Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

दाँत किराले खानबाट कसरी बचाउने ?

\"diseases-pain-toothache-in-children-750\" बालबालिकालाई सबैभन्दा मनपर्ने चिज भनेकै चकलेट हो । बालबालिकाले चकलेट औधि मन पराउने भएकाले केटाकेटीको दाँत पनि चकलेटकै कारण किराले खाएको भ्रम धेरैलाई हुन्छ । तर चकलेट खाँदैमा दाँत किराले नखाने बरिष्ठ दन्त चिकित्सकहरु बताउँछन् । चकलेटका फाइदा चकलेटमा क्यालोरीको मात्रा बढी हुन्छ । शरीरलाई आवश्यक क्यालोरी चकलेटबाट नै प्राप्त गर्न सकिन्छ । विकसित मुलुकहरुमा केटाकेटीलले मात्र होइन, युवादेखि वृद्धसम्मले नै चकलेट खाएर आफ्नो क्यालोरी बढाउँछन् । नेपालमा भने ठूला मान्छेहरु चकलेट सितिमिति खाँदैनन् । चकलेट दिने हो भने कहाँ केटाकेटीलाई जस्तो चकलेट दिएको भन्ने गरिन्छ । मधुमेहका विरामीले गुलियो खानु हुँदैन भन्ने पनि भ्रम छ । तर मधुमेहका विरामीलाई आवश्यक क्यालोरीको मात्रा बढाउन चकलेट खानुपर्छ । त्यसैले मधुमेहका विरामीले चकलेट बोकेर हिड्छन् । चकलेट खाएर मुख राम्रोसम्म कुल्ला गर्ने गर्ने हो भने दाँत किराले खाने प्रश्नै उठ्दैन । खानेकुरा खाएर मुख तथा दाँत सफा नगर्ने हो भने केटाकेटी मात्र नभइ वृद्धवृद्धाको दाँतसमेत किराले खाने चिकित्सकहरुको भनाइ छ । चकलेट वा अन्य जुनसुकै खानेकुरा खाएपछि राम्रोसम्ग मुख कुल्ला गर्नुपर्छ । मुख सफा गरिएन भने दाँतमा किराले आक्रमण गर्छ । कसरी लाग्छ किरा ? हामीले खाएको खाना थुकसँगै मिलेर ब्याक्टेरियाहरु दाँतमा जम्मा हुन पुग्छन् । ब्याक्टेरियाले एसिड निकालेर दाँतमा भएको इनामेल कमजोर बनाएर पहिले स–साना प्वाल बनाउँछ । यस्तो अवस्थामा पनि ब्रस नगरेपछि एसिडले प्वाल ठूलो बनाउँदै लैजान्छ । एसिड बढ्दै गएपछि पहिला प्वाल कालो देखिन्छ । कालोभाग मक्किदै दाँतको जरासम्म पुग्छ । त्यसपछि दाँत दुखेको महशुस हुन्छ । दाँतको उपचार विश्वमै सबै भन्दा महंगा पर्छ । त्यसैले दाँत किराले खान नदिन आफ्नो दाँतको हिफाजत आफैले गर्नुपर्छ । मिठाइ खाँदा दाँतमा लेसिने भएकाले धेरै समयसम्म रहन सक्छ । त्यसको सफाइ गर्ने हो भने मिठाइ खाएर कुनै फरक पर्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: