Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

उपत्यकाका सडक २२ मिटर चौडा बनाइँदै

\"wideningकाठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणले नगर विकास योजनाभित्र पर्ने सहरी क्षेत्रमा हुने क्रियाकलाप सम्बन्धी निर्देशिका मापदण्ड २०३३ अनुसार १४ सडक केन्द्रदेखि दायाँबायाँ ११ मिटर छोड्न अनुरोध गरेको छ । उपत्यकाको शाखा ९आर्टेरियल० सडक भएकाले सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुबैतिर ११ मिटर कायम गरी २२ मिटर चौडा बनाउन लागिएको प्राधिकरणले जनाएको छ । तत्कालीन नगर विकास समितिले पनि स्पष्ट मापदण्ड तोकेका यी सडकलाई विस्तार गर्ने कार्यक्रम अघि बढेकाले सडकको केन्द्रदेखि ११÷११ मिटर खाली गर्न अनुरोध गरेको प्रवक्ता केशवप्रसाद न्यौपानेले बताए । दुबैतिर ११ मिटर कायम गरिएका सडकमा कलङ्कीस्थान–चारदोबाटो, कालिमाटी–विष्णुमतीपुल, त्रिपुरेश्वर बाग्मती पुल–थापाथली, कुपण्डोल–पुल्चोक, जावलाखेल– लगनखेल, चक्रपथ– नख्खुखोला–भैँसेपाटी हुँदै बुङमतीसम्म, त्रिपुरेश्वर–नागस्थान–महाङ्कालस्थान–रत्नपार्क ९असन जाने चार दोबाटो० रहेका छन् । यस्तै राष्ट्रिय नाचघर–कान्तिपथ, शीतल निवास –चक्रपथ– बाँसबारी हुँदै बूढानीलकण्ठ प्रहरी चौकीसम्म, लैनचौर ९तीन दोबाटो०–सोह्रखुट्टे पाटी–विष्णुमती पुल हुँदै चक्रपथसम्म, थापाथली ९बाग्मतीको पुल०–सिंहदरबार–पुतलीसडक–कमलादी ९गणेशस्थान जाने तीन दोबाटो० –हात्तीसार–जयनेपाल चित्रघरको उत्तर पूर्वको तीन दोबाटो, नारायणस्थान–दरबारमार्गको तीन दोबाटो–कान्तिपथ–केशर महलको चार दोबाटोसम्म, गौशाला चोक–मैतीदेवी–ज्ञानेश्वर–कमल पोखरी–प्रज्ञा भवन–तीनधारा पाठशालासम्म दायाँबायाँ दुबैतिर ११ मिटर कायम गरिएको प्राधिकरणले जनाएको छ । त्यसैगरी पुरानो बानेश्वर चोक–गौशाला चोकसम्म, चाबहिल चोक–बौद्ध–जोरपाटी–गोकर्ण रिसोर्ट मूलद्वार–साँखुसम्म, जोरपाटी–गोकर्ण मन्दिर–सुन्दरीजलसम्म, विष्णुमती पुलबाट पश्चिमतर्फ माछा पाल्ने पोखरी–पूर्वतर्फ चक्रपथ–बालाजु माथिल्लो बजार हुँदै त्रिशूली सडकको काठमाडौँ सीमासम्म, कालिमाटी–त्रिभुवन विश्वविद्यालय मूलद्वार–दक्षिणकाली पार्किङस्थलसम्म, एकान्तकुना–भनीमण्डप चक्रपथ हुँदै खाद्य संस्थानको गोदामसम्म, जावलाखेल–लगनखेल–सातदोबाटो –खुमलटार–हरिसिद्धि–थैव–बाँडेगाउँ–किटनी हुँदै गोदावरी कुण्डसम्म, चक्रपथ– इमाडोल– सानागाउँ–लुभू–महालक्ष्मी चौर हुँदै लामाटारसम्म, सातदोबाटो ९चक्रपथ०–टुटेपाटी ढोलाहिटी–सुनाकोठी–ठेचो –प्याङ गाउँ–लेले तिलेश्वर हुँदै सरस्वती कुण्डसम्म पनि केन्द्रदेखि दायाँबायाँ ११ मिटर सडक चौडा गरिने प्रवक्ता न्यौपानेले बताए । “यो मापदण्ड विसं २०३३ मै बनेको हो, यसपछि बनेका संरचनाले यसलाई पालना गर्नुपथ्र्यो, नगरेको पाइएमा भत्काउनुपर्ने छ, मापदण्ड बन्नु अघि नै बनेका संरचनाका धनीलाई मुआब्जा दिइनेछ,” उनले भने । यी सडकमध्ये चालु आवमा चावहिल–जोरपाटी–साँखु, जोरपाटी–सुन्दरीजल र त्रिपुरेश्वर–नागढुङ्गासम्म केन्द्रदेखि दायाँबायाँ दुबैतिर ११ मिटर सडक कायम गर्ने काम सुरु भइसकेको प्राधिकरण काठमाडौँका प्रवक्ता नरेन्द्र न्यौपानेले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending