Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कस्तो छ नयाँ शक्ति घोषणाको तयारी, कसरी जुट्याे कराेडाैं रूपैयाँ ?

\"nayaकाठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भोलि जेष्ठ ३० गते राजधानीको रंगशालाबाट नयाँ पार्टीको औपचारिक घोषणा गर्न लागेको छ । गत आसोज ९ गते साधारण सदस्यता समेत परित्याग गरि एमाओवादीबाट बाहिरियका भट्टराईले देशमा नयाँ बैकल्पिक राजनैतिक शक्तिको आवस्यकता रहेको भन्दै करिब ८ महिना नयाँ शक्ति अभियान नेपाल नामक राजनीतिक अभियान सञ्चालन गर्दै जेठ ३० गते औपचारिक रुपमा पार्टी घोषणा गर्न लागेका हुन । औपचारिक पार्टी घोषणा सभामा एक लाख पार्टी सदस्य उतार्नुका साथै रंगशालाबाट भोलि सामुहिक पार्टी घोषणा र सामुहिक सपथग्रहण हुने नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले बताए । चार  ठाँउबाट जुलुस  निकाल्ने नयाँ शक्तिले पार्टी घोषणाको दिन अाइतबार राजधानीका चार ठाँउबाट जुलुस शुरु गर्ने जनाएकाे छ । रत्नपार्क , बबरमहल, कालिमाटी लगाएतका ठाउँबाट विविध झाँकी सहितको जुलुस शुरु हुने र जुलुस १२ बजे रंगशाला पुगिसक्ने प्रवक्ता देवकाेटाले जानकारी दिए । ट्राफिक व्यवस्थापन आफै  तामझामका साथ पार्टी घाेषणा गर्ने तयारी गरेकाे नयाँ शक्तिले लाखाैं पार्टी सदस्य र कार्यकर्ता उतार्ने उद्घाेष गरेकाे छ । एक लाख भन्दा बढीकाे उपस्थिति हुने भन्दै नेपालकै एक मात्र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन गर्ने तयारी गरिएकाे छ । लाखाैं कार्यकर्ताकाे उपस्थिति रहे पनि ट्राफिक ब्यवस्थापनमा कुनै समस्या नहुने नयाँ शक्तिले जनाएकाे छ  ।  काठमाडौंका विभिन्न चार ठाँउबाट निस्कने र्यालीको व्यवस्थापन नयाँ शक्तिका आफ्नै स्वयंसेवकले गर्ने प्रवक्ता देवकाेटाले बताए  । पार्टी घोषणा सभामा क–कसलाई निमन्त्रणा ? नयाँ शक्तिले पार्टी घोषणा सभामा नेपालका मुख्य राजनैतिक पार्टीका मुख्य नेतृत्वहरुलाई निमन्त्रणा गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष माेहन वैद्य \'किरण\',  नेकपा माअाेवादीका महासचिव नेत्रविक्रम चन्द  \'विप्लव\' लगायतलाई पनि पार्टी घोषणासभामा निमन्त्रणा पठाएको देवकोटाले बताए । त्यसैगरि विदेशी राजदुतहरु तथा विदेशी पाहुनाहरुलाई पनि पार्टी घोषणा उद्घाटन समारोहमा निमन्त्रणा गरिएको उनले बताए । डिजिटल मञ्च बनाइने  मुलुककाे समृद्धि मुख्य लक्ष्य रहेकाे बताएकाे नयाँ शक्तिले कार्यक्रम स्थल डिजिटल प्रविधियुक्त बनाउने जनाएकाे छ  ।  मञ्चमा नयाँ शक्तिका संयोजक र आमन्त्रित अतिथि मात्रै बस्ने व्यावस्था मिलाइएको पनि प्रवक्ता देवकाेटाले बताए । बाहिर निर्माण गरिएको मञ्च शनिबार साँझ रंगशालमा लगेर फिट गरिनेछ । दुर्इ कराेड बढी खर्च मुलुककाे समृद्धिमा जाेड दिएकाे नयाँ शक्तिले पार्टी उद्घाटनका लागि मात्रै दुर्इ कराेड बढी खर्चिने भएकाे छ । पुराना पार्टीहरू भन्दा अाफूहरू अलग भएकाे बताएका संयाेजक डा. बाबुराम भट्टरार्इले प्रचार शैली पनि फरक रहेकाे सन्देश दिएका छन् । पाेस्टर, पम्पलेट, तुल ब्यानर टाँगेर प्रचारप्रसार नगरेकाे नयाँ शक्तिले मिडियामा भने झण्डै कराेड खर्चिएकाे छ । सबै टेलिभिजन र ब्राेडसिटका राष्ट्रिय दैनिक पत्रिकामा फ्रन्ट पेजमै लाखाैंकाे विज्ञापन छापिएका छन् । टेलिभिजन विज्ञापनमा बाबुराम अाफैले अभिनय गर्दै पार्टी घाेषणा कार्यक्रममा उपस्थित हुन अाह्वान गरेका छन्  । कसरी जुट्याे कराेडाैं रूपैयाँ ?  पार्टी घाेषणाका लागि मात्रै कराेडाैं खर्चिएकाे नयाँ शक्तिले त्यति धेरै रकम कसरी जुटाएकाे हाेला भन्ने सबैलार्इ चासाेकाे विषय भएकाे छ  । अरू भन्दा फरक हुने बताए पनि नयाँ शक्तिकाे अाम्दानीकाे स्राेत भने चन्दा नै हाे । तर डा. बाबुराम भट्टरार्इ भने अाफ्नै अान्तरिक स्राेतबाट यति धेरै रकम उठाएकाे दाबी गर्छन्   उनका अनुसार एक संस्थापक ससदस्यबाट १ सय ५ रुपैयाँको दरले १ करोड ५ लाख संकलन भएकाे छ भने अन्तरिम केन्द्रीय परिषदमा रहेका ४ सय ४९ बाट २२ लाख ४५ हजार, सचिवालय सदस्यमा रहेका ५१ जनाबाट ५ लाख १० हजार उठाइएकाे छ तथा १७ सय प्रतिनिधिबाट प्रवेश शुल्क १ हजार उठ्ने नयाँ शक्तिले जनाएकाे छ । यस्तै, मञ्च व्यवस्थापन – २१–२७ लाख, प्रचारप्रसार १० लाख, दस्तावेज छाप्न  ३ लाख, बन्दसत्रमा खान  ८ लाख, बेलुकीको खान–बस्न  ७ देखि १० लाख लाग्ने अनुमान गरिएको छ । प्रज्ञा भवनमा बन्दसत्र  तामझामका साथ भब्य उद्घाटनपछि बन्दसत्र भने कमलादीस्थित प्रज्ञा भवनमा गरिने जनाइएकाे छ । जेठ ३१ र ३२ गते दुई दिन प्रज्ञा भवनमा बन्दसत्र हुने प्रवक्ता देवकाेटाले जानकारी दिए । बन्दसत्रका १७ सय प्रतिनिधि सहभागि हुनेछन् । बन्दसत्रमा तीन वटा प्रतिवेदन पेश हुनेछ । एउटा सांगठानिक प्रतिवेदन, आगामी कार्ययोजना सहितको प्रतिवेदन र अर्को नेपालका विकास र संवृद्धिकाे खाकासहितको प्रतिवेदन पेश हुने देवकाेटाले बताए  । उक्त प्रतिवेद माथि करिब १० वटा समुहहरु बनाई छलफल हुनेछ । बन्दशत्रबाट महाधिवेशन आयोजक कमिटीकोे निर्माण गरी १ बर्षभित्र महाधिवेशन गर्ने नयाँ शक्ति नेपालको तयारी रहेको प्रवक्ता देवकोटाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending