Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

साँच्चै बिच्छ्याँइदैछ पेट्रोलियम पाइपलाइन, यस्तो छ परियोजना

\"pipeline\" काठमाडौं, १४ असार । औपचारिक रूपमा ०५२ बाट रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणको चर्चा चलेको थियो । त्यसको २१ वर्षपछि परियोजनाले मूर्तरूप लिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – यसै वर्षदेखि निर्माण सुरु गर्ने तारतम्य मिलाइँदै छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले २ अर्ब भारतीय रुपैयाँ (भारु) खर्चेर पाइपलाइन बनाइदिन लागेको हो । २४ अगस्ट, २०१४ मा आइओसी र निगमले संयुक्त रूपमा पाइपलाइन निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न गरेका थिए । त्यसपछि ७ भदौ ०७२ मा दुई देशका विभागीय मन्त्रीले पाइपलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरे । लगत्तै आयल निगमले पाइपलाइन परियोजना अघि बढाउनका लागि निर्देशक भानुभक्त खनाललाई संयोजक तोक्यो । खनालले पाइपलाइन निर्माणको योजनाबारे यसरी बताएः रक्सौल–अमलेखगन्ज रुटमा पाइपलाइन बिछ्याउनका लागि हामीले कुन रुट ठीक हुन्छ भनेर विकल्पका बारेमा अध्ययन गरेका थियौँ । त्यसमध्ये अहिले ट्यांकरमा तेल ओसार्न प्रयोग गर्ने बाटोको छेवैछेउ ल्याउँदा सबैभन्दा राम्रो हुन्छ भन्ने निष्कर्षमा पुगेका छौँ । यो बाटो ल्याउँदा बढीमा एक किलोमिटर जति जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ । त्यो पनि सीमा क्षेत्रमा रहेको पुरानो रेलवे ट्रयाकको जग्गामा पर्छ । त्यहाँका बासिन्दाले झुपडी बनाउन लागेको खर्च दिए हामी सरिदिन्छौँ भनेका छौँ । त्यसैले जग्गाको खासै समस्या नपर्ने देखिन्छ । हामीले अन्यत्र कतैको पनि बस्ती उठाउने छैनौँ । सीमा क्षेत्रको नजिकै नेपालपट्टि सिर्सिया खोला छ । त्यो खेलाको पानीमुनिको सतहदेखि १० मिटर गहिराइमा पाइपलाइन गाडेर ल्याइनेछ । पानीको सतह होइन, खोलाभित्र जमिन रहेको सतहदेखि १० मिटर तलबाट पाइप बिछ्याउने हो । पुलसँगै खोलामाथिबाट पाइप ल्याउनुभन्दा खोलाभित्रको पानीको सतह सकिएपछि जमिन देखिने भागदेखि गणना हुने गरी १० मिटर तलबाट गाडेर ल्याउँदा बढी सुरक्षित हुने देखियो । किनभने त्यो सीमा क्षेत्र हो, त्यहाँ असामान्य गतिविधि धेरै हुन सक्छन् । मधेस आन्दोलनका क्रममा पनि यो देखिएको छ । यस्ता कुरालाई मध्यनजर राखेर हामीले खोलामुनि गाडेर पाइप ल्याउनुपर्छ भन्दा भारतीय आयल कर्पोरेसनका अधिकारीले सजिलै स्विकारेका छन् । पाइपलाइनमा प्रयोग हुने सबै सामग्री तोकिएको मापदण्डअनुसारको प्रयोग हुन्छ । पाइपलाइनमा प्रयोग हुने फलाम सामान्य किसिमको हुनेछैन । पेट्रोलियम पदार्थ ढुवानीका लागि फलामको जुन स्पेसिफिकेसन र मापदण्ड तोकिएको छ, त्यही प्रयोग हुन्छ । माटोमुनि गाड्ने पाइपलाई माटोले नखाने रङ प्रयोग गरिएको हुन्छ । जसबाट पाइपमा खिया पनि लाग्नेछैन । हामीले अन्तर्राष्ट्रिय अभ्यासमा रहेको स्पेसिफिकेसनअनुसारकै सबै सामान पाइपलाइनमा प्रयोग गर्ने हो । निगमको अमलेखगन्ज डिपोमा ४ हजार १ सय किलोलिटर क्षमताको २ वटा ट्यांकी बनाउँदै छौँ । जहाँ पाइपलाइनबाट सीधै तेल खसालिनेछ । यो पनि मापदण्डअनुसारकै बन्छ । मापदण्ड नपुगेका सामग्री प्रयोग हुँदैन । धेरैले पाइपलाइन जमिनको सतहमा राखेको देखेका होलान् । तर, हामीले जडान गर्न लागेको पाइप कहीँ पनि जमिनमा देखिनेछैन । किनभने डेढदेखि २ मिटरसम्म तल गाडेर पाइप बिछ्याइँदै छ । यसबारे विस्तृत इन्जिनियरिङ हुन बाँकी छ, तर अहिलेको सहमतिअनुसार पाइप जमिनमुनि नै गाडिनेछ, देखिनेछैन । हामीले पाइपलाइन बिछ्याउने ठाउँमा माटोको परीक्षणसमेत गर्छौं । माटोको गुणस्तरअनुसार कस्तो पाइप बिछ्याउने भन्ने निक्र्यौल गर्न सजिलो हुन्छ । किनभने माटोको गुणस्तर सुहाउँदो पाइप बिछ्याइयो भने खिया लाग्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE