Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

देशको सेवा गर्न राजनीतिमा होमिएँ : करिश्मा मानन्धर

\"karishma\" काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय चर्चामा छिन् । तर, चलचित्रमा अभिनय गरेर उनी चर्चामा आएकी होइनन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा संलग्न भएपछि उनी चर्चामा आएकी हुन् । आजको नयाँ पत्रिका दैनिकमा लक्ष्मण सुवेदीले उनीसँग गरेकाे  कुराकानीका क्रममा करिश्माले राजनीतिमा लाग्नुको कारण बारे यसरी जवाफ दिइन् : \'मैले जीवनको अधिकांश समय चलचित्र अभिनय र निर्माणमा बिताएँ । यो समय अत्यन्त सहज पनि रहेन । निकै लामो समयसम्म कठिन संघर्ष र मिहिनेत गरेर लगनशीलताका कारण मैले यो स्थान बनाएकी हुँ । त्यही लगनशीलता तथा मिहिनेतका कारण चलचित्र क्षेत्रमा मैले एउटा समय वर्चस्व पनि कायम गरेँ । त्यसमा पनि देश–विदेशका लाखौँ दर्शकको मायाले गर्दा मैले आफूलाई विगत तीन दशकदेखि कलाकारितामा निरन्तर लगाइरहन सकेँ । त्यसैले पनि म जीवनभर कलाकारिताबाट अलग रहन सक्दिनँ, कलाकारिताका लागि म जीवनभर समय दिन सक्छु ।\' उनले विभिन्न पार्टीबाट अफर आए पनि आफूलाई डा. बाबुराम भट्टराईको बिचार मन गरेको बताइन् । उनले भनिन् ‘ वर्षौँ देखि जनतालाई उनै सपना बाँडेर आफ्नो स्वार्थ पूरा गर्नेहरूको भीडमा मिसिन मलाई पटक्कै मन भएन । चलचित्र क्षेत्रको राजनीति देखिरहेकीले मलाई एक किसिमले राजनीतिप्रति वितृष्णा नै थियो । तर, डा। बाबुराम भट्टराईका विचार, उहाँको सोच, काम गर्ने शैली र देशप्रतिको चिन्तन मन पर्‍यो ।’ उनले अब नयाँ शक्तिको अभियन्ता बनि देश सेवा गर्ने बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: