Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एचपी ग्यास विक्री वितरणमा प्रतिबन्ध

\"HPकाठमाडौं । खाना पकाउने एलपी ग्यास सिलिण्डरहरु मध्येको एक एचपी ग्यासमाथि सरकारले बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । एचपी ग्यास विस्फोटमा परी ललितपुरमा तीन जनाको मृत्यु भएपछि सरकारले उक्त कम्पनीको ग्यास विक्री वितरणमा रोक लगाएको हो । गत जेठ ७ गते ललितपुर मंगलबजारमा ‘एचपी ब्राण्ड’को ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु हुनुका साथ घर जलेर भौतिक सम्पत्तिसमेत नष्ट भएको थियो । ललितपुरको घटनामा स्थानीय सुरेश ताम्राकार, धु्रव र रोजेश ताम्राकारको मृत्यु भएको थियो । ग्यास विस्फोटमा परी उपभोक्ताको ज्यान गएपछि आन्दोलन चर्किएको थियो । एचपी ग्यासको गुणस्तरको विषयमा प्रश्न उठेपछि तत्कालको लागि बिक्रीबितरणमा बन्देज लगाइएको आपूर्ति मन्त्री गणेशमान पुनले बताए । उक्त घटनाको रिपोर्ट नआउँदासम्म विक्री वितरणमा रोक लगाइएको मन्त्री पुनले बताए । सिलिन्डरको थप मापदण्ड बनाएर गुणस्तर जाँच्न निर्देशन दिएको पनि उनले बताए । मन्त्री पुनको अध्यक्षतामा बसेको बैठकले उक्त कम्पनीको ग्यासको पीडीओसमेत रोक्का गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ । पीडीओ रोक्का गरेपछि अर्को निर्णय नहुँदासम्म उक्त कम्पनीले भारतबाट ग्यास आयात गर्नसमेत पाउने छैन । ग्यास सिलिण्डरको गुणस्तरबारे छानबिन भइरहेको छ । ग्याउ उद्योगी तथा विक्रेताले भने सिलिण्डरको गुणस्तरमा कमी भएको नभएको नभइ उपभोक्ताकै लापर्बाहीले घटना घरेको दाबी गरेका छन् । तामाका भाँडा बनाउने उद्योगमा ग्यास र अक्सिजन सिलिन्डर जोड्ने क्रममा एचपी ग्यास पड्किएको थियो । उक्त घटनाको अध्ययन गर्न आपूर्ति व्यवस्था विभागका निर्देशक लक्ष्मण क्षेत्रको संयोजकत्वमा गठित समितिले छानविन गरिरहेको छ । उद्योग विभागले ग्यास उद्योग सञ्चालनको लागि अनुमति दिए पनि अन्य पूर्वाधार र मापदण्डको विषयमा चासो नदिँदा यस्ता समस्या आउने गरेको नेपाल आयल निगमले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending