक अन्तक्र्रियाबाट यस्तो निश्कर्ष निकालिएको हो । काक्रेविहार नेपालमा रहेका बौद्ध सम्पदाहरु मध्येको महत्वपूर्ण क्षेत्र मानिन्छ । यो क्षेत्रमा ढुंगामा कुंदिएका बौद्ध आकृति, महत्वपूर्ण प्राचीन वौद्ध सम्पदा र भग्नावेशषहरु छन् । कांक्रेविहारको पर्यटकीय विकासका लागि लुम्विनीका पर्यटन ब्यवसायीको समेत सहयोग जरुरी रहने भन्दै लुम्विनी र कांक्रेविहारलाई जोडेर टुर प्याकेज बनाउनुपर्ने,लुम्विनी–सुर्खेत–कर्णाली–गण्डकी पर्यटन सर्किट बनाउनुपर्ने, लुम्विनी–सुर्खेत सिधा हवाइ उडान सञ्चालन गर्नुपर्ने लगायतका निश्कर्ष अन्तक्रियाको छ । कांक्रेविहारमा रहेका प्राचीन वौद्ध सम्पदाहरुको अध्ययन, अन्वेषण र संरक्षणका साथै यसको ब्यवस्थित गुरुयोजना बनाउन सके लुम्विनी आउने पर्यटकहरुलाई कांक्रेविहार ल्याउन सकिने धारणा सहभागीहरुको थियो । कार्यक्रममा बौल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डाक्टर उपेन्द्र कोइरालाले लुम्विनी देखि सुर्खेत हुंदै सुदुरपश्चिम सम्म रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुलाई जोड्न सके लुम्विनी आउने लाखौं पर्यटकलाई पश्चिम नेपालमै भुलाउन सकिने बताए । उनले लुम्विनी देखि सुदुरपश्चिमसम्म पाइला पाइलामा पर्यटकीय स्थलहरु रहेकाले लुम्विनी आउने पर्यटकलाई पश्चितर्फ डाइभर्ट गर्ने योजना अघि सार्नुपर्ने धारणा राखे । लुम्विनी हुंदै पाल्पा–गुल्मी–अर्घाखांची–स्वर्गद्धारी–दाङ¬–बाँके राष्ट्रिय निकुञ्ज–सुर्खेतको कांक्रेविहार–बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै शुुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र माथिल्लो भागमा ढोरपाटन र रारा राष्ट्रिय निकुञ्जसम्म पर्यटक पु¥याउने योजना अघि सार्नुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै मध्यपश्चि बौद्ध विश्वविद्यालयका रजिष्ट्रार महेन्द्र मल्लले लुम्विनीको पर्यटनका सम्भावनासंग जोड्न सके पछाडी परेको मध्य र सुदुरपश्चिम छिटै माथि उठ्ने धारणा राखे । सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले कांक्रेविहारलाई थप उत्खनन सानो लुम्विनीको रुपमा प्रचारप्रसार गर्नुपर्ने धारणा राखे । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले भग्नावशेषको रुपमा रहेको कांक्रेविहारलाई पुनर्निर्माण गर्ने काम भइरहेकाले यसलाई लुम्विनी र तिलौराकोटसंग जोडेर प्रचारप्रसार गर्नुपर्ने धारणा राखे । सुर्खेतको कांक्रेविहार र वुलवुले ताललाई जोडेर पर्यटन ब्यवसायमा लगानी गर्न यहांका ब्यवसायीहरु लालायीत रहेको धारणा राखे । सुर्खेत उपत्यका विकास समितिका अध्यक्ष धु्रव चपाईले सुर्खेतका पर्यटकीय क्षेत्रहरुलाई जोडेर गुरुयोजना बनाउनुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै लुम्विनी विकास कोषका सदस्य सचिव हरिध्वज राइले पर्यटन प्रबद्र्धनका लागि पर्यटकहरुलाई कौतुहलता सिर्जना गर्नुपर्ने बताए । लुम्विनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष तुलसी चौधरीले कांक्रेविहारको पर्यटन प्रबद्र्धनका लागि लुम्विनीदेखि सुर्खेतसम्मका भौतिक पूर्वाधारहरुको विकास जरुरी रहेको बताए । जिल्ला विकास समिति रुपन्देहीका अधिकृत उपेन्द्र ज्ञवाली र प्राध्यापक भरतराज पोखरेलले लुम्विनी र सुर्खेतका पर्यटन ब्यवसायी मिलेर दुवै क्षेत्रको पर्यटन विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे । सिद्धार्थ टुर एण्ड ट्राभल एशोसिएसनका अध्यक्ष सागर अधिकारीले बुद्धसँग सम्बन्धित क्षेत्रहरुको एकिकृत विकासका लागि सरकारले एकिकृत योजना बनाउनुपर्ने धारणा राखे । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष डा.शान्तकुमार शर्माले लुम्विनीबाट सुर्खेत हुंदै रारा तालसम्म पुग्ने रुटको विकास गर्न सके यस क्षेत्रको पर्यटन विकासले गती लिने धारणा राखे । नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष दीपक बुढाले सुर्खेतको पर्यटन विकासका लागि पत्रकारहरुले सकारात्मक समाचार सम्प्रेषण गर्न जरुरी रहेको बताए । लुम्विनीका पर्यटन व्यवसायी गोविन्द ज्ञवाली र मिथुनमान श्रेष्ठले लुम्विनीको टुर प्याकेजमा कांक्रेविहारलाई समेत समेट्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य पदम वहादुर शाहीले सुर्खेतको समग्र विकासका लागि गुरुयोजना जरुरी रहेको र गुरुयोजना तयार पार्दा बौद्ध संस्कृतिलाई झल्काउन जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै ब्यवसायी टोप बहादुर रायमाझी, चिन्तामणि शर्मा, गोविन्द कोइराला, हरि प्र.अधिकारी, टंक प्रसाद लामिछाने, तर्क बहादुर शाही, प्रकाश पौडेल, यमलाल गिरी, दीपेन्द्र शर्मा लगायतले बोल्दै लुम्बिनी र सुर्खेतको पर्यटनलाई जोड्दा पश्चिमका सबै पर्यटकीय क्षेत्रहरुलाई समेटेर टुर प्याकेज निर्माण गर्नुपर्ने धारणा राखे । सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकृत देव ज्ञवालीले अन्तक्र्रियाको निश्कर्ष प्रस्तुत गरेका थिए । कार्यक्रमका अध्यक्ष तथा लुम्विनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगानाले लुम्विनीको पर्यटन प्रबद्र्धनका लागि लुम्विनी क्षेत्रका पत्रकारहरुले समेत महत्वपूर्ण भूमिका खेलिररहेको बताए । प्रेस क्लवका महासचिव नरेश केसीले लुम्बिनी र सुर्खेतको कांक्रेविहारको एकिकृत योजना निर्माणका लागि पत्रकारहरुले दवाव दिनुपर्ने धारणा राखे । लुम्विनी प्रेस क्लव भैरहवाले आयोजना गरेको उक्त अन्तक्र्रिया कार्यक्रमको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending