Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेकै होलान् त ?

\"prachanda-gyanendra\"काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रत्याशित ढंगले पूर्वराजा ज्ञानेन्द्रलाई भेट गरेको कुरा चर्चामा आएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विहीबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेको चर्चाले सन्ननी मच्चिएको छ । तर प्रचण्डको निजी सचिवालयले भने प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई भेट गरेको अस्वीकार गरेको छ । ‘अस्पतालमा भर्ना भएका मात्रिका यादवलाई भेट गर्न अध्यक्ष प्रचण्ड नर्भिक पुग्नु भएको हो’, प्रचण्डका स्वकिय सचिव जोखबहादुर महराले भने, ‘मात्रिकालाई भेट गरेर प्रचण्ड सरासर फर्किनु भएको हो ।’ प्रचण्ड–ज्ञानेन्द्र भेटबारेमा बुझ्न खाेज्दा उनका स्वकीय सचिव महरा भने चेट्ठिए । प्रचण्डले ज्ञानेन्द्रलाई भेट गरेको भन्ने फन्टुस कुरा भएको महराले बताए । विहीबार बेलुका प्रचण्ड नर्भिक अस्पताल पुग्दा पूर्व बडामहारानी रत्ना पनि सोही अस्पतालमा भर्ना भएकी थिइन् । रत्नाको आन्द्रामा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । रत्ना अस्पताल भर्ना भएदेखि नै पूर्वराजा ज्ञानेन्द्र लगायतका राजपरिवारका सदस्यहरु विहानदेखि नै अस्पताल परिसरमै थिए । पूर्वराजा भएको ठाउँमा प्रचण्ड आएको देखेर सबैलाई आश्चार्य लागेको थियो । पूर्व मुमाबडामहारानीको चर्चा भए पनि मात्रिका यादव विरामी भएकोबारेमा चर्चा थिएन । त्यसैले प्रचण्ड पनि रत्नाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल आएको धेरैलाई भ्रम भएको स्रोतको भनाइ छ । पूर्वराजा ज्ञानेन्द्र भएको बेला संयोगले नर्भिक पुगेका प्रचण्डले रत्नाको स्वास्थ्य अवस्थाबारे सामान्य जानकारी लिएको स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending