Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

बिहान उठ्ने वित्तिकै यस्ता चीजहरु सेवन गर्नुहोस , जसले तपाईलाई पुर्याउँछ फाइदै फाइदा

\"water_lamon\"काठमाडाैं, १४ असार  । कागती पानीमा मह मिसाएर बिहान बिहानै खानाले धेरै फाईदा हुन्छ। जाडो होस या गर्मी मह र कागती सधै खाने गर्नाले हामी स्वस्थ्य रहन्छौ । कोहि अनुहारको छाला राम्रो बनाउन कागती ,पानी र मह पिउँछन् भने कोहि तौल घटाउन कागती मह र पानी पिउँछन् । १) खाली पेटमा कागती,मह पानी आधा कागतीको रस र १ चिया चम्चा मह हल्का तातो पानीमा मिलाउनुस र त्यसलाई तत्कालै पिउँनुस । यो पानी खाएको १ घण्टामा चिया या कफी पिँउनुस् । उक्त मिश्रण तपाई मुख नधोई अर्थात ब्रश नगरी पनि पिउँन सक्नु हुन्छ। नियमित कागती पानी पिँउने गर्दा तपाई स्वस्थ्य र निरोगी हुनुहुन्छ। २) पाचन शक्तीको लागि पनि उपयोगीः कगती, मह र तातो पानीले तपाईको पाचन शक्ती बलियो बनाउँदछ । कागतीको मद्धतले कलेजोमा केही तरल पदाथ बन्छ त्यसको कारण हामीले खाएको खाना सजिलै पच्दछ । यदि तपाईलाई एसिडिटिको समस्या छ भने कागती पानी र मह मिलाएर पिउँनुस । महमा एंटी –ब्याकटेरियल तत्व हुन्छ जसले ब्याक्टेरिया र जम्सलाई नष्ट गर्छ । तातो पानीले हाम्रो घाँटीमा जमेको कफ पनि निकाल्दछ। त्यसको साथसाथै यसले शरिरमा भएको टक्सिन पनि निकाल्दछ,जस्ले गर्दा पेट सफा हुन्छ।   ३) कब्जीयतबाट छुट्कारा ः कागती पानी र महको मिश्रण नियमित सेवन गर्दा कव्जीयतबाट पनि सजिलै छुटकारा पाउन सकिन्छ । उक्त पानी पिउँदा पत्थरी हुने संभावना पनि कम हुन्छ । पत्थरी भनेको केल्शियम जम्मा भएर बनेको ढुङगा हो ,यो कागती पानीको मिश्रणले उक्त कुरा जम्न दिँदैन र पत्थरी हुने सम्भावना कम हुन्छ। ४) इनर्जीको खानी .. एका बिहानै मन तातो पानीमा मह र कागती मिसाएर पिँउदा दिनभरी जागरीलो र फुर्तिलो बनाउछ। उक्त मिश्रणले दिमागमा ताजा ब्लड उपलब्ध गराउन मद्दत गर्दछ । त्यसैगरी कागतीको बास्नाले पनि तपाईको मुड फ्रेस बनाउँदछ।   ५).तौल घट्न मद्दत गर्दछः कागती पानी र मह मोटोपना घटाउने अचुक र निकै नै फलदायी उपाय हो । कागतीमा भिटामिन ‘सी’ हुन्छ यसले गर्दा हाम्रो शरिरमा मेटाबोलिजमको मात्रा बढ्छ र तौल घट्छ। कागतीमा पेक्टिन नाम गरेको फाईबर हुन्छ त्यसले पेट टन्न भए जस्तो गराउँदछ।   ६) अनुहारमा निखार आँउछ.. कागती यतिकै पनि छालाको लागि राम्रो मानिन्छ। तर मह र तातो पानीमा मिसाएपछि यसले हाम्रो छालालाई प्यूरीफाई गर्ने काम गर्दछ। कागती एंटी–ब्याकटेरियल भएकोले यसले अनुहारमा भएको दाग हटाउँदछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: