Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

जनक उ.मा.वि भकुण्डेबेसी काभ्रेमा बालमैत्री ‘पुस्तकालय’ को स्थापना

\"biku काभ्रे । परोपकार प्राथमिक उपचार केन्द्र पीपीयुके धुलिखेल, काभ्रेको प्राविधिक तथा स्वदेश तथा बिदेशमा रहेका मनकारी नेपालीहरुको आर्थिक सहयोगमा काभ्रे जिल्लाको मेथिनकोट–६, दाप्चा–काशीखण्ड भकुण्डेबेसीस्थित श्री जनक उ. मा. वि. मा बालमैत्री बिद्यालय पुस्तकालय ‘हाम्रो पुस्तकालय’ को स्थापना गरिएको छ । पुस्तकालयबाट बन्चित बालबालिकाहरुकालागि निर्मित उक्त पुस्तकालयको उद्घाटन काभ्रेका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल र पत्रकार तथा सामाजिक अभियन्ता रवीन्द्र मिश्रले सो पुस्तकालयको उद्घाटन गरेका थिए । उक्त विद्यालयमा पुस्तकालयका साथै विभिन्न भर्चुअल कक्षाकोठासमेत निर्माण गरिएका छन् । हाल इजरायलमा रहेका नवराज आचार्य र समाजसेवी बिकु लामालगायतको संयुक्त प्रयासमा पाँच लाखभन्दा बढी सहयोगमा सो पुस्तकालय निमार्ण भएको हो । शिक्षा अधिकारी पौडेलले सहयोगी हातका कारण जनक उमावि नमुना विद्यालय बन्न सकेको बताउँदै शिक्षकलाई कक्षाकोठामा पढाउने काममा केन्द्रित हुन आग्रह गरे । पत्रकार मिश्रले विद्यार्थीलाई ठूलोभन्दा पनि असल मान्छे बन्ने प्रयास गर्न आग्रह गराए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर दाहालले विद्यालयमा सुधारका लागि अभिभावकले पनि सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, समालोचक ज्ञानु अधिकारी, साहित्यकार छविरमण सिलवाल, पत्रकार सोमराज पोखरेल लगायतले पुस्तकालयका लागि आफ्ना पुस्तकहरु विद्यालयका प्रअ लक्ष्मण यादवलाई हस्तान्तरण गरे । \"biku प्रअ लक्ष्मण यादवले पुस्तकालय स्थापना अभियानमा अनवरत लागी पर्ने पुस्तकालय अभियन्ता बिकु लामा इजरायल निवासी सामाजिक अभियन्ता श्री नवराज आचार्य तथा बिभिन्न देशमा रहेर पुस्तकालय स्थापनाका लागि आर्थिक सहयोग गर्ने सबैप्रति आभार र कृतज्ञता ज्ञापन गरेका थिए । साथै, हाम्रो पुस्तकालय (इगच ीष्दचबचथ) उद्घाटन समरोहमा उपस्थित प्रमुख अतिथी काभ्रे जिल्लाका जिशिअ श्री नन्दलाल पौडेल, बिशेष अतिथी लेखक कवि एबम हेल्प नेपाल नेट्वोर्कका संस्थापक श्री रबिन्द्र मिश्र, अतिथीहरू वरिष्ट साहित्यकार प्रा.डा. लक्ष्मण गौतम, साहित्यकार प्रधुम्न जोशी, साहित्यकार राजेश खनाल, साहित्यकार यशोदा अधिकारी, कवि छबिरमण सिलवाल, सोमराज पोख्रेल, मधु पाठक, नेत्र तामाङ, अभियानमा साथ दिने कृष्ण ज्ञावाली, भुवन कुँवर, मैना आचार्यज्यु, समाजसेवी डीबी मोक्तान, बिब्यासका अध्यक्ष भरत दाहाल, जनक एलुम्नाईका अध्यक्ष रामहरि खनाल, कुमार खनाल बिधालय परिवार, बिधार्थी, अभिभावक पीपीयुकेका हिरा तामाङ, रमेश पहरी, पत्रकार लगायत सम्पूर्ण उपस्थित व्यक्तिमा धन्यवाद ज्ञापन गर्दै प्रअ यादवले अबका दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए । \"biku लेखक र साहित्यकार एवं सामाजिक अभियन्ता बिकु लामा भन्छन् ‘प्राथमिक तहका विद्यार्थीहरूको पठन आदातको बिकासको साथै स्वतन्त्र पाठक बनाउने उद्देश्यले ‘एक विद्यालय एक पुस्तकालय’ अभियानमा लागिपरेको छु । हालसम्म काभ्रेको २ सय १९ सामुदायिक विद्यालयहरूमा बालमैत्री पुस्तकालय स्थापना भइसकेको छ । ‘विद्यार्थीहरूको मानसिक विकासका लागि कोर्षका पुस्तक बाहेक अतिरिक्त पुस्तक अध्ययनको आवस्यकता भएकाले ‘एक विद्यालय एक पुस्तकालय’ अभियानलाई निरन्तरता दिदै जानेछु’ कवि लामाको भनाई छ । \"biku हामी सबैको अथक मेहनतबाट पुस्तकालयको निर्माण र स्थापना गर्न सकिएको छ । आफु अध्ययन गरेको विद्यालायमा मेरो पनि संलग्नतामा बालबालिकाहरूका लागि पुस्तकालय स्थापना हुनु विशेषतः मेरो लागि अत्यन्तै गौरवको विषय हो ।’ विद्यालयका पूर्व विद्यार्थी समेत रहेका कवि छविरमण सिलवालको भनाई थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । पुस्तकालयमा पाँच सय अठ्सठी शिर्षकका चारहजार थान पुस्तक रहेको छ । उद्घाटनकै दिन पुस्तकालय कोषमा २७००० रुपैयाँ जम्मा भएको थियो । कार्यक्रम जिशिअ काभ्रेका नन्दलाल पौडेलको प्रमुख आतित्थ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर दाहालको सभापतित्वमा समापन भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy