Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

प्रधानमन्त्रीलाई किन स्वागत गर्न सकेन तमलोपाले ?

\"PM-Oli-Sambodhan\" नवरपरासी, ११ असार । नेपाली समाजमा व्यक्तिगत, पारिवारिक उत्सवका बेला कस–कसलाई निम्तो गरियो÷छुटाइयो भन्ने कुराले ठूलो अर्थ राख्छ । आजको कान्तिपुर दैनिकमा बसन्त बस्नेतले टिप्पणी लेखेका छन् – बिग्रेका सम्बन्धहरू जोड्ने अवसर यस्ता उत्सवलाई बनाउने गरिन्छ । अलग राजनीतिक ध्रुवमा बाँडिएका नेताहरूले नेपाली समाजको यो विशिष्ट पहिचानलाई निरन्तरता दिँदै आएका छन् । तेस्रो मधेस आन्दोलनका केन्द्रीय अनुहार महन्थ ठाकुरले तिक्तताबीच प्रधानमन्त्री केपी ओलीलगायत ठूला दलका नेतालाई आफ्नो दल तमलोपाको पहिलो महाधिवेशनमा निम्तो गरी त्यही उदार संस्कृतिलाई निरन्तरता दिएथे । तर आफैंले भोजमा बोलाएका पाहुनालाई अन्तिम समयमा स्वागत गर्न नसकी उनी पछि हटे । ओली नआएपछि उनको दल एमालेका कुनै पनि नेता सोमबारदेखि नवलपरासीको यो सानो सहरमा आयोजित पहिलो महाधिवेशनमा शुभकामना दिन आएनन् । तमलोपा महाधिवेशनमा किन यस्तो घटनाक्रम देखियो ? त्यसमा जानुअघि ओली–ठाकुर सम्बन्धको विगतबारे केही चर्चा गरौं । सम्बन्धको घामछायाँ प्रधानमन्त्री केपी ओली र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच राजनीतिक सम्बन्ध जति तिक्त छ, व्यक्तिगत सम्बन्ध उस्तो छैन । सानोठिमी बस्ने ठाकुर र प्रधानमन्त्री हुनुअघि बालकोट बस्ने ओलीबीच बेलाबखत आवतजावत चल्थ्यो । तेस्रो मधेस आन्दोलनयता सत्ता–विपक्षका यी दुई नेताबीच भेटघाट त पातलिएको छ । बातचित भने टेलिफोनमै पनि निरन्तर हुने गर्छ । सिंगो मधेस आन्दोलन ओलीका बोलीप्रति लक्षित हुँदै गर्दा केही महिनाअघि प्रधानमन्त्रीले ठाकुरलाई मैथिलीमै टेलिफोन गरे– ‘ठाकुरजी, कि हालचाल ?’ त्यस दिन उनीहरूले वार्ताबारे फोनवार्ता गरे । दोस्रो तहका नेताहरूमार्फत अनौपचारिक तयारी गर्न ओली तयार नहुँदा त्यो प्रसंग त्यत्तिकै सेलायो । यसबीचमा प्रधानमन्त्रीले वार्ताका लागि तीन पटक औपचारिक आहवान गरे । सार्वजनिक वक्तव्यबाहेक भित्री तयारी र सरकारी तत्परता केही देखिन्न । तै पनि ओली सन्चोबिसन्चो सोध्न छाडदैनन् । वैशाख १० गते मधेसी मोर्चालाई चिठी पठाएलगत्तै ओली आफैंले ठाकुरलाई फोन गर्दै अर्को दिन बिहान भेट्न प्रस्ताव गरेका थिए । ७६ वर्षीय ठाकुर आँखा, दाँत, घुँडा र गोलीगाँठोका बिरामी छन् । उनले डाक्टर भेट्न जानुपर्ने भएकाले त्यो समय भेट्न नसकिने बताएपछि ओलीले आफ्नै निजी डाक्टरसँग समय मिलाइदिए । ठाकुर भने ओलीलाई धन्यवाद दिँदै आफूले पहिल्यैदेखि देखाउँदै आएका डाक्टरकहाँ नै सहज हुने भन्दै गए । ओलीको शैलीमा जुन आक्रामकता र तीव्रता छ, व्यक्तिगत सम्बन्धको तहमा उनी अपेक्षाकृत बढी खुलेर प्रस्तुत हुने गर्छन् । मधेस आन्दोलनका बेला उनले त्यसरी बोले, जुन शैलीमा उनी माओवादी सशस्त्र युद्धमा गएका बेला उसप्रति प्रस्तुत हुने गर्थे । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला ठाकुरलाई भेट्न बिजुलीबजारस्थित तमलोपा कार्यालय र सानोठिमी निवासमा आफैं पुग्दा ओली भने तिखा अभिव्यक्ति बर्साउँथे । उनले संविधानसभाबाट मधेसवादी दल बाहिरिँदा ‘दुई चारवटा आँप झर्दैमा रूखलाई फरक नपर्ने’ बताए । हुलाकी सडकभरि आन्दोलनकारीले मानव–साङ्लो बनाउँदा ओलीले ‘माखेसाङ्लो’ भनिदिए । समथर मैदानलाई दुई प्रदेशमा विभाजन गर्नुपर्ने मधेसवादी दलको प्रस्तावमा उनले ठाडो जवाफ फर्काए, ‘विहार यूपी पनि समथर छ, के त्यसलाई पनि मधेसमै मिलाउने रु मेरो घरको आँगन पनि समथर छ, त्यो पनि मधेस ?’ हिजोआज ओली संविधानमा केही समस्या नरहेकाले मधेसमा आन्दोलनका नाममा ‘तमासा गर्नु आवश्यक नरहेको’ बताउने गर्छन् । मधेसी मोर्चा संविधान संशोधन हुनुपर्ने माग गर्दै छ । प्रधानमन्त्री संविधान उत्कृष्ट रहेकाले यसलाई ‘संशोधन गरेर आफ्नो अयोग्यता प्रदर्शन गर्न चाहन्नँ’ भन्दै छन् । महाधिवेशनमा ओलीकै चासो यिनै घोचपेच र चर्काचर्कीबीच तमलोपा पहिलो महाधिवेशन गर्न दक्षिणपश्चिम नवलपरासीको रामग्राम आयो । गत फागुनमा कांग्रेस महाधिवेशन र वैशाखमा फोरम लोकतान्त्रिक महाधिवेशन बहिष्कार गर्ने मधेसी मोर्चा नीतिलाई तमलोपाले पनि पछयाउने भयो, पछ्यायो । आफ्नै महाधिवेशन आउँदा भने तमलोपा निषेधको राजनीतिमा ओर्लन चाहेन । उसले ओलीलाई प्रधानमन्त्री तथा एमाले अध्यक्षको हैसियतमा निम्तोपत्र पठायो । कांग्रेस, माओवादीलगायत सबै दललाई तमलोपाले आफ्नो महाधिवेशनमा निम्तो गर्‍यो । ओलीले रामग्राम आउने मनस्थिति बनाएकै थिए । ठाकुरलाई आइतबार फोन गरे, ‘मलाई बोलाउन बिर्सनुभयो ?’ ठाकुरले ओलीसहित पूर्वप्रधानमन्त्रीको हैसियतमा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत निमन्त्रणापत्र पठाइसकेको बताएपछि ओलीले आफ्ना एक सहयोगीलाई बिजुलीबजारस्थित तमलोपा मुख्यालय पठाएर अर्को निम्तोकार्ड बुझ्न र कार्यक्रम सूचीबारे विस्तृत विवरण लिएर आउन पठाएको त्यहाँ रहेका तमलोपा नेता कामरेन्द्र बर्माले कान्तिपुरलाई बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE