Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

तपाईको ग्यास सिलिन्डर सुरक्षित छ ? जानी राख्नुहोस् यसकारण पड्किन्छ ग्यास सिलिन्डर

\"HP काठमाडौं । एचपी र सुगमको सिलिन्डरमा जोखिम भएको पहिल्यै थाहा थियो आपूर्तिमन्त्री गणेशमान पुनले १२ फागुनमा धादिङमा एचपी र सुगम ग्यासको निरीक्षण गर्दा सिलिन्डरको हाइड्रोलिक र हाइड्रोस्टेटिक परीक्षण नगरेको भेटिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। तर, अयोग्य सिलिन्डर नै भरिएर बजार पुगेकाले दुर्घटना भएका छन् । ७ जेठमा पाटनमा एचपीको सिलिन्डर पड्किएर तीनजनाको ज्यान गयो । ३१ वैशाखमा कालिमाटीमा सुगमको सिलिन्डर पड्केर एकको मृत्यु भयो। ग्यास पड्कने ६ कारण विश्वबाबु पुडासैनी ः महानिर्देशक, गुणस्तर तथा नापतौल विभाग १.नेपालमा उत्पादन हुने र आयात हुने ग्यास सिलिन्डरको गुणस्तर ‘नेपाल गुणस्तर ऐन’ले तोकेअनुसार नै नियमन भइरहेको छ । ग्यास उद्योगले नयाँ खरिद गरेको सिलिन्डरलाई गुणस्तर विभागले तोकिएको गुणस्तर परिधिभित्र रहेर परीक्षण गर्ने हो । तर, उद्योगीले खरिद गरिसकेपछि नियमित रूपमा प्रयोग हुन थालेको सिलिन्डरको जाँच गर्ने र सुरक्षाको विधि अपनाउने परिपाटीको विकास अहिलेसम्म हुन सकेको छैन । उद्योगीले सिलिन्डर कति सुरक्षित छन् भन्ने कुराको नियमन गर्न चासो दिएको पाइँदैन । उद्योगीसँग सिलिन्डरलाई सुरक्षित गर्ने पर्याप्त जनशक्ति र सुविधाहरू पनि रहेको देखिँदैन । २.सिलिन्डरको भल्बको नियमित परीक्षण गर्नुपर्छ । कतिपय ग्यास उद्योगले सिलिन्डरमा बिग्रिएर बसेका तथा ग्यास लिकेज हुने भल्बहरूलाई मर्मत गरेर पुनः अर्को सिलिन्डरमा लगाउने गरेका छन्, यो गलत हो । सिलिन्डरमा पुरानो भल्ब फालेर नयाँ प्रयोग गर्नुपर्छ । उद्योगीले पनि गुणस्तरीय भल्बहरू परिवर्तन गरिएको सुनिश्चितता गर्न सक्नुपर्छ । सिलिन्डरमा एकपटक भल्ब लगाएपछि प्रत्येकपटक ग्यास भर्दा लिकेज परीक्षण गरिन्छ । ३.अधिकांश उद्योगले ग्यास सिलिन्डरको लिकेज परीक्षण गर्दा पानी प्रयोग गर्छन् । यसले सिलिन्डरको आयु घटाउँदै लान्छ । ग्यास लिकेज परीक्षण गर्ने मेसिन नै पाइन्छ । त्यस्ता मेसिनको प्रयोग गरिनुपर्छ । तर, अधिकांश उद्योगमा ग्यास लिकेज परीक्षण गर्ने मेसिन राखेको पाइँदैन । ४.सिलिन्डर राम्ररी प्रयोग गर्दा एकपटक हाइड्रोलिक टेस्ट गरेपछि १० वर्षसम्म नगर्दा हुन्छ । सिलिन्डरलाई पानीमा डुबाउने, घाममा राख्ने गर्‍यो भने चाँडो कमजोर हुनसक्छ । बढी कुच्चिएको, वास्तविक आकार बिग्रिएको, बढी खिया लागेको सिलिन्डरमा जोखिम हुन्छ । ५. सिलिन्डरको बाहिरी भागमा रङ लगाउनु भनेको फलामको पातालाई सुरक्षा गर्नु हो । रङ खुइलिएको सिलिन्डर घामपानीबाट चाँडै संक्रमित भई बिग्रन सक्छ । लामो समय रङ नभएको सिलिन्डर प्रयोग गर्दा पाताको बाक्लोपना पनि घट्न सक्छ । ६. धेरै उद्योगमा घामपानीको सीधै उपस्थिति हुने बाहिरी भागमा सिलिन्डरहरू राखिएको देखिन्छ । निरन्तरको घामपानीले सिलिन्डरको आयु कम हुँदै जान्छ । डिलरहरूले पनि बाटोमा खुला तरिकाले सिलिन्डर राखेको देखिन्छ । यसो गर्नुभएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE