Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

उपराष्ट्रपति पुन चीनको आदिवासी बस्तीमा

\"Uparastapati\"चीनको साताव्यापी औपचारिक भ्रमणमा रहनु भएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आज (मंगलबार) यून्नान प्रान्तको स्वशासित क्षेत्र शी श्वाङ पान्ना पुग्नु भएको छ ।

मंगलबार विहान चाइना ईस्टर्नको उडानबाट कुन्मिङबाट शी श्वाङ पान्नाको चोङ होङ कासा अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लादा उनलाई शी श्वाङ पान्ना स्वशासित क्षेत्रका उपगभर्नरले स्वागत गरेका थिए ।

उपराष्ट्रपतिले शी श्वाङ पान्ना पुगेपछि जंगली हात्तिहरु रहेका जंगी हात्ति उपत्यका फरेष्ट पार्कको भ्रमण गरे । त्यसक्रममा उनले एशियाल हात्ति संग्राहलयको अवलोकन गर्नुभयो । चीनको एकमात्र हात्ति पार्कमा वार्षिक १५ लाख पर्यटकले भ्रमण गर्ने गरेको व्यवस्थापन पक्षले जनाएको छ ।

मंगलबार साँझ उपराष्ट्रपति शी श्वाङ पान्ना स्वाशसित क्षेत्रको कम्युनिस्ट पार्टी र पिपुल्स गभरमेन्टले दिएको वेलकम भोजमा सहभागी भए । उनले उक्त कार्यक्रमलाई संबोधन गर्दै नेपाली चीन सम्बन्ध ऐतिहाँसिक उचाईमा पुगेको बताए ।

उनले भृकुटि, अरनीकोहरुले सुरु गरेको नेपाल चीन सम्बन्ध अहिले नङ र मासुको जस्तो बन्दै गएको बताए । त्यस अवसरमा उहाँले शी श्वाङ पान्ना स्वर्गको टुक्रा जस्तो रहेको बताउनुभयो । स्वागत कार्यक्रममा यहाँका आदिवासी जनजातिको पहिचान झल्कने गरी कलाकारहरुले आफ्ना प्रस्तुतीसमेत दिएका थिए ।

शी श्वाङ पान्ना आदिवासी जनजातिहरुको स्वशासित क्षेत्र हो । यहाँ ११ लाख जनसंख्या रहेको छ । यहाँ ८० प्रतिशत जंगल र २० प्रतिशतमात्रै मानव बस्ती रहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending