Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बाबुरामको नयाँ शक्तिमा पनि माओवादीकै रोग : जम्बो कमिटि घटाउन सकेन

\"nayashakti_bandasatra\"काठमाडौं । राजनीतिमा सबै नयाँ प्रयोग गर्ने भनेर खोलिएको नयाँ शक्तिमा पनि माओवादी केन्द्रको जस्तै जम्बो कमिटि कायम राख्ने रोग सल्किएको छ । पार्टी घोषणामा केही नयाँ प्रयोग गरेको नयाँ शक्तिले कमिटि निर्माण नगरिकनै पार्टी घोषणा अधिवेशन सकिएको छ । राजनीतिक, आर्थिक र सांगठनिक प्रतिबेदनहरु पारित गरेर नयाँ शक्तिले ८ बुँदे घोषणा गर्दै सकिएको छ । यसअघि निर्माण गरिएको केन्द्रिय संरचना ‘४९९ सदस्यिय केन्द्रिय अभियन्ता’लाई नै केन्द्रिय महाधिवेशन आयोजक परिषदमा बदलेको हो । यसअघि सार्वजनिक भएको प्रतिवेदनमा केन्द्रिय आयोजक समिति १५१ को बनाउने थियो । तर संगठनात्मक अवस्था हल गर्न नसकेपछि र आकांक्षीहरु धेरै भएपछि माओवादी केन्द्रले जस्तै पुरानै अभियन्ताहरुलाई आयोजक परिषदमा बदल्ने निर्णय भएको एक आयोजक परिषदका सदस्यले बताए । आयोजक परिषदको केन्द्रिय संयोजक बाबुराम भट्टराईलाई बनाइएको भएपनि अन्य पदाधिकारीमा भने आंकाक्षीहरु बढी भएका कारण सो विषयले बन्दसत्रमा प्रवेश नै पाएन । हाल कायम ४९९ सदस्यिय परिषदबाट संख्या घटाएर १५१ वा ९९ मा ल्याउँदा धेरैले पार्टी छोड्नसक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको एक अभियन्ता बताउँछन् । उनले भने,–‘अहिले धेरैभन्दा धेरैलाई समेट्नपर्ने अवस्था छ । सोही कारण यस्तो अवस्था आएको हो ’ । माओवादी केन्द्रमा पनि यस्तै अवस्थाका कारण १०९९ को जम्बो केन्द्रिय आयोजक समिति बनाइएको थियो । केही समयअघि माओवादीबाटै फुटेर गएको नयाँशक्तिमा समेत एउटै रोग देखा परेको छ । यो पनि पढ्नुहोस्  नयाँ शक्ति नेपालको राष्ट्रिय भेलाद्वारा आठ बुँदे प्रस्ताव पारित , के– के छन् आठ बुँदामा ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending