Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

अबको दश वर्ष भित्रमा युवा नभई युवाले उत्पादन गरेको बस्तु विदेशिने : मन्त्री पाण्डे

\"Somभक्तपुर । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले दश वर्ष भित्रमा युवा शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने तयारीमा वर्तमान सरकार लागेको बताएका छन् । रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्देै मन्त्री पाण्डेले भने मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी नेपाली उत्पादनलाई प्राथामिकता दिँदै नेपालमै रोजगारीको वातावरण निर्माणमा गरी युवालाई बिदेश होईन उनीहरुले उत्पादन गरेको वस्तु बिदेश पठाउन सफल हुने बताए । पछिल्लो समयमा सबै राजनीतिक दलहरुको प्रमुख एजेन्डा आर्थिक बिकास हुनु राम्रो भएता पनि देशलाई आर्थिक समृद्धि तर्फ लान औद्योगिक बिकासबिना असम्भव रहकाले सबैभन्दा पहिला प्राथामिकता औद्योगिक बिकास भएकाले वर्तमान सरकार औद्योगिक बिकासमा केन्द्रित बनेको पाण्डेले बताए । सात प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा अधिग्रहण कार्य भइरहेको भन्दै मन्त्री पाण्डेले १ नं. प्रदेशको झापामा बन्ने औद्योगिक क्षेत्रको विकाशको लागि लगानी गर्न चीन र कोरिया तयार रहेको भन्दै कुरो भन्दा कामको शैलिले तिब्रता पाएको बताए । सात प्रदेशमा बिस्तार हुन लागेका औद्योगिक क्षेत्रमा नेपालमा उत्पादित कच्चा पदार्थबाट निर्माण हुने वस्तुहरुलाई पहिलो सूचीमा राखेको र हस्तकलाबाट निर्मित वस्तुको प्र्रबद्र्धन गर्दैै बुहुराष्ट्रिय कम्पनीहरुको लगानीलाई समेत समेट्दै औद्योगिक क्षेत्रको बिस्तारमा अघि बढेको बताए । दैलेखबाट सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खनन्सँगै अन्य स्थानमा रहेका इन्धन खानीको उत्खनन गरि व्यवसायिकरुपमा उत्पादन गर्ने र तिन वर्षभित्र मुलुकमा रहेका सबै खनिजजन्य पर्दाथको उत्खनन् कार्य सकिने भन्दै मन्त्री पाण्डेले नेपालको १० स्थानमा उक्त कार्य जारी रहेको बताए । सरकार परिवर्तनतको बिषय हल्ला मात्र भएको भन्दै सरकार परिवर्तन २०७४ माघ सम्म कसैले चाहेर पनि नहुने यदि यसो भएमा संबिधान नै संसोधन गर्नु पर्ने टिप्पणी गरे । संविधानको धारा २ सय ९८ अनुसार सरकार बनेकाले गठबन्धनको एक दल मात्र बाहिरे पनि देशमा संवैधानिक संकट आउन सक्ने मन्त्री पाण्डेले बताए । मधेश आन्दोलनका जायज मागको सम्बोधन गर्न सरकार तयार रहेको र त्यसका लागि वर्तमान सरकारले बारम्बार वार्तामा आउन पत्राचार गरेता पनि मधेश अन्दोलनका नेतृत्व वर्गले बेवास्ता गर्दा यसले सबै तर्फ असर पारेको उनले बताए । उनले भने अवको राजनीतिक एजेन्डा आर्थिक समृद्धि भएकाले सबै राजनीतिक दलहरुले एक भएर अगाडि बढे आर्थिक रुपान्तरण सम्भव रहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending