Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

संघीय गठबन्धनको विवाद उत्कर्षमा : कोही बाहिरिने मनस्थितिमा

\"morcha-660x330\" काठमाडौं, १९ असार । आन्दोलनरत संघीय गठबन्धनभित्रको विवाद उत्कर्षमा पुगेको छ । सोही कारण गठबन्धनभित्रका मधेसी दलका मुख्य नेताहरू चार सातादेखि खुलामञ्चमा जारी रिले अनशनमा समेत सहभागी भएका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – विवाद उत्कर्षमा पुगेपछि कतिपय मधेसी दलभित्र पनि आन्तरिक विवाद सुरु भएको छ । मोर्चामा आबद्ध सातवटा मधेसी दलभित्र गठबन्धनको विषयलाई लिएर विवाद छ । सद्भावना पार्टी, नेपाल सद्भावना, तमलोपा, फोरम गणतान्त्रिक एकातिर छन् भने महेन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टी विभाजित मनस्थितिमा छ । सो पार्टीका महेन्द्र राय यादव अहिले उपेन्द्र यादवको पक्षमा छन् भने वरिष्ठ नेता रामनरेश राय अर्कातिर लागेका छन् । आन्दोलनका लागि गठबन्धनका २९ दललाई आन्दोलन खर्च भाग लगाइएको थियो, उक्त खर्च पनि असन्तुष्ट दलले गठबन्धनलाई दिएका छैनन् । आन्दोलनमा सहभागी दलहरूले प्रतिसांसद २५ हजार र पार्टीको तर्फबाट २५ हजार रुपैयाँ आन्दोलन खर्चको भाग लगाइएको छ । सांसद नभएका दलले २५ हजार मात्रै बुझाए पुग्छ । विवाद चर्किएपछि ६ वैशाखमा सभागृहमा भएको अन्तरक्रिया कार्यक्रमपछि सद्भावना, तमलोपा, फोरम गणतान्त्रिक, नेपाल सद्भावनाले खर्च अझैसम्म नदिएका हुन् । राजेन्द्र महतोको नेतृत्वमा रहेको सद्भावनाले दुई लाख २५ हजार, अनिल झाको सद्भावनाले एक लाख, राजकिशोर यादवको फोरम गणतान्त्रिकले ५० हजार आन्दोलन खर्च गठबन्धनलाई बुझाएका छैनन् । तमलोपाले पनि खर्च दिएको छैन । रिले अनशन सुरु गर्दा केही ब्यानरहरू पठाएकाले तमलोपाको एकमुष्ट बाँकी खर्च हिसाब भएको छैन । रिले अनशनका क्रममा दैनिक करिब १० हजार रुपैयाँ खर्च भइरहेको राष्ट्रिय तराई मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE