Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

वर्तमान सरकारको विकल्प छैन : संचार मन्त्री राई

\"sherdhanभक्तपुर । सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रबक्ता शेरधन राईले वर्तमान सरकारको विकल्प नभएको बताएका छन् । रफत सञ्चार क्लवले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री राईले वर्तमान सरकार इतिहासकै शक्तिशाली गठबन्धनको आधारमा निर्माण भएको र बिकल्प नभएको भन्दै सरकारले वर्तमान समस्याहरु हल गर्दै तीनै वटा निर्वाचन गराउने बताए । मन्त्री राईले सरकारको बिकल्पको खोजीमा आएका ब्यक्तिहरु समेत पुरानै मुहार भएको र यसले नेपालीमा कुनै नौलो वाताबरण श्रृजना गर्न नसक्ने भन्दै प्रधान मन्त्री केपी शर्मा ओलीको नेतृत्वले ल्याएको भिजन देशको हितमा भएको टिप्पणी गरे । वर्तमान सरकारले कालोबजारीलाई संरक्षण गरेको भन्ने भनाईहरुमा सत्यता नभएको भन्दै उनले यी सबै आरोप मात्र भएको र सरकाले कालोबजारी र भ्रष्टाचारीको पहिचान गरि कारबाहि गरिरहेको बताए । पुनर्निर्माणको काममा केही ढिलाई भएता पनि सरकारले तोकेको समयमा सामुहिक बस्ती बसालेर भए पनि राहत प्रदान गर्ने भन्दै यसका लागि नेपाली सेना लगायतका सुरक्षा निकाय र अन्य क्षेत्र लागि परेको मन्त्री राईले बताए । उनले मधेश आन्दोलनका नेतृत्वले बिगतमा सरकारले पठाएको पत्रलाई गलत आशयका साथ प्रचार प्रचार गरेता पनि पछिल्लो समयमा प्रधानमन्त्रीले पठाएको पत्रबाट भने गलत प्रचार प्रसार गर्ने मौका नमिलेको र जायज मागको सम्बोधन गर्न सरकार तयार रहेको बताए । उनले मधेश अन्दोलनको नेतृत्वले सात बुँदे मागमा राखेको र त्यसका बारेमा सकारात्मकका छलफल भइरहेको भन्दै वार्ताकै माध्यमबाट समस्या समाधान हुने समेत दाबी गरे । उनले बर्तमान सरकारको मुख्य उदेश्य भनेको संविधानको सफल कार्यन्वयन र तीनवटै निर्वाचनका साथ पुनर्निर्माणको काम भएकाले साना तिना बिषयमा सरकार नअल्झने भन्दै संबिधानको कार्यान्वयनको खाका सरकारद्वारा प्रस्तुत भइसकेकाले सबैले यसलाई स्विकार गर्दै संबिधानको सबल र सफल कार्यान्वयनमा लाग्नु पर्नेमा जोड दिए । बजेटमा सबै बिषयलाई सम्बाोधन गर्न नसकेता पनि श्रमजीबी पत्रकार ऐन लागूका बिषयमा निजि सञ्चार गृहहरुसँग छलफल भईरहेको र सबै सकारात्मक रहेकाले अव छिट्टै यो एन लागू हुने मन्त्री राईले बताए । पछिल्लो समयमा एनसेलको टावर माथि भइरहेको आक्रमणको घटना गलत भएको र आक्रमणमा संलग्नहरुको पहिचान गरि कारावाही गर्न गृह मन्त्रालय लागि परेको भन्दै मन्त्री राईले बिदशी लगानीको वातावरणमा त्राश फैलाउने काम भएता पनि बिदेशी लगानी कर्ता यस्ता साना तिना बिषय बाट त्रसित नबनी ढुक्कका साथ लगानी गर्न आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending