Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

प्रधानमन्त्रीका नाममा १३४४ पत्र

\"KP-oli-talking-750\" काठमाडौं । ‘देश विकास गर्ने योजना बनाउनुहोस्, बजेटको जोहो म गर्छु । कहाँ कुन क्षेत्रमा कस्तो विकास खोज्नुभएको हो योजना बनाउनुहोस्, आवश्यक लगानी म भित्र्याउँछु,’ २५ जेठमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको शिलान्यास गर्न सुर्खेत पुगेका प्रधानमन्त्री केपी ओलीले यसरी भाषण मात्रै गरेनन् । राजधानी फर्किंदा स्थानीय जनताले थमाएका अनेकन माग र गुनासाले भरिएका ४३ थान पत्रसमेत बोकेर फर्किए । आजको कान्तिपुर दैनिकमा खबर छ – जसलाई प्रधानमन्त्री निवासको स्वकीय सचिवालयले ओली फर्केको एकसाता हुँदासम्म आवश्यक कारबाहीका निम्ति सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पठाइसकेको थिएन । प्रधानमन्त्रीले बोकेर ल्याएका पत्रमा बादी समुदायको समस्यादेखि स्कुलमा पुस्तकालय निर्माण र तारबार आवश्यक रहेकाले आवश्यक रकमको जोहो गरिदिने विषयसम्मका पत्र छन् । तर शिलान्यासपछिको भाषणमा प्रधानमन्त्रीले भनेका थिए, ‘सरकारले नयाँ नयाँ योजना र कार्यक्रम सार्वजनिक गर्दा विरोधीको सातो उडेको छ ।’ प्रधानमन्त्रीले भाषणमा विकासको सपना देखाए पनि २०७१ साउनमा भेरी नदीमा आएको बाढीबाट विस्थापित भएर गिरिघाट जंगलमा बस्न बाध्य भएका पीडितले आफ्ना समस्या कसैले नसुनेको भन्दै पत्र लेखेका थिए । सुर्खेत हरिहरपुरका बाढीपीडित शिविरका अध्यक्ष रामचन्द्र पुरीले विस्थापित भएको दुई वर्ष भइसक्दा पनि आफूहरूको पुनर्बास हुन नसकेको गुनासो लेखेका छन् । गोडने सोहर गाविस ९ र घुमखहरे ७ का ४० स्थानीयले हस्ताक्षर गरेर प्रधानमन्त्रीलाई पत्र बुझाएका छन् । जसमा लेखिएको छ, ‘यी दुई गाउँ जोड्ने झोलुंगे पुल नभएर साह्रै दुःख पाइयो ।’ तर प्रधानमन्त्रीले उक्त कार्यक्रममा भनेका थिए, ‘कुरा काट्ने काटदै राख्छन्, भुक्नेहरू भुक्दै राख्छन्, तर म देशको समग्र विकास निर्माणमा जुट्छु ।’ प्रधानमन्त्रीको प्रत्येक जिल्ला भ्रमणमा स्थानीय जनताले समस्या र गुनासा सम्बोधनको अपेक्षा गर्दै कैयौं पत्र प्रधानमन्त्रीलाई थमाउँछन् । प्रधानमन्त्री कार्यालयको निजी सचिवालयमा कार्यरत प्रशासनिक अधिकृत दयानिधि दवाडीका अनुसार अक्सर प्रधानमन्त्रीको जिल्ला भ्रमणमा ५० पत्रहरू आउँछन् । के ती पत्रमा लेखिएका समस्या र गुनासा सम्बोधन हुन्छन् त ? दवाडीले भने, ‘हामीले जनताका गुनासा र समस्यासहितको पत्र सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा रहेको सचिवालयमा पठाउँछौं ।’ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको सचिवालयले भने त्यस्ता पत्र चलानी काटेर सम्बन्धित मन्त्रालयमा पठाइदिन्छ । तर त्यसपछि के हुन्छ भन्ने जानकारी भने सचिवालयलाई हँुदैन । अधिृकत दवाडीका अनुसार प्रधानमन्त्री कार्यालयबाट काटिने चलानीमा समस्याबारे जानकारी गराइन्छ तर त्यो निर्देशनात्मक प्रकृतिको भने हुँदैन । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालमा रहेको सचिवालयमा कार्यरत दुर्गालक्ष्मी मानन्धर भन्छिन्, ‘हामीले त विषयको ध्यानार्कषण गराएझंै गरेर चलानी काट्ने मात्रै हो । त्यसपछिको प्रक्रियाबारे बुझ्न सम्भव पनि देखिँदैन ।’ गत असोज २४ मा केपी ओली प्रधानमन्त्री भएयता उनको बालुवाटार निवासस्थित सचिवालयमा मात्रै २ सय ९७ पत्र दर्ता भएका छन् । यी पत्रसमेत गरेर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको प्रधानमन्त्री सम्पर्क शाखामा १३ सय ४४ पत्र दर्ता भएका छन् । अर्थात् मासिक औसतमा १ सय ६८ पत्र प्रधानमन्त्रीका नाममा आउँछन् । अचम्म त के छ भने प्रधानमन्त्रीको सचिवालयमा जनताका गुनासा र मागपत्र मात्रै आउँदैनन् । जागिरको खोजीदेखि आफूले जानेको तन्त्रविद्या प्रधानमन्त्रीलाई सुनाउने इच्छापत्रसम्म आउँछन् । सचिवालयमा कार्यरत स्वकीय सचिव रमेश आचार्यका अनुसार सबैभन्दा धेरै पत्र आर्थिक सहायताका विषयमा आउँछन् । त्यसपछि स्वास्थ्य उपचारमा सहयोग चाहियो भन्ने र जागिर चाहियो भन्ने पत्र धेरै आउँछन् । जस्तो कि, हुम्ला श्रीभट्टाकी सरिता तामाङले जागिर चाहियो भन्दै निवेदन हालेकी छन् । प्रधानमन्त्रीको सचिवालयमा आउने पत्रहरू अनेक थरीका हुन्छन् । स्वकीय सचिव आचार्यले अनुभव सुनाउँदै भने, ‘एकजनाले त मैले राति अनौठो सपना देखें । अब भारत र चीनबीचको समस्या म सुल्झाइदिन्छु । प्रधानमन्त्रीलाई यो कुरा सुनाउने अवसर दिनुस् भनेर निवदेन दर्ता गराएका थिए ।’ कतिसम्म भने, भद्रपुर १५ झापाका गणेशप्रसाद भट्टराईले पशुपतिनाथ मन्दिरसँगै रहेका चिता हटाउन माग गर्दै पत्र लेखेका छन् । गाउँघरका स–साना विकासका योजनादेखि घरायसी समस्यासम्मका पत्र प्रधानमन्त्री कार्यालयमा आउँछन् । दवाडीले भने, ‘कतिले त सिस्टमबाट भन्दा प्रधानमन्त्री कार्यालयमा पत्र लेख्दा छिटो समस्या सुल्झिन्छ भन्ने ठान्छन् ।’ उनका अनुसार औसतमा प्रत्येक महिना जागिर माग्नेहरूका पत्र ५० जति दर्ता हुन्छन् । ‘जागिर खोज्नेलाई यहाँबाट जागिर पाइँदैन भनेर हामीले काउन्सिलिङ गरेर पठाउँछौं,’ दवाडीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE