Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

६ लाखमा बेचिएर भाग्न सफल भएकी १८ वर्षे युवतीको बयान

काठमाडौ । १८ वर्षको उमेरमा बेचिएकी एक किशोरीले बेचिएको स्थानबाट फर्किएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोमबार उजुरी दिएकी छिन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – ‘प्लस टु अध्ययन गर्दा गर्दै बेरोजगारीका कारण आफन्तलाई काम खोजिदिनु भनेको थिएँ, विदेश पठाइदिन्छु भन्दै भारतमा लगि बिक्री गरेछन्,’ बेचिएकी ती युवतीले भनिन्। काभ्रे पाँचखाल नगरपालिका – ११ तत्कालीन बालुवा गाविस घर भएकी १८ वर्षीया युवतीलाई दलालहरुले २०७१ साल बैशाख २० गते घरबाटै फकाएर दिल्ली पुर्याएका थिए। ‘आफू बेरोजगार रहेकाले आफन्तहरुलाई जागिर खोजिदिन भनेको थिएँ, जागिर राम्रो छ, कमाई राम्रो छ विदेश जानुपर्छ भन्दै उनीहरुले नै निशुल्क पासपोर्ट बनाइदिए पीडितले भनिन्, ‘पासपोर्ट बनाएको कुरा घरमा बुबा आमालाई समेत थाहा दिएको थिइनँ।’ कक्षा ११ को अध्ययन गर्दै गर्दा आफन्त नाता पर्नेले उनलाई ललाईफकाई गरी भारतसम्म पुर्‍याई बिक्री गरेर फर्किएका थिए। भारत हुँदै अबुधाबी पुर्‍याइएकी उनलाई घरेलु कामदारको रुपमा एक अरबीको घरमा राखिएको थियो । घरेलु कामदारका रुपमा राखिएकी बालिकालाई घरका मालिकले अभद्र व्यवहारमात्रै गरेनन् दैनिक शारीरिक शोषण गर्न थाले । ‘बच्चै छु, यस्तो काममा मलाई नलगाउनुस्, म सक्दिँन भन्दा पनि उसले मानेन, युवतीले भनिन्, ‘तँलाई ६ लाख रुपैयाँमा किनेर ल्याएको पूजा गर्न होर ?’ खान लगाउन समेत नदिइकन एकोहोरो शोषण मात्रै गरेपछि बालिकाले भाग्ने प्रयास गरिन तर सफल भइनन् । करिब एक महिनापछि राति घरमा कोही नभएको मौका छोपी उनी अरबीको घरबाट त भागिन् तर जाने ठाउँ कहीँ भएन । २०७१ असोजमा नेपाली दूताबासको शरणमा पुगेकी उनलाई सिन्धुपाल्चोक समाजले सहयोग रकम संगलन गरेर पठाएपछि २०१४ डिसेम्बर १९ मा उनी बल्ल नेपाल फर्कन सफल भइन् । १८ वर्षमा बेचिएकी बालिका अहिले २० वर्षकी भएकी छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE