Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रचण्डलाई प्रधानमन्त्री बनाउन तत्पर हाेलान् देउवा !

\"deuba-prachanda\"काठमाडौं, ९ असार । नयाँ संविधान कार्यान्वयन गर्ने गरी सरकारले कार्ययोजना अघि सारेपछि फेरि नयाँ सरकार गठनको चर्चा शुरु हुन थालेको छ । आर्थिक वर्ष २०७३/७४ को बजेट पारित भएपछि तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारको नेतृत्व दिने एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग भद्र सहमति भएको माओवादीले दाबी गर्दै आएको थियो । प्रधानमन्त्री ओलीले भने कुनै पक्षसँग पनि भद्र सहमति नभएको भन्दै सरकार नछाड्ने अड्डी कसेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि संकटमा छन् । आफ्नै नेतृत्वको सरकारले स्थानीय, प्रदेश र आमचुनाव गर्ने प्रधानमन्त्री ओलीले अड्डी कसे पनि राष्ट्रिय सहमति बनेमा सरकार छाड्नुपर्ने नैतिक दबाब पर्ने माओवादीको बुझाइ छ । सरकारमा रहेको दल एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनलाई नतोडेसम्म ओली सरकारलाई हल्लाउन नसकिने बुझाइ कांग्रेसको छ । ओली–प्रचण्ड गठबन्धन नतोडिए यहि सरकार वर्षौसम्म कायमै रहने भएकाले पनि कांग्रेसले ओली नेतृत्वको सरकार ढाल्न प्रचण्डको साथ चाहिरहेको छ । प्रधानमन्त्री ओली जम्बर मान्छे भएकाले ओलीबाट आफ्नोमा नेतृत्व आउनेमा प्रचण्ड विश्वस्त छैनन् । त्यसैले प्रचण्ड पनि सरकारको नेतृत्व हत्याउन अमुक बाटोको खोजीमा छन् । बैशाखको तेस्रो हप्ता प्रचण्ड नेतृत्वमा सरकार बनाउने दिएको काग्रेसको साथलाई लत्याउदै प्रचण्डले ओलीसँग नै गठबन्धन कायम राख्दै आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए । तर ओलीसँगको सहमति कार्यान्वयन हुने नदेखिएपछि कांग्रेसलाई समेत ल्याएर राष्ट्रिय सरकारको नेतृत्व आफूले गर्ने दाउ प्रचण्डको छ । एमालेसँग नै सहमति गरेपछि प्रचण्डको विश्वास गर्न गाह्रो परेको कांग्रेसलाई प्रचण्डको विश्वास नगरी नहुने बाध्यता परेपछि पुनः राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने कांग्रेस सभापति देउवाले आश्वासन दिएका छन् । तर ओली नेतृत्व स्वीकार नगरिने भएपछि प्रचण्ड आफ्नो अष्टे«लिया भ्रमणसमेत स्थगित गरेर सरकार निर्माणको गोलचक्करमा फसेको स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending