Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

फेरि कामदार अफगानिस्तान पठाउँदै सरकार

  काठमाडौं, १३ असार । सरकारले रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुक जान प्रतिबन्ध लगाएको एक साता नबित्दै श्रम तथा रोजगार मन्त्रालयले छुट्टीमा आएर फर्कन चाहनेलाई अफगानिस्तान पठाउने तयारी गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – श्रम मन्त्रालयले सरकारले प्रतिबन्ध लगाएको स्थानमा सुरक्षा खतरा भएकाले नजान आग्रह गर्दै सर्वसाधारणलाई ट्राभल एडभाइजरी गर्ने र एडभाइजरीको समेत बेवास्ता गर्दै जान चाहनेलाई लिखित कबुलियत गराएर जान दिने तयारी गरेको हो । अफगानिस्तानको राजधानी काबुलमा क्यानेडेली दूतावासमा गार्डको काम गर्दै नेपालीमाथि लक्षित गर्दै गत सोमबार तालिबान आतंकवादीले आत्मघाती बम विस्फोट गराएर १३ नेपालीको मृत्यु भएपछि बिहीबार मन्त्रिपरिषद् बैठकले अफगानिस्तान, इराक, सिरिया र लिबियामा नेपालीलाई रोजगारका लागि जान प्रतिबन्ध लगाएको थियो । श्रम तथा रोजगारमन्त्री दीपक बोहोरा स्वयं छुट्टीमा आएकालाई फर्काउन पहल गर्दै विभिन्न सरोकारवालासँग छलफलमा सक्रिय भएका छन् । मन्त्री बोहोराले आइतबार वैदेशिक रोजगार विभागका अधिकारीसँग समेत छुट्टीमा आएकालाई तत्काल जान अनुमति दिनेबारे छलफल गरेको स्रोतले बताएको छ । मन्त्री बोहोराले वैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराईलाई छुट्टीमा आएकालाई काममा फर्कने वातावरण मिलाउन निर्देशन दिएको स्रोतले बताएको छ । श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले नजान आग्रह गर्दागर्दै पनि छुट्टीमा फर्किएका र जान चाहे उनीहरूकै रिस्कमा जान दिने तयारी मन्त्रालयले गरिरहेको बताए । भुर्तेलले भने, ‘छिट्टै स्ट्रिक ट्राभल एडभाइज जारी गर्छौं । त्यसको समेत बेवास्ता गर्दै जानेको सरकार जिम्मेवारी लिन सक्दैन ।’ ‘हाम्रो लगानी भइसकेको छ । केही भइहालेमा सरकारलाई बोझ दिँदैनौं, तर हामी फर्क पाउनुपर्छ’, अफगानिस्तान फर्कन चाहने एक नेपालीले अन्नपूर्णसँग भने, हामी पूर्ण सुरक्षित छौं । गत सोमबारको घटना अपवाद हो ।’ फर्कन चाहनेले आफूहरूले काबुलस्थित अमेरिकी दूतावास र यूएसएडमा काम गर्ने र त्यहाँको सुरक्षा राम्रो भएको भन्दै सरकारले अनुमति दिनुपर्ने बताए । श्रम मन्त्रालयले छुट्टीमा आएका कामदारले जान पाउनुपर्ने दबाब दिएपछि कामदारले नै जोखिम मोल्ने सर्तमा पठाउने भएको हो । नेपालबाट गार्डका रूपमा अफगानिस्तान पठाउने विभिन्न कम्पनीले समेत श्रममन्त्रीलाई काबुल पूर्ण सुरक्षित रहेको विश्वास दिलाएका छन् । मन्त्री बोहोराले आइतबार कामदार पठाउने कम्पनी र छुट्टीमा आएर फर्कन चाहनेसँग छलफल गरेका थिए । छुट्टीमा आएकाको संख्या यकिन नभए पनि फर्कन चाहनेको संख्या ठूलो भएको स्रोतले बताएको छ । श्रम मन्त्रालयले पहिलोपटक जान चाहनेलाई मात्र कडाइ गर्न लागेको छ । मन्त्रालयले छुट्टीमा आएकालाई जान दिनु भन्ने व्योहोराको पत्र विमानस्थल, एयरलाइन्स कम्पनी र अध्यामगन कार्यालयलाई पत्राचार गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । मन्त्री बोहोराले विभागकी निर्देशक भट्टराइलाई विमानस्थल, एयरलाइन्स कम्पनी र अध्यागमन विभागलाई तत्काल पत्र पठाउन निर्देशन दिएको स्रोतले बताएको छ । ‘हामीले अफगानिस्तानबाट छुट्टीमा आएकालाई पनि नजान सुझाव दिइरहेका छौं’, वैदेशिक रोजगार विभागका एक अधिकारीले भने, ‘जबरजस्ती जान्छु भन्नेलाई आफूखुसी गएको व्योहोराको लिखित कबुलियत गरेपछि पठाउने तयारी गरेका छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE