Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

यी बलिउड सुन्दरीहरु, जो बिहेअघि नै गर्भवती भइन्

\"shridevi\" एजेन्सी, १९ असार । बलिउड सेलेब्रिटीका अजिब–अजिबका हर्कत बाहिर आउने गरेका छन् । कतिपय घटना तथा पात्रलाई मिडियाले अनावश्यक रूपमा तन्काउनाले त्यत्तिकै चर्चामा आउने गर्छन् भने कतिपयचाहिँ पाठकलाई खुराकका लागि लम्बेतान पार्ने गरिन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ –सेलेब्रिटीका हरेक क्रियाकलापप्रति उनीहरूका फ्यानले चासो राख्ने गरेकाले पनि मिडियाले उनीहरूलाई निकै महत्व दिने गरेको छ । भारतीय अनलाइन मिडियाले विवाहपूर्व नै गर्भवती भएका केही अभिनेत्रीका बारेमा रिपोर्ट प्रकाशित गरेको छ । सोही रिपोर्टको नेपाली अनुवाद : महिमा चौधरी बिहेअघि नै गर्भधारण गरेकी अर्की अभिनेत्री हुन्, महिमा चौधरी । उनले सन् २००६ मा मुम्बईका आर्किटेक्ट बबी चौधरीसँग बिहे गरिन् । फिल्मी करिअर ठिकै चल्दै नै गर्दा उनले हतार–हतार बिहे गरिन् । उनले जति हतारमा बिहे गरिन्, बच्चा पनि हतारमै जन्माइन् । अर्थात् बिहे गरेको नौ महिना नबित्दै उनले छोरी जन्माएकी हुन् । अनुष्का शंकर चर्चित सितारवादक तथा संगीतकार अनुष्का शंकर पनि विवाहअघि नै गर्भवती भएकी थिइन् । उनले आफ्ना प्रेमी ब्रिटिस फिल्म मेकर जो राइटसँग २६ सेप्टेम्बर २०१० मा बिहे गरेकी थिइन् । उनले बिहेको पाँच महिनापछि फेबु्रअरी २०११ मा छोरो जन्माइन् । श्रीदेवी आफ्नो जमानाकी चर्चित हिरोइन श्रीदेवी बिहेअघि नै गर्भवती भएकी थिइन् । श्रीदेवीले आफू गर्भवती भएको खबर बिहेअघि नै मिडियालाई बताएर हंगामा मच्चाएकी थिइन् । त्यतिवेला श्रीदेवी निर्माता बोनी कपुरसँग प्रेममा थिइन् । उनले आफूले प्रेमी बोनीको गर्भधारण गरेको गर्वका साथ बताएकी थिइन् । बोनी भने पहिल्यै विवाहित थिए । श्रीदेवीसँगको सम्बन्ध बाहिरिएपछि बोनीले पत्नी मोना कपुर अभिनेता अर्जुन कपुरकी आमा०सँग सम्बन्धविच्छेद गरेर सन् १९९६ मा श्रीदेवीसँग बिहे गरेका थिए । बिहेको केही महिनामै श्रीदेवीले जान्हीलाई जन्म दिएकी थिइन् । बिना मलिक अभिनेत्री बिना मलिकले सन् २०१३ को २५ डिसेम्बरमा दुबईका व्यापारी असद बसिर खानसँग बिहे गरिन् । तर, उनले सेप्टेम्बर २०१४ मा छोरा अबरामलाई जन्म दिइन् । बिना बिहेअघि नै गर्भवती भएको भारतीय मिडियाले चर्चा गर्ने गरेको छ । सारिका दक्षिण भारतका चर्चित स्टार कमल हसन प्रथम पत्नी बानीसँग सम्बन्धविच्छेद गर्नेबित्तिकै सारिकासँग बस्न थाले । केही दिनपछि नै सारिका गर्भवती रहेको खबर फैलियो । २८ जनवरी सन् १९८६ मा श्रुति हसनको जन्म भयो । श्रुति जन्मिएको झन्डै दुई वर्षपछि अर्थात् सन् १९८८ मा मात्रै कमल र सारिकाले बिहे गरे । तर, यो जोडी सन् २००४ मा छुट्टियो । कोन्कोणा सेन शर्मा बिहेअघि नै गर्भधारण गरेर चर्चा कमाएकी अर्की अभिनेत्री हुन् कोन्कोणा सेन शर्मा । उनले सन् २०१० मा प्रेमी रणवीर सौरीसँग निजी समारोहबीच बिहे गरेकी थिइन् । बिहे गरेको केही दिनपछि नै उनीहरूले आफूहरू आमाबाबु बन्न लागेको घोषणा गरेका थिए । कोन्कोणा गर्भवती भएपछि नै उनीहरूले बिहे गरेको कुराले त्यतिवेला चर्चा पाएको थियो । उनीहरूको सन् २०११ मार्च १५ मा छोरो जन्मियो । तर, यो जोडी दुई वर्षयता छुट्टाछुट्टै बस्दै आएको छ । सेलिना जेट्ली सेलिना पनि बिहेअघि नै गर्भवती भएकी थिइन् । सन् २०११ मा पिटर हगसँग बिहे गरेकी सेलिनाले आठ महिनामै जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । सेलिनाले बिहेअघि नै गर्भधारण गरेको खबरले त्यतिवेला निकै चर्चा पाएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE