Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

जनविद्रोहको तयारीका निम्ति वैद्यको सात रणनीति

\"mohan-baidya-national-convension-768x383\" काठमाडौं, ९ असार । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले जनबिद्रोहका निम्ति विभिन्न सात रणनीति अघि सारेका छन् । रामबहादुर थापा ‘बादल’सहितका अधिकांश नेता कार्यकर्ता छुट्टिएपछि क्रान्तिकारी माओवादीको राजधानीका भएको राष्ट्रिय भेलामा वैद्यले पेश गरेको दस्तावेजमा जनविद्रोहको तयारीका निम्ति सात रणनीति अघि सारेका छन् । ‘अध्यक्षले जनविद्रोहका लागि तयारी गर्न मुल रणनीति र कार्यनीति अघि सार्नु भएको छ’, क्रान्तिकारी माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘जनविद्रोह नेपाली विशिष्टतामा आधारित हुनुपर्छ भन्ने नै दस्तावेजले स्पष्ट गरेको छ ।’ उनका अनुसार जनविद्रोह रसियन मोडल जस्तो पनि नहुने र माओकोजस्तो चिनियाँ मोडल अनुसार पनि नहुने वैद्यले स्पष्ट गरेका छन् । वैद्यले दस्तावेजमा जनविद्रोहको कार्यदिशालाई पार्टीको ‘सामरिक कार्यदिशा’का रुपमा ब्याख्या गरेका छन् । सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद र दलाल तथा नोकरशाही पुँजीवादद्वारा भइरहेका समस्त शोषण, उत्पीडन एवम् प्रभुत्वको अन्त्य गरी दलाल तथा नोकरशाही पूँजीपति एवम् सामन्तवर्गीय राज्यसत्तालाई ध्वस्त पारी नयाँ जनवादी क्रान्तिको स्थापना गर्नु नै जनविद्रोहको लक्ष्य रहेको दस्तावेजमा उल्लेख गरिएको छ । जनविद्रोहको तयारीको निम्ति गाउँ र सहरको सम्बन्ध, स्थानीय केन्द्रीय कामको सम्बन्ध, संघर्षका विविध रुप, तीन जादुगरी हतियार, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामरिक र अन्य कामबीचको सम्बन्धलाई उल्लेख गरिएको छ । वैद्यले तीन जादुगरी अतियारका रुपमा पार्टी, सेना र संयुक्त मोर्चालाई नै लिनुपर्ने उल्लेख गरिएको छ । क्रान्तिका लागि क्रान्तिकारी पार्टी, त्यसको नेतृत्वमा बलियो जुझारु शक्ति र संयुक्त मोर्चा अनिवार्य रुपमा आवश्यक हुनेमा जोड दिइएको छ । संघर्षको रुप शान्तिपूर्ण र गैरशान्तिपूर्ण दुवै हुने उल्लेख गरिएको छ । तर पनि गैरशान्तिपूर्ण संघर्षकै प्रमुख भूमिका हुने पनि दस्तावेजमा स्पष्ट गरिएको छ । वैद्यले जनविद्रोहको तयारी गर्नुपर्ने रणनीति अघि सारे पनि कहिलेसम्ममा जनविद्रोह गर्ने भन्ने किटान गरेका छैनन् । यसअघि जनयुद्धको जगमा जनविद्रोह भन्ने कार्यदिशालाई परिमार्जन गर्दै वैद्यले जनयुद्धको जग हटाएको भन्दै भेलाका कार्यकर्ताहरुले तीब्र असन्तुष्टी जनाएको स्रोतको भनाइ छ । नेपाली बिशेषतामा अधारित राजनैतिक तथा सामरिक कार्यदिशालाई बिकास गर्न सापेक्षित सफलता प्राप्त गरेको विद्यार्थी नेतासमेत रहेका क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य सुरेश गौतमले बताए । क्रान्तिकारीहरु संगको ध्रुबीकरणलाई प्राथमिकतामा राख्नुका साथै बिगतका कमि कमजोरीहरुलाई सच्याउदै रुपान्तरणसहित पार्टी संगठनलाई सुदृढ र ब्यबस्थित गर्दै लैजाने भेलाले निश्कर्ष निकालेको गौतमले उल्लेख गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending