Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

‘टोले गुण्डा’ जसवन्तलाई पनि कांग्रेसको साथ !

\"crime-660x330\"काठमाडौं, १० असार। विभिन्न राजनीतिक दलको संरक्षणमा काठमाडौंमा गुण्डागर्दी गर्दै आएका डनहरु एकपछि अर्को प्रहरी इन्काउन्टरमा मारिएपछि ब्यापारीहरु उनीहरुको ज्यादतीबाट मुक्त भए । टोलटोलमा दुःख दिने र हप्ते उठाउँदै दुःख दिने चर्चित डनहरु प्रहरी इन्काउन्टमा मारिएपछि ठूलो राहत भए पनि साना टोले गुण्डाहरु उत्तिकै मौलाएका छन् । टोले गुण्डाहरुको ज्यादतिपछि प्रहरीले उजुरीका आधारमा विहीबार विजुलीबजारबाट काठमाडौं बाफल बस्ने गुण्डा नाइके ३० वर्षीय जसवन्त राई भन्ने अश्विनकुमारलाई पक्राउ गरेको छ । पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै रड प्रहार गरेपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको छ । गुण्डा नाइकेहरुलाई संरक्षण गर्दै आएका कांग्रेस नेताहरुले राईलाई पनि संरक्ष्ण गरेको प्रहरीको दाबी छ । काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक विभिन्न जघन्य अपराधमा पक्राउ परि प्रमाण र पीडितको किटानी जाहेरीसहित मुद्दा बुझाएका अभियुक्तलाई कांग्रेसकै दबाबमा बारंबार छुट्दै आएका छन् । विहीबार गोली हानेर पक्राउ गरिएका राइ यसअघि दुई दुई पटक पक्राउ पर्दैै छुट्दै आएका थिए । राई गत साउन ८ मा ड्रिम गेष्ट हाउसका संचालक छेसाङ वाईवा समेतलाई खुकरी प्रहार गरेको ज्यानमार्ने उद्योग मुद्दामा फरार थिए । राईलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई वर्षअघि दुई हजार र पाँच हजार धरौटीमा छोडिदिएको थियो । राईले कंलकी, कालिमाटी र कुलेश्वर, बाफल, सामाखुसी, बालाजु लगायतका क्षेत्रमा गुण्डागर्दी गर्ने समाजमा आतंक मच्चाउने तथा हप्ते असुली गर्ने गरेको प्रहरीको दाबी छ । पछिल्लो समय गुण्डा नाइके कुमार श्रेष्ठ घैटे प्रहरी मुठभेडमा मारिएपछि फरार रहेका समिरमानसिंह बस्नेतको निर्देशनमा काम गर्दै आएका राईको समुहलाई नेपाली काँग्रेसका केन्द्रीय नेताको सर्मथन रहँदै आएको प्रहरी स्रोतको दाबी छ । प्रहरी इन्काउटरमा मारिएका घैंटेको पक्षमा बोल्दा कांग्रस युवा नेता गगन थापा पनि निकै आलोचित भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending