Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

यस कारण रद्ध भयो प्रचण्डको अस्ट्रेलिया भ्रमण

\"prachanda\" काठमाडौँ, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नाममा अस्ट्रेलियामा मोबाइलको सिमकार्ड समेत किनिएको थियो । होटल बुक भइसकेको थियो । उनलाई घुमाउने योजना बनिसकेको थियो । आजको नागरिक दैनिकमा खबर छ – एनआरएन अस्ट्रेलियाले पूर्व प्रधानमन्त्रीको हैसियतमा आइतबार ९असार १२ गते० का लागि रात्रिभोजसमेत तय गरेको थियो । सर्वदलीय बैठक बसेर यी सबै कार्यक्रम रद्द बनाइएको थियो । बुधबार दिउँसो १ः०५ बजे उनको फ्लाइट थियो । तर उड्नु दुई घण्टाअघि मात्र भ्रमण रद्द भयो । उनका साथमा श्रीमती, छोरा प्रकाश र स्वकीय सचिव पनि जाँदै थिए । अस्ट्रेलियाको न्यू साउथ वेल्समा शनिबारदेखि सुरु हुने भनिएको जनप्रगतिशील मञ्चको महाधिवेशन उद्घाटन गर्ने र सम्बोधन गर्न दाहाल त्यसतर्फ जान थालेका थिए । ‘भ्रमण स्थगित हुनुमा दुईवटा कारण देखाइएको छ, नेपालको तरल राजनीति र यहाँको न्यू साउथ वेल्स प्रिमियरमा उनीविरुद्ध परेको उजुरी’, न्यू साउथ वेल्समा रहेका पत्रकार हेमन्त काफ्लेले भने, ‘मुख्य कारण के हो भन्न सक्ने अवस्था छैन, उजुरीले गर्दा पनि नआएको हुन सक्ने आशंका व्यक्त भइरहेको छ ।’ दाहालविरुद्ध नेपालमा युद्ध अपराधको मुद्दा चलिरहेको र माओवादी द्वन्द्वको नेतृत्वकर्ता भएको उल्लेख गर्दै नेपाली मुलका अस्ट्रेलियन नागरिकले प्रिमियर प्रमुख माइक बेयर्डसमक्ष उजुरी हालेका थिए । उक्त उजुरी अस्ट्रेलियाको एमएनटिभीले सार्वजनिक गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE