Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

यसकारण नजाने भए प्रचण्ड नयाँ शक्तिको पार्टी घोषणामा

\"prachanda\" काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालको पार्टी स्थापना दिवसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नजाने भएका छन् । आजको कमाण्डर पोस्टमा खबर छ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी स्थापना घोषणा सभामा उपस्थित हुन प्रचण्डलाई निमन्त्रण दिए पनि प्रचण्ड नजाने भएका हुन् । प्रचण्ड सचिवालयले अध्यक्ष प्रचण्ड पार्टीको आन्तरिक प्रशिक्षण तथा कार्यक्रमको सिलसिलामा सुदुरपश्चिमको धनगढी पुगेको बताउँदै नयाँ शक्ति घोषणा सभामा जान नसक्ने पुष्टि गरे । जेठ ३० गते एक लाख कार्यकर्ताको उपस्थितीमा घोषणा गर्न लागेको नयाँ शक्तिको पार्टी घोषणामा कार्यव्यस्तताका कारण प्रचण्ड अनुपस्थित हुने सचिवालयले जनाए । सचिवालयका अनुसार प्रचण्ड आइतबार दिउँसो राजधानी आइपुगे लगत्तै राजधानीमा आयोजिक एक कार्यक्रममा सहभागी हुने कार्यतालिका छ । दशरथ रंगशालामा आयोजित कार्यक्रममा नयाँ शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत निमन्त्रण पठाइएको छ । पार्टी घोषणाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओलीसहित सबै दलका प्रमुख नेताहरुलाई निम्तो गरिएको बताए । उनले भने कार्यक्रममा प्रचण्ड उपस्थित हुने विश्वास समेत व्यक्त गरे । ‘हामीले सबै दललाई निमन्त्रण पठाएका छौँ, प्रचण्डजीसँग पनि मेरो कुरा भएको छ, उहाँलाई समेत उपस्थितिका लागि आग्रह गरेको छु, उहाँ आउनुहुन्छ भन्ने मेरो विश्वास छ ।’ उनले भने । गत असोज ०९ गते भट्टराईले प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माणमा जुटेका डा. भट्टराईले गैरमाओवादीलाई समेत मिलाएर रंगशालाबाट नयाँशक्ति घोषणा गर्न लागेका हुन् । स्रोतका अनुसार प्रचण्डले भट्टराईको पार्टी घोषणामा प्रतिनिधि पठाउने तयारी गरेका छन् । तर त्यसबारे आधिकारिक निर्णय भने भएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE