Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

विप्लवको उद्घोष, ‘हामीले युद्ध होइन क्रान्ति गर्न खोजेका हौं’

\"netra-660x330\" काठमाडौं, १४ असार । नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले आफूहरुले युद्ध नभइ क्रान्ति गर्न खोजेको बताएका छन् । उनले पछिल्लो समय विप्लब माओवादीले युद्ध गर्दैछ भनेर विषयलाई तोडमोड गरेको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – क्रान्ति नेपाली जनताको विषय भएको भन्दै विप्लवले बौद्धिक वर्गदेखि सामान्य भरियासम्म देशको स्थितिबाट कोही सन्तुष्ट नभएको भन्दै क्रान्तिको आवस्यकता रहेको बताए । नयाँ पत्रिका दैनिकमा अन्तरवार्ता दिदै उनले भने ‘हामीले आफ्ना विषयलाई व्यवस्थित ढंगले अगाडि सारेका छौंँ। संविधान सही ढंगले बनेन । राज्यमा पुनर्संरचना नभएसम्म अथवा राज्यमा माओवादीको सहभागिता नभएसम्म संविधान बन्दैन, बने पनि सफल हुँदैन, हामीले भनेका थियौँ । उहाँहरूलाई यो केही पनि होइन भन्या जस्तो परेको थियो, अहिले पनि सायद त्यही होला । उहाँहरूले नारा पनि दिनुभयो, आर्थिक समृद्धि हुन्छ आदि इत्यादि । तर, संविधान नबन्दै देश एकप्रकारले ठूलो घोषित त होइन, अघोषित द्वन्द्वमा देश पुगेको छ । ‘ विप्लबले प्रचण्डको नेतृत्वमा गरिएको जनयुद्धबाट उनी पछि हटेको आरोप लगाए । उनले आफूहरुको युद्ध पदका लागि भन्दा पनि राज्यको पुनरसंरचनाको लागि भएको भए पनि त्यसो नभएको बताए । उनले भने ‘ गाउँदेखि ठूला सहरमा समेत परास्त भइसकेको पुरानो सत्तालाई फेरि फर्काउने काम भयो । सबैभन्दा ठूलो असहमति हाम्रो यही हो । संसारभरको मान्यता पनि के हो भने जितेको ठाउँमा जित हुने भइहाल्यो, सम्झौतामा आएका ठाउँमा पनि पावर सेयरिङ हुनुपथ्र्यो । जनयुद्धले नेताहरूको सुविधाको पावर सेयरिङ मागेको होइन, मन्त्रीको पदको पनि होइन । राज्यसत्ताको संरचनामा हुनुपथ्र्यो जुन भएन’ ।बादलले भने’ माथिदेखि तलसम्म राज्यका अरू अंगमा साझेदारीसेटमा काम गर्न माओवादीले पाउनुपर्छ भन्ने थियो । तर, त्यसो हुन पाएन । प्रचण्ड कमरेडले यहाँ ठूलो कमजोरी गर्नुभयो । उहाँहरू एकदम हावामा उड्नुभयो भन्ने बुझाइ छ मेरो । कहाँ बतासिनुभयो, त्यो भनिरहन जरुरी छैन । तर, त्यसको फाइदा कांग्रेस, एमालेका साथीले उठाए । उनीहरूले हामीलाई सत्ताबाट पूरै लखेटे।’ बाबुराम भट्टराईले नयाँ पार्टी घोषणा बारे सोधिएको प्रश्नमा विप्लवले भने ‘बाबुरामजीले भयंकर कमजोरी गर्नुभयो भन्ने हाम्रो निष्कर्ष छ । उहाँ माओवादी हुनुभयो र आज विसर्जनमा जानुभयो । त्यतिवेला बाबुरामजीको एउटा तर्क थियो, प्रचण्डसँग बहस गर्दा । उहाँले प्रचण्डलाई पनि अलिकति अनुभववादी भन्नुहुन्थ्यो ।’ विप्वबले भने ‘त्यत्रो बलिदानमा हिँडेको मान्छे, आज आएर त्यो मान्यता नै ठीक थिएन भन्दै हिँडनुभएको छ, त्यो उहाँकै लागि पनि घातक छ । तेस्रो उहाँ जहाँ पुग्नुभएको छ, त्यो राजनीति नयाँ शक्ति भनेर उहाँले भन्नुभएको छ, त्यो पुरानो सत्तासँगको आत्मसमर्पण हो ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE