Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

बिनाकारण दुई वर्षदेखि बालक बन्दी

\"balak काठमाडौं, १३ असार । यातनापीडितलाई सहयोगका लागि अन्तर्राष्ट्रिय दिवस बनाइरहेका बेला एक नाबालक भने बिनाअभियोग डेढ वर्षदेखि बन्दीगृहमा दिन काटिरहेका छन् । आफूलाई कुन कसुरमा बन्दीगृहमा राखिएको हो भनेरसमेत यी बालकलाई पत्तो छैन । कपिलवस्तु तिलौराकोट–१८ स्थायी घर रहेका गुड्डु भनिने प्रकाश कोहार २०७१ माघ १५ गतेदेखि भक्तपुरस्थित बाल बन्दीगृहमा थुनिएका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – गुड्डु थुनामा रहँदा १४ वर्षका थिए । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको २०७१ माघ १३ गतेको पत्रबाट जिल्ला प्रहरी कार्यालयले बालकलाई बुझेको देखिन्छ । बिनाअपराध थुनामा रहे पनि खोजी गर्नलाई बाबुआमाको पत्तो नलागेपछि बालकलाई थुनामुक्ति माग गर्दै अधिवक्ता पुष्पराज पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिए । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आइतबारै गुड्डुलाई २४ घन्टाभित्र सर्वोच्चमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय बालसुधार गृह भक्तपुरलाई आदेश दिएको छ । ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरण आदेश जारी हुन किन नपर्ने हो ? सर्वोच्चले आदेशमा भनेको छ, ‘आदेश जारी हुन नपर्ने आधार कारणसहित आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घन्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जबाफ लिई उपस्थित हुनू ।’ यी नाबालकलाई कुन अभियोग र कुन मुद्दामा किन थुनामा पठाइएको हो भनेर जानकारी नगराइएको अधिवक्ता पौडेलले बताए । ‘यस सम्बन्धमा कुनै जानकारी दिन मानिएको छैन । बरु पटकपटक जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउँदा पनि कुनै आदेश नभएका कारण नाबालकलाई राख्न परेको भनेर कपिलवस्तु जिल्ला प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको छ,’ उनले भने । बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११ ९३० मा १४ वर्ष वा सो भन्दामाथि १६ वर्षमुनिको बालकले कुनै अपराध गरेमा मात्र उमेर पुगेका व्यक्तिलाई कानुनबमोजिम हुने सजायको आधा सजाय हुने व्यवस्था छ । तर ऐनअनुसार कुनै कसुरको अभियोग लागेपछि मुद्दाको तहकिकात वा पुर्पक्षका निम्ति बालकलाई बाल सुधार गृहमा राख्न सकिन्छ । यस्तै कैद सजाय पाएपछि पनि कानुनतः थुनामा पठाउन सकिन्छ । संविधानको धारा २० को उपधारा १ ले कुनै पनि व्यक्तिलाई पक्राउ पर्नाको कारणसहितको सूचना नदिई थुनामा नराखिने प्रतिबद्धता जनाएको अवस्थामा यी नाबालकलाई त्यसविपरीत थुनामा राखिएको दाबी पनि निवेदनमा गरिएको छ । सर्वोच्चमा भएको सुनुवाइका क्रममा संविधानले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित नगरिने ग्यारेन्टी गरे पनि वैयक्तिक स्वतन्त्रतामाथि नै आघात पुर्‌याउने गुड्डुलाई बन्दी बनाइएको भन्दै तत्काल मुक्त गर्न माग गरियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE