Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

के भन्छन् : एसएलसीको ग्रेडिङ सिष्टममा उत्कृष्ट भएकाहरु ?

\"SLCकाठमाडौं । दायाँ हातमा काम्रो बाँधेर परीक्षा दिएका कोटेश्वर निवासी सौरभ पोखरेलको नतिजा कस्तो होला भनेर अभिभावकलाई चिन्ता हुनु स्वाभाविक थियो । बिहीबार सार्वजनिक २०७२ सालको एसएलसी परीक्षामा पोखरेलले ‘ए प्लस’ श्रेणीमा ३ दशमलव ९ स्तरीकृत ग्रेड ल्याएपछि अभिभावकमा खुसी छायो । मीनभवनस्थित भिएस निकेतनमा शिशु कक्षादेखि पढेका सौरभ यसअघिका परीक्षामा पनि उत्कृष्ट हुँदै आएका थिए । उनले गत टेस्ट परीक्षामा ९४ प्रतिशत ल्याएका थिए । कुल ४ ग्रेडलाई उच्चतम ग्रेडलाई एक सयले गुणा गरी चारले भाग गर्दा सौरभले पाएको कुल प्रतिशत ९७ दशमलव ५ हुन्छ । विगतका वर्षमा त्यति प्रतिशत ल्याउने विद्यार्थी मेधावी वा उत्कृष्ट घोषित हुन्थे । यसपटक अक्षराङ्कन प्रणालीमा सुरु भएको परीक्षाले विद्यार्थी र अभिभावकमा परिणाम बुझ्न र बुझाउन अन्योल उत्पन्न भए पनि निजी विद्यालयले ग्रेडलाई प्रतिशतमा निकाल्दै प्रचार पनि गरेका छन् । स्थायी घर धनुषाको बेगाडाबर रहेका सौरभका आमा मञ्जु पोखरेलले भनिन – ‘परीक्षा हुनु चार दिनअघि लडेर हात भाँच्चिएको थियो, सहयोगी राखेर लेखाउँदा पनि राम्रो नतिजा ल्यायो । हामी खुसी छौँ ।’’ उनका बुबा गोविन्द पोखरेल वीर अस्पतालमा प्राविधिक हुन। मध्यबानेश्वर स्थितको रत्नराज्यलक्ष्मी उमाविमा परीक्षा केन्द्रमा ० २९९२०० ‘आर’ सिम्बोल नम्बरका साथ परीक्षा दिएका उनलाई जोसेफ हाइस्कुल, जोरपाटीका कक्षा ९ का स्वतभ आचार्यले सहयोगी भई परीक्षामा लेख्न सघाएका थिए । भिएस निकेतनका संस्थापक प्रिन्सिपल डा बाबुराम पोखरेल सौरभको नतिजाबाट विद्यालयमा पनि उत्साह छाएको बताए । त्यसो त, सो विद्यालय धेरैपटक उत्कृष्टमा आइसकेको छ । सौरभ स्वयम्लाई चाँहि यो नजिताले आश्चर्य दिएको छैन, किनकी उनले त्यति आउने अपेक्षा गरेका थिए । अब उनी व्यवस्थापन पढ्ने लक्ष्यका साथ अघि बढेका छन् । कपनस्थित जोसेफ स्कुलकी प्रिया धितालले ३ दशमलव ९ ग्रेड पोइन्ट ल्याएकी छिन् । विद्यालयका प्रिन्सिपल सूर्यबहादुर अधिकारीले छात्रातर्फ धितालको सो ग्रेड सर्वात्कृष्ट हुन सक्ने दाबी गरे । भक्तपुरस्थित मोडर्न आवासीय विद्यालयका आकाश दाहाल र सारिका खड्काले पनि ३ दशमलव ९५ ग्रेड पोइन्ट ल्याएपछि सो जिल्लामा उनीहरु उत्कृष्ट भएको मानिएको छ । स्तरीकृत अङ्क ३ दशमलव ८० ल्याउने मालीगाउँस्थित अनमोल ज्योति माविका गरिमा आचार्य ९सिम्बोल नम्बर ०३१०२५४‘‘भि’० चाहिँ विज्ञान पढ्ने धोकोमा छिन् । यसलाई प्रतिशतमा निकाल्दा ९५ हुन्छ । रेडियो नेपालका पत्रकार भुवन आचार्यका छोरी गरिमालाई त्यो भेगकै विद्यालयमध्येकी प्रथम मानेर सम्मानित गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending