Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मधेस आन्दोलनमा देखियो प्रचण्डको खाँचो

\"sanghiya काठमाडौं । नयाँ संविधान जारी हुनुअघिदेखि नै मधेसी दलहरुले शुरु गरेको आन्दोलनले अझै निकास पाएको छैन । संविधान जारी भएको पनि नौ महिना पुगिसकेको छ । चार महिनाबढी मधेसको कठोर आन्दोलनपछि सुस्ताएको मधेस आन्दोलन अहिले राजधानी वरिपरि घुमिरहेको छ । झण्डै झण्डै सात महिनाको मधेस आन्दोलनको अगुवाई चार दलीय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको थियो । मधेस आन्दोलनलाई निश्कर्षमा पुर्याउन भन्दै मधेसकै तीन दल थपिएपछि सात दलीय मोर्चा बन्यो । भारतसहित मधेसी दलहरुले काठमाडौंलाई संकट निम्त्याउन गरेको कठोर आन्दोलन लामो समयका कारण शिथिल हुँदै गएपछि सरकारले झनै मधेस आन्दोलनलाई वेवास्ता गर्यो । लामो समयसम्म आन्दोलन टिक्न सक्दैन भन्ने कुरा मधेसी दलहरुले पाठ पनि सिके । तर विकल्प के हो र आन्दोलनको कसरी सुरक्षित अवतरण गर्ने भन्नेमा पनि मधेसी दलका नेताहरु अन्योलमा छन् । क्षेत्र फराकिलो, विचार संकुचित क्षेत्रीय राजनीतिक गरेका राजनीतिक दलहरुले राष्ट्रिय अन्दोलन गर्न समस्या हुने रहेछ भन्ने पनि मधेसी दलहरुले पछिल्लो आन्दोलनबाट थाहा पाएका छन् । क्षेत्रीय राजनीतिक गरेको उपेन्द्र नेतृत्वको मधेसी जनाधिकार फोरम र जातीय राजनीति गरेको अशोक राई समूहबीच संघीय समाजवादी पार्टीबीचको एकतापछि केही क्षेत्र फराकिलो भए पनि विचार भने संकुचित रहेको छ । त्यसैले जनजाति बाहुल्य क्षेत्रमा अशोक राईले पनि साथ पाउन सकेनन् । अशोक राईकै कारण जनजाति बाहुल्य क्षेत्रबाट राम्रै साथ पाउने उपेन्द्रको विश्वास थियो । त्यसैले मधेस केन्द्रित मात्रै राजनीति गरेका मधेसी मोर्चाका दलहरुलाई लतारेर उपेन्द्र काठमाडौंसम्म ल्याए । जनजातिको साथ कर्मकाण्डी मात्रै केही मधेसी दलले मात्रै निर्णायक आन्दोलन गर्न नसक्ने निश्कर्षमा उपेन्द्रले नै संविधानप्रति असन्तुष्ट समुदायसँग कार्यगत एकताको पहल गरे । आफ्नै नेतृत्वमा उपेन्द्रले २९ दलीय संघीय गठबन्धन बनाए । सोही गठबन्धनको आवरणमा एक महिनादेखि राजधानीमा आन्दोलन जारी रहेको छ । जनजाति समुदायको आवद्धताका कारण मधेसी नेताहरुले उचाले पनि सरकारमा रहेका ठूला दलका युवाहरुले लखेट्न सकेनन् । तर २९ दलीय गठबन्धनको राजधानी केन्द्रित आन्दोलन भने केवल कर्मकाण्डी मात्रै बन्दै गएको छ । मधेस अान्दाेलन तत्कालिन क्रान्तिकारी माअाेवादी अध्यक्ष माेहन वैद्य नेतृत्वकाे ३३ दलीय माेर्चाकाे हालतमा पुगेकाे छ । अहिले गठबन्धनमा अावद्ध भनिएका परशुराम तामाङ लगायतका नेताहरू भने अनसन छाडेर नयाँ शक्तितिर बाटाे तताइसकेका छन् । निर्णायक नेताको खाँचो लामो समयको आन्दोलनबाट पनि आफूले भनेजस्तै हुन नसकेपछि मधेसी दलका नेताहरु हैरानीमा छन् । तर आन्दोलनको सुरक्षित अवतरण कसरी भर्ने भन्ने भेउ कसैले पाएका छैनन् । पछिल्लो समय आन्दोलनको नेतृत्व संघीय गठबन्धन कि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भन्नेमै मतान्तर देखिएको छ । उपेन्द्रबाहेक मोर्चाका नेताहरुले आफूहरु नै आन्दोलनको स्टेक होल्डर भएको बताएका छन् । यो बेलामा सबैलाई आफ्नो लिकमा हिँडाउने नेताको आवश्यकता मोर्चामा देखिएको छ । दश वर्षे जनयुद्धलाई प्रचण्डले जस्तोसुकै जोखिम मोलेर शान्तिप्रक्रिया हुँदै यहाँसम्म ल्याइपुर्याए, त्यस्तै गरी मधेस आन्दोलनको पनि सुरक्षित अवतरण आवश्यक छ । त्यसका लागि प्रचण्डजस्तै नेताको खाँचो देखिएको छ । आन्दोलन उत्कर्षमा पुर्याएर राजनीतिक दबाब वा कुटनीतिक तवरबाट जसरी हुन्छ, आन्दोलन अवतरण गर्नुपर्नेतर्फ नै लाग्नुपर्ने देखिन्छ । अन्यथा मधेस आन्दोलन ‘काग गराउँदैछ, पिना सुक्दैछ’ कै अवस्थाबाट गुज्रिरहन्छ, जसले कुनै पनि निकास दिन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending