Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

वार्तामा जाने नजाने भन्ने माेर्चाकै नेताहरूमा अन्याेल

\"sanghiya काठमाडौं । मधेसी–जनजातिको संघीय गठबन्धनले वार्तामा जाने नजानेबारे विहीबार निर्णय गर्दैछ । सात महिना लामो मधेस आन्दोलनपछि जनजातिसहितको साथ लिएर राजधानी केन्द्रित आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सरकारले वार्ताका लागि पत्राचार गरेपछि यसबारे निर्णय गर्न संघीय गठबन्धनको बैठक बस्न लागेको हो । मधेसी–जनजातिको २९ दलीय संघीय गठबन्धन जेठ २५ गतेदेखि खुलामञ्चका साथका देशका विभिन्न ठाउँमा रिले अनसन बसिरहेको छ । मधेस आन्दोलनपछि संघीय गठबन्धनको अगुवाइमा राजधानी केन्द्रित आन्दोलन थालिए पनि सरकारले वेवास्ता गरेको भन्दै पुनः कडा आन्दोलन चर्काउने चेतावनी दिइरहेका बेला सरकारले मोर्चालाई बार्तामा बोलाएको हो । यसअघि पनि मोर्चाका नाममा सरकारले पत्र पठाएको भन्दै गठबन्धनले वार्ता अस्वीकार गरेको थियो । अहिले पुनः मोर्चाकै नाममा पत्र पठाएर गठबन्धनलाई फुटाउन खोजको गठबन्धनका नेताहरुको आरोप छ । सरकारले मोर्चालाई वार्तामा आउन औपचारिक रुपमै आह्वान गरेपछि मोर्चाका केही नेताहरु भने वार्तामा जानुपर्ने पक्षमा छन् । तर गठबन्धनलाई बेवास्ता गर्दै मोर्चालाई मात्र वार्तामा बोलाएको भन्दै गठबन्धनका नेताहरु चिढिएका छन् । संघीय गठबन्धनको आन्दोलन मुल समितिको विहीबार बैठक बसेर वार्तामा जाने नजाने निर्णय गर्ने गठबन्धनका नेताहरुले जानकारी दिए । गठबन्धनको सचिवालयको मंगलबारसंघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले भने सरकारले वार्ताका लागि मोर्चालाई पत्र पठाएर गठबन्धन फुटाउन खोजेको निश्कर्ष निकालेको थियो । गठबन्धन र मोर्चाले आजको बैठकपछि नै वार्ताबारे ठोस जवाफ दिने बताइएको छ । संघीय गठबन्धनमा मधेसी–जनजातिको २९ वटा दल तथा समूह आवद्ध छन् । संविधान पुनर्लेखनको माग गर्दै आएको गठबन्धनले आफ्नो २६ बुँदे माग अघि सार्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending