Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

नक्कली डाक्टरबाट पीडित बिरामी खोज्दै प्रहरी

\"07022016083246doc1-1000x0\" काठमाडौं । नक्कली चिकित्सकको अभियोगमा पक्राउ परेकामध्ये केही गम्भीर प्रकृतिको उपचार पद्धतिमा समेत संलग्न रहेको खुलेपछि प्रहरी पीडितको खोजीमा जुटेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – पक्राउ परेका ३६ मध्ये १० जना सर्जरीलगायत गम्भीर प्रकृतिको चिकित्सा अभ्यासमा समेत संलग्न रहेको खुलेसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूबाट उपचार लिँदा पीडित भएकाको खोजी गर्दै पीडित वा पीडितका परिवार भए निवेदन दिन आग्रहसमेत गरेको छ । ‘अनुसन्धानमा पक्राउ परेकामध्ये केही विशेषज्ञका रूपमा गम्भीर प्रकृतिको रोगको उपचारमा समेत संलग्न रहँदै आएको अनुसन्धानमा खुल्यो,’ ब्युरोका डीआईजी नवराज सिलवालले कान्तिपुरसँग भने, ‘उनीहरूबाट उपचारका क्रममा कोही पीडित भएको भए उजुरीका लागि सार्वजनिक आहवान गर्छौं ।’ ब्युरोले आईएस्सीको नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोपमा शुक्रबार र शनिबार पक्राउ गरेका ३६ मध्ये अरुणकुमार गुप्ता, लीली राजवंशी, रावेत रञ्जनकुमार ठाकुर, मोहम्मद अब्दुल कलाम, रजनी अग्रवाल, रामजी यादव, रामकुमार प्रधान, विष्णुप्रसाद भुसाल, दिनेशकुमार साह र सरोजकुमार सिंह विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत थिए । अरुणकुमार १८, मोहम्मद १७, लीली १४, रामजी र सरोज १० वर्षदेखि चिकित्सक पेसामा संलग्न रहेको खुलेको छ । ४ नक्कली डाक्टर नेपाली कलेजकै प्रहरीले नक्कली चिकित्सकको अभियोगमा पक्राउ गरेकोमध्ये ४ जना नेपालकै मेडिकल कलेजबाट एमबीबीएस पढेको खुलेको छ । ब्युरोको हिरासतमा रहेका ३६ चिकित्सकमध्ये चार जनाले नेपालकै मेडिकल कलेजबाट एमबीबीएस पढेको खुलेको हो । ब्युरो स्रोतका अनुसार पक्राउ परेकामध्ये फिरोज गान्धी कलेज पटनाबाट आईएस्सी उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्रका आधारमा इसादुल हक आईओएमबाट २०११ मा चिकित्सक लाइसेन्स पाएका हुन् । विनीता मण्डलले नेपाल मेडिकल कलेज जोरपाटीमा अध्ययन गरेकी हुन् भने श्रीराम घिमिरेले युनिभर्सल मेडिकल कलेज र दिनेश साहले कलेज अफ मेडिकल साइन्स भरतपुरबाट एमबीबीएस उत्तीर्ण गरेको नेपाल मेडिकल काउन्सिलमा उनीहरूले बुझाएको विवरणबाट खुलेको छ । अन्य चिकित्सकले रसिया, पाकिस्तान, बंगलादेश र चीनको एमबीबीएसको शैक्षिक प्रमाणपत्र पेस गरेर काउन्सिलको परीक्षा उत्तीण गरेका थिए । काउन्सिलको विवरणअनुसार पुनमले बंगलादेशको रंगबुर मेडिकल कलेजको एमबीबीएस र बीडीएसको प्रमाणपत्र पेस गरेकी छन् । स्याङ्जाको गंगालाल माविबाट एसएलसी गरेका बुद्धिमानले भारतको सरला सत्यनारायण यादव कलेजको आइएस्सी र ललितनारायण मिथिला विश्वविद्यालयको बीडीएसको प्रमाणपत्र पेस गरेका छन् । झापाको सगरमाथा आवासीय माध्यमिक विद्यालयको एसएलसीको प्रमाणपत्र रहेको लीलीको आइएस्सीको प्रमाणपत्र विहारको केएस कलेजको छ भने एमबीबीएस युक्रेन र एमडी तिलगंगा इन्स्टिच्युटको छ । विनीताको आइएस्सी विहार इन्टरमिडियट काउन्सिलको र बीडीएस कर्नाटकको छ । रावेत रञ्जनको एसएलसी, आइएस्सी र बीडीएसको प्रमाणपत्र सबै भारत विहारको छ । एमडीको प्रमाणपत्र नेपाल मेडिकल कलेज जोरपाटीको छ । बोदितको एसएलसी पानीपोखरीको भानुभक्त विद्यालयको छ भने आइएस्सी विहार इन्टरमिडियट काउन्सिलको । बीडीएस चुवास स्टेट युनिभर्सिटी रसियाको रहेको काउन्सिलको विवरणमा उल्लेख छ । प्रहरी हिरासतमा रहेका दीपेशले प्राइभेट एसएलसी दिएका थिए । आइएस्सी भारत र एमबीबीएस बंगलादेशको देखिन्छ । गजानन्दको नाममा आईएस्सी विहार पटनाको छ भने एमबीबीएस रसियाको, सञ्जयको नाममा रहेको शैक्षिक प्रमाणपत्र विहार र चीन, सन्तोषको विहार र बंगलादेश, गणेशको आएससी र बीडीएस नै विहारको देखिएको छ भने नीलिमाले काउन्सिलमा आईएस्सी र बीडीएसको प्रमाणपत्र भारतको पेस गरेकी छिन् । विनीताको आइएस्सीको प्रमाणपत्र विहारको छ भने एमबीबीएस नेपाल मेडिकल कलेज जोरपाटीबाट उत्र्तीण गरेको देखिन्छ । पक्राउ परेका अधिकांशको शैक्षिक प्रमाणपत्र भारत, रसिया र चीनको छ । संघको प्रस्ताव प्रहरीले मानेन नक्कली शैक्षिक प्रमाणपत्र देखिएका चिकित्सकलाई पक्राउ गरी प्रहरीको कारबाहीको दायरामा ल्याउनुको साटो मेडिकल काउन्सिलको अनुमतिपत्र रद्द गर्ने नेपाल चिकित्सक संघको प्रस्ताव प्रहरीले अस्वीकार गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र ब्युरोका डीआईजी नवराज सिलवाललाई भेटेर संघका अध्यक्ष अञ्जनीकुमार झासहितको टोलीले आइतबार नक्कली चिकित्सकलाई पक्राउ नगरी अनुमतिपत्र खारेज गर्न आग्रह गरेका थिए । ठगी मुद्दा अगाडि नबढाउन संघको प्रतिनिधिको आग्रहमा प्रहरीले नक्कली प्रमाणपत्रका आधारमा चिकित्सकका रूपमा कार्यरत रहेकाको पहिचानपछि ठगीमा कारबाही गर्ने अडान राखेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE