Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

मह जोडी धुर्मुस सुन्तली फाउण्डेशनको संस्थापक सल्लाहकार

\"Dhurmusकाठमाडौं । बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) धुर्मुस सुन्तली फाउण्डेशनको संस्थापक सल्लाहकार भएका छन् । फाउण्डेशनले गरेको प्रस्ताव मह जोडीले सहर्ष स्वीकार गरेपछि उनीहरुलाई संस्थापक सल्लाहकारमा नियुक्त गरिएको हो । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सामाजीक काम गर्नका लागि भूकम्प पश्चात फाउण्डेशन स्थापना गरेका थिए । एउटा हाँस्य कलाकारले फाउण्डेशनमार्फत निकै राम्रो काम गरिरहेकाले संस्थापक सल्लाहकारको प्रस्ताव स्वीकार गरेको मह जोडीले बताएका छन् । गिरान्चौर एकिकृत बस्तीका घरहरु नेपाली मौलिकता झल्कीने गरी घर बनाउन उनीहरुले सुझाव दिएका छन् । सल्लाह दिनु भन्दा, काम गरेर देखाउनु ठूलो कुरा भएको भन्दै हाँस्य कलाकारबाटै भएको सामाजिक कामको मह जोडीले प्रशंसा गरे । हाँस्य क्षेत्रका विशिष्ठ व्यक्तिले फाउण्डेशनको प्रस्ताव स्वीकार गरेकोमा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलल ेआभार व्यक्त गरेका छन् । मह जोडीको अनुभव र उपयुक्त सल्लाहले नै आफुहरुलाई अघि बढ्न प्रेरीत गर्ने उनको भनाई छ । आफुहरु मह जोडीबाटै प्रभावित भएर हाँस्य क्षेत्रमा प्रवेश गरेकाले उहाँहरुको दिएको सल्लाह अनुसार नै अघि बढ्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन । युरोप भ्रमण गरेर केहि दिन अघि स्वदेश फर्किएका मह जोडीले बेल्जीयमबाट कमल भारती र साबित्रा गिरीको परिवारले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि पठाएको ८ सय ५० युरो (१ लाख रुपैँया भन्दा बढी) सहयोग पनि धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् । यस्तै, फाउण्डेशनले सुरु गरेको गिरान्चौर एकिकृत बस्ती निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको सल्लाहकारमा भने लिलामणी पौडेल, डा. स्वर्णीम वाग्ले, रबिन्द्र मिश्र, डा.गोविन्द पोख्रेल, दिनेश थपलीया रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: