Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

भारतीय विदेशमन्त्रीले उपप्रधानमन्त्री थापामाथि अाैंला ठड्याइन्

\"Kamal-thapa-With-Sushama\"काठमाडौं । थापा सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन शुक्रबार दिल्ली गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भ्रमणको पहिलो दिन नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेट गरे । दिल्ली पुगेका पहिलो दिन नै स्वराजसँग भेट गरेका थापाले दुई देशबीचको सम्बन्धमा पुनः सुधार गर्ने प्रयास भएको बताएका छन् । वर्तमान ओली नेतृत्वको सरकार ढाल्न भारतले भूमिका खेलेको भन्दै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउनुका साथै राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रोकेपछि भारत चिढिएकोे छ । उपप्रधानमन्त्री थापासँगको भेटमा स्वराजले राष्ट्रपति भण्डारीको भारत भ्रमण स्थगित गरिएकोबारे प्रश्न उठाइन् । औंला ठड्याएर स्वराजले आच्छुआच्छु पारेपछि उपप्रधानमन्त्री थापा निरिह देखिए । भारतको कारणले नभइ आन्तरिक कारणले भ्रमण स्थगित भएको उनले प्रष्ट्याए । उपप्रधानमन्त्री निरिह देखिएको तस्विर नै भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको छ । झण्डै अधाघण्टा भएको भेटमा नेपाल–भारत सम्बन्धका विषयमा नै कुरा भएको भारतीय विदेश मन्त्रालयले जानकारी दियो । स्वराजसँगको भेटघाट उपयोगी र रचनात्मक भएको उपप्रधानमन्त्री थापाले ट्विट गरेका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले दुई देशका विदेशमन्त्रीको भेटलाई ‘निरन्तर नेपालसँगको सम्पर्क’ भएको ट्वीट गरी बताए । समकक्षीसँग भेट गर्नुअघि मन्त्री थापा प्रेस क्लब अफ इन्डियाले आयोजना गरेको अन्तरक्रियामा सहभागी भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending