Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

कस्तो सरकार चाहन्छ कांग्रेस ?

\"Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700-750\" काठमाडौ, १९ असार । माओवादी केन्द्रले फेरि सहमतीय सरकारका लागि प्रयास अघि बढाइरहेका बेला सबभन्दा ठूलो पार्टी कांग्रेस भने सैद्धान्तिक रूपमै त्यसको विपक्षमा देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्रका धेरै सवालमा मतान्तर रहँदारहँदै पनि सरकारका विषयमा भने समान दृष्टिकोण छ, कांग्रेस र एमालेमध्ये एउटा प्रतिपक्षमा बस्नुपर्छ भन्नेमा । आजको कान्तिपुर दैनिकमा खबर छ– कांग्रेस सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई असार ७ को भेटमा सहमतीय सरकार बन्न नसक्ने प्रस्ट जवाफ दिइसकेको स्रोतको दाबी छ । कांग्रेसले समर्थन दिए आफ्नो नेतृत्वमा सहमतीय सरकार बन्न सक्ने दाहालको भनाइप्रति देउवाको जवाफ थियो, ‘त्यसो भए सरकारको कुरै नगर्नुहोस्, एमालेको समर्थनमा तपार्इं प्रधानमन्त्री बन्ने हो भने कांग्रेस प्रतिपक्षमै बस्छ ।’ देउवासँगको भेटपछि पनि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत केहीले कांग्रेस सहमतीय सरकारकै लागि सकारात्मक रहेको टिप्पणी गर्दै आएका छन् । कांग्रेस नेताहरू माओवादी केन्द्रले जनताका लागि देखाउन यसो भने पनि ऊ एमालेलाई प्रतिपक्षमा राख्ने योजनाका साथ अघि बढेको दाबी गर्छन् । संविधान जारी गर्दा सहकार्य गरेका प्रमुख दलहरू संविधानको कार्यान्वयनको चरणसम्म मिलेर सरकार बनाउनुपर्ने तर्कसँग पनि कांग्रेस नेताहरू असहमत छन् । ‘दुई ठूला दल कांग्रेस र एमाले संविधान कार्यान्वयनका विषयमा पछि हट्न सक्ने अवस्था छैन, चाहे सत्तामा होस् या प्रतिपक्षमा,’ कांग्रेसका एक नेताले भने, ‘संविधान कार्यान्वयनको मुख्य समस्या भनेकै मधेसी र थारूको मागसँग छ । यो माग सम्बोधन हुनासाथ नै संविधान कार्यान्वयनको प्रक्रिया सहज ढंगले अघि बढ्छ ।’ कांग्रेस नेता प्रकाशशरण महतले आधार बिनाको सहमतीय सरकार जनतालाई देखाउने विषय मात्रै भएको बताए । ‘कसको नेतृत्वमा सहमति गर्ने आधार खै ?’ उनले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्री केपी ओली यही सरकारलाई राष्ट्रिय स्वरूप दिने बताउँदै आएका छन् । माओवादी आफ्नै नेतृत्वमा सहमतिको सरकारको चर्चा गर्छ । यस्तो द्विविधा र भ्रममा हामी पर्न चाहन्नौं ।’ प्रतिपक्षको भूमिका कमजोर हुन नदिन पनि दुई ठूला दलमध्ये एउटा प्रतिपक्षमा बस्नु न्यायोचित हुने कांग्रेसको तर्क रहँदै आएको छ । तर, रणनीतिक रूपमा प्रमुख दलहरूले भावी तीनवटा निर्वाचनलाई नियालिरहेका छन् । संविधानअनुसार अबको २० महिनाभित्र संघ, प्रदेश र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने हुन्छ । निर्वाचनका बेला एमालेलाई सत्ताबाहिर राख्न सके पार्टीको साख जोगाउन सकिने रणनीतिमा कांग्रेस छ र यही रणनीतिमा माओवादी केन्द्र पनि जोडिएको छ । कम्युनिस्ट ‘भोट बैंक’ एउटै रहेकाले एमालेसँग बाहिरिएर कांग्रेससँग सहकार्य गर्नु बढी लाभदायक हुने माओवादीको आन्तरिक विश्लेषण छ । त्यसो भए ओलीको विकल्पमा कांग्रेस र माओवादी केन्द्रको बहुमतीय सरकार बन्ला त ?’ कांग्रेस नेता महत थप्छन्, ‘माओवादीले यो सरकारप्रति विश्वास छैन भनेर नछाडेसम्म विश्वास गर्ने आधार छैन । सरकार छाडेर आएपछि मात्रै विकल्पका बारेमा छलफल हुनेछ ।’ कांग्रेसले एक पटक ‘धोका’ पाइसकेको भन्दै ओलीको विकल्प खोज्न सरकार छाड्नुपर्ने सर्त अघि सारेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेसँगको सम्झौता असार १५ देखि नै सकिएकाले अब कुनै पनि बन्धनमा माओवादी केन्द्र नरहेको बताएका छन् । तर, माओवादीलाई पनि सरकार छाड्नासाथ नेतृत्व नपाउने हो कि भन्ने शंका छ । दुवै दलका शीर्ष नेतृत्वमा देखिएको यो शंका मेटाउन दोस्रो तहका नेताहरू क्रियाशील छन् । ‘सरकार छाडेर आएमा प्रचण्डलाई नेतृत्व स्वीकार्ने विषयमा हामीले विश्वस्त बनाउने आधार दिएका छौं,’ कांग्रेसका अर्का एक नेताले भने, ‘विकल्प खोज्ने’ नखोज्ने माओवादीकै कोर्टमा बल छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE